Main Menu

असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराइन्छ – उपप्रम महरा

 

unsatisfied-parties-participation-local-electionअसार २६, चितवन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधन गरेर असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराइने बताएका छन् ।

उनले संशोधनको तयारी भइरहेको समेत जानकारी दिए ।

मन्त्री महराले यहाँ आज पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै सङ्गठन कमजोर भएकाले पार्टीले स्थानीय निर्वाचनमा सोचे जस्तो परिणाम ल्याउन नसकेको बताए ।

उनले आफ्नो पार्टी बलियो रहेको जिकिर गर्दै जनताको हितमा काम गर्न कार्यकर्तालाई निर्देशन दिए । आगामी कात्तिक/मंसिरमा अर्काे तहको निर्वाचन हुने भएकाले तयारीमा रहन र संगठनलाई थप मजबुत बनाउन कार्यकर्तालाई आग्रह गरे ।

(Visited 116 times, 1 visits today)

टिप्पणी

comments