Main Menu

Saturday, July 22nd, 2017

 

उष्माको एक बिहान

गोविन्द वर्तमान आज धेरै उज्यालो भयो । सानी उष्मा ओछ्यानबाट उठेर झ्यालतिर गई । झ्यालबाहिर आज धेरै उज्यालो देखियो । उष्माले झ्यालको डण्डी समाती र बाहिरतिर हेरिरही । सडक देखियो । सडकमा मोटरहरु गुडेका देखिए । उष्मालाई रमाइलो लाग्यो । हिजो अस्ति एत्तिको रमाइलो थिएन । टम्म कुहिरो लाग्थ्यो । झ्यालबाहिर सेतो सेