Main Menu

Wednesday, July 5th, 2017

 

नगर प्रमुखलाई काम नगर्न अदालतको आदेश

  असार २१, बैतडी । दशरथ चन्द नगरपालिका बैतडीका प्रमुख नरेन्द्रसिंह थापालाई उच्च अदालत दिपायलले प्रमुखको रुपमा कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ । बुधबार उच्च अदालतका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको एकल इजलासले यस्तो आदेश दिएको हो । राप्रपाका प्रमुख पदका उम्मेदवार पुष्करराज जोशीले मतगणना परिणाम बदर गरी फेरि मतगणना गराउन उच्च अदालतमा माग गर्दै रिट दायर गरेका थिए । उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम अन्तरकालीन आदेश माग गरेकाले निवेदनको व्यहोरा र बहस जिकिर सुन्ने र दुवैपक्षलाई रोहबरमा राखी छलफल गराउन उचित हुने निष्कर्षसहित छलफलका लागि असार २९ गतेको पेशी समेत तोकिएको छ । असार २९पूरा पढ्नुहोस्


लामो दूरीका सवारीसाधन अब बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने

  असार २१, काठमाडौँ । लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधन अब गोँगबु तथा पुरानो बसपार्कबाट मात्र आगमन तथा प्रस्थान गर्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको अध्यक्षतामा आज विभागअन्तर्गतका कार्यालय र ट्राफिक महाशाखाका प्रमुखसहित बसेको बैठकले उपत्यकाको सवारी साधनलाई व्यवस्थित बनाउन उक्त व्यवस्था गरिएको हो । लामो दूरीका सवारीसाधन यात्रु लिएर उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँठाउँमा जाम हुने भन्दै उक्त व्यवस्था गरिएको महाशाखाका प्रमुख मिङ्मार लामाले जानकारी दिए । बैठकले अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलङ्कीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलङ्कीबाट सिधा बाहिरिनुपर्ने व्यवस्थासमेत गरेको छ । उक्तपूरा पढ्नुहोस्


शिक्षा क्षेत्रको सुधार गर्न अखिल (क्रान्तिकारी) को माग

असार २१, काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले १०+२ विद्यालय शिक्षा क्षेत्रको सुधारको माग गर्दै शिक्षा विभागलाई ८ बुँदे ज्ञापनपत्र बुझाएको छ । संविधानले विद्यालय शिक्षा मौलिक हकको रुपमा स्थापित गरे पनि विद्यालय शिक्षामा आम जनताको पहुँचको प्रश्न ज्यूँ का त्यूँ रहेको धारणा राख्दै सो ज्ञापन पत्र अखिल (क्रान्तिकारी)ले शिक्षा विभागमा बुझाएको हो ।   ज्ञापनपत्रमा १०+२ मा दिइने ३ प्रतिशत र शिक्षण संस्थाले दिने २ प्रतिशत छात्रवृत्तिलाई बढाएर १० प्रतिशत बनाउनुपर्ने माग गरिएको छ । यसरी छात्रवृत्ति दिइँदा प्रक्रिया सबै पारदर्शी हुनुपर्ने पनि अखिल (क्रान्तिकारी)को माग रहेको छ ।   त्यस्तै, शिक्षण संस्थाले विद्यार्थीहरुलाई छात्रवृत्तिपूरा पढ्नुहोस्


एकजना ट्राफिक प्रहरीको जिम्मामा हजार सवारीसाधन

अच्युत रेग्मी असार २१, काठमाडौँ । ट्राफिक प्रहरीले निर्बाह गर्नुपर्ने दायित्व धेरै छ, तर पर्याप्त जनशक्तिको अभावमा सबै दायित्व पूरा गर्न कठिन भएको छ । निर्धारित भन्दा बढी भाडा लिएको, दर्ता नगरी सवारी साधन चलाएको, विदेशमा दर्ता भएका सवारी साधन अनुमति नलिइ चलाएको, बाटो इजाजत नलिएको, ट्राफिक सङ्केत इसारा उलङ्घन गरेको, निषेधित स्थानमा पार्किङ गरेको वा हर्न बजाएकामा कारबाही गर्न ट्राफिकलाई अधिकार दिइएको छ । यस्तै एकतर्फी सडकमा दोहोरो सवारी साधन चलाएको, राति बत्ती नबालेकोे, नम्बर प्लेट नराखेको, पेटी नबाँधेको हेल्मेट नलगाएको , लापरबाहीसाथ वा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाएको, तोकिएको भन्दा धेरै मालसामान राखेको, छतमा यात्रु बोकेको, सार्वजनिकपूरा पढ्नुहोस्


विपद् व्यवस्थापन प्रभावकारी बनाउन नयाँ कानुन बन्दै

असार २१, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले मुलुकका विभिन्न भागमा हालै भएका प्राकृतिक विपद्का घटनामा पीडित जनताको खोज, उद्धार र राहतमा सरकारले तीव्र रुपमा काम गर्दै आएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शर्माले यही असार १३ गतेदेखि आएको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान र चट्याङबाट मुलुकभर हालसम्म १५ जनाको मृत्यु, ७ बेपत्ता र ५ घाइते भएको बताउनुभयो । “उद्धार र राहतसँगै मृतकका परिवारलाई काजकिरिया खर्च र पीडितलाई खाद्यान्न, गैर खाद्यन्न सामग्री वितरण तथा सुरक्षित बासस्थानमा सार्ने बन्दोबस्त मिलाएका छौँ ।” गृहमन्त्री शर्माले भने । मन्त्री शर्माले सरकारले विपद्मा परी घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गर्नाका साथै जिल्लास्थितपूरा पढ्नुहोस्


