Main Menu

विपद् व्यवस्थापन प्रभावकारी बनाउन नयाँ कानुन बन्दै

असार २१, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले मुलुकका विभिन्न भागमा हालै भएका प्राकृतिक विपद्का घटनामा पीडित जनताको खोज, उद्धार र राहतमा सरकारले तीव्र रुपमा काम गर्दै आएको जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा गृहमन्त्री शर्माले यही असार १३ गतेदेखि आएको अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान र चट्याङबाट मुलुकभर हालसम्म १५ जनाको मृत्यु, ७ बेपत्ता र ५ घाइते भएको बताउनुभयो ।

“उद्धार र राहतसँगै मृतकका परिवारलाई काजकिरिया खर्च र पीडितलाई खाद्यान्न, गैर खाद्यन्न सामग्री वितरण तथा सुरक्षित बासस्थानमा सार्ने बन्दोबस्त मिलाएका छौँ ।” गृहमन्त्री शर्माले भने ।

मन्त्री शर्माले सरकारले विपद्मा परी घाइते भएकाको निःशुल्क उपचारको व्यवस्था गर्नाका साथै जिल्लास्थित दैवीप्रकोप उद्धार समितिसँग आवश्यक समन्वय र परिचालन गरी राहत र उद्धारलाई प्रभावकारी बनाइएको जानकारी दिँदै विपद् व्यवस्थापनलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने सम्बन्धमा मन्त्रालयले आवश्यक नयाँ कानून निर्माण र संशोधनका लागि गृहकार्य गरिरहेको बताए ।

(Visited 75 times, 1 visits today)

टिप्पणी

comments