Main Menu

पाटन सङ्ग्रहालयमा विद्यालय लक्षित कार्यक्रम सुरु

 

patan-museum-student-focused-programअसार २१, ललितपुर । पाटन सङ्ग्रहालयले ‘म्युजियम घुमौंँ र सिकौँ’ भन्ने एकीकृत कार्यक्रम सुरु गरेको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीले सांस्कृतिक र ऐतिहासिक स्थान तथा सामग्रीका बारेमा आफ्नै आँखाले बुझ्न सकून् भनेर कार्यक्रम सुरु गरिएको सङ्ग्रहालयले जनाएको छ ।

सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले समूहमा आउने विद्यार्थीलाई पथप्रदर्शकमार्फत सङ्ग्रहालय घुमाउने व्यवस्था मिलाइएको बताए ।

“यसले गर्दा विद्यार्थीले किताबमा पढेका दरबार, काष्ठकला र सांस्कृतिक महत्वका सामग्री आँखाले नै देख्न पाउनेछन् ।” लाखेले भने ।

विद्यार्थीलाई पथप्रदर्शकले मूल चोक, सुन्दरी चोक र भण्डारखाल बगैँचा घुमाउने व्यवस्था सङ्ग्रहालयले मिलाएको छ ।

सङ्ग्रहालयका पथप्रदर्शकका रुपमा स्थानीयवासी युवालाई नै परिचालन गरिने भएको छ । कतिपय युवा काममा लागिसकेको र कतिलाई लगाउने योजना भएको लाखेले बताए ।

“२० जना यहीँका युवालाई अहिले हामी प्रशिक्षण दिइरहेका छौंँ ।” उनले भने ।

विद्यालयका कक्षा ५ देखि ८ सम्मका विद्यार्थीलाई कार्यक्रममा लक्ष्य गरिएको छ ।

(Visited 146 times, 1 visits today)

टिप्पणी

comments