माथिल्लो कर्णाली निर्माणको आशा जाग्दै

  असार २१, काठमाडौँ । ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण हुने आशा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा पलाएको छ । आयोजना निर्माणका निम्ति आवश्यक पर्ने जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र बङ्गालादेशसँग विद्युत् खरिद-बिक्री सम्झौतासमेत भइसकेकाले आयोजना बन्ने आशा पलाएको हो । लगानी बोर्डको कार्यालय र परियोजना निर्माता कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)ले आज काठमाडौँमा ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका क्रममा नेपालका उद्योगलाई प्राप्त हुने अवसर’ विषयक कार्यशाला गरेर परियोजना विकासका प्रगतिबारे जानकारी दिएको छ । १६ खर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको उक्त आयोजनाका निम्ति पुँजी जुटाउन हम्मेहम्मे परेको छ । आयोजनाका निम्ति ७० प्रतिशतपूरा पढ्नुहोस्


बीमा कम्पनीको बदमासी – मृत्यु हुँदा समेत रकम दिएनन्

किरण भट्टराई असार २१, काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन् । रामेछापको मन्थली पिप्लेका शम्भु बुढाथोकीले ४ वर्षअघि विसं २०७० साउनमा वैदेशिक रोजगारीका लागि कुवेत जाँदा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा पनि त्यस्तै आशा गरेका थिए । तर आशाअनुरुप उनी समस्यामा पर्दा बीमाबापतको राहत रकम पाएनन् । खाना पकाउने ‘कुक’को जागीरे भई रोजगारीका लागि कुवेत गएको ७ महिनापछि उनी पक्षाघातले थलिए । उच्च रक्तचाप अत्यधिक हुँदा मस्तिष्काघात भई उनलाई शरीरका सबै अङ्ग नचल्ने पक्षाघात भयो । कुवेतमै एकपूरा पढ्नुहोस्


पाटन सङ्ग्रहालयमा विद्यालय लक्षित कार्यक्रम सुरु

  असार २१, ललितपुर । पाटन सङ्ग्रहालयले ‘म्युजियम घुमौंँ र सिकौँ’ भन्ने एकीकृत कार्यक्रम सुरु गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले सांस्कृतिक र ऐतिहासिक स्थान तथा सामग्रीका बारेमा आफ्नै आँखाले बुझ्न सकून् भनेर कार्यक्रम सुरु गरिएको सङ्ग्रहालयले जनाएको छ । सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले समूहमा आउने विद्यार्थीलाई पथप्रदर्शकमार्फत सङ्ग्रहालय घुमाउने व्यवस्था मिलाइएको बताए । “यसले गर्दा विद्यार्थीले किताबमा पढेका दरबार, काष्ठकला र सांस्कृतिक महत्वका सामग्री आँखाले नै देख्न पाउनेछन् ।” लाखेले भने । विद्यार्थीलाई पथप्रदर्शकले मूल चोक, सुन्दरी चोक र भण्डारखाल बगैँचा घुमाउने व्यवस्था सङ्ग्रहालयले मिलाएको छ । सङ्ग्रहालयका पथप्रदर्शकका रुपमा स्थानीयवासी युवालाई नै परिचालन गरिने भएको छ । कतिपयपूरा पढ्नुहोस्


स्थानीय तहका लागि शीघ्र कानून बनाउनुपर्नेमा जोड

parliament-meeting-postponed

  असार २१, काठमाडौँ । सांसदहरुले स्थानीय तहको निर्वाचन सम्पन्न भइ सके पनि निर्वाचित जनप्रतिनिधिलाई काम गर्न आवश्यक कानून शीघ्र निर्माण गर्नुपर्ने बताएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद डा. राजन भट्टराईले हालै निर्वाचन सम्पन्न भएका स्थानीय तहका लागि आवश्यक कानुन छिटो ल्याउनुपर्ने बताए । संविधानले तोकेको अवधिभित्र सबै प्रकारका निर्वाचनको तयारीमा सरकारको आवश्यक तदारुकता नदेखिएको टिप्पणी गर्दै उनले त्यसका लागि आवश्यक कानुन र तयारी हुन नसकेको बताए । सांसद राजाराम स्याङ्तानले स्थानीय तहमा आवश्यक कर्मचारी नभएर काम गर्न कठिनाइ भएको उल्लेख गर्दै स्थानीय तहको शासन सञ्चालनसम्बन्धी ऐन कहिले आउँछ ? भनी प्रश्न गरे । सांसद डिल्लीप्रसाद काफ्लेलेपूरा पढ्नुहोस्


गतवर्ष ६ हजार १ सय मानव बेचबिखनमा, ९८ प्रतिशत महिला

असार २१, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०७२/७३ मा ६ हजार १०० महिला तथा बालिका बेचबिखनमा परेको प्रतिवेदन सार्वजनिक गरेको छ ।  आयोगले मंगलबार सार्वजनिक गरेको ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन’ मा आव २०७२/७३ मा ६ हजार १०० महिला तथा बालिका बेचबिखनमा परेको उल्लेख छ । बेचबिखनमा परेकामध्ये ९८ प्रतिशत महिला रहेको छ ।  प्रतिवेदनमा १३ हजार ६०० बेचबिखन तथा ओसारपसारको जोखिममा परेको प्रक्षेपण गरिएको छ । ३ हजार ९०० जना हालसम्म पनि हराइरहेको र तीमध्ये ७० प्रतिशतभन्दा बढी बालिका रहेको जनाइएको छ ।    महिला तथा बालिकालाई जबर्जस्ती यौन कार्यका लागि चीन, सुरक्षा गार्डका रुपमा अफगानिस्तान, संयुक्त राज्यपूरा पढ्नुहोस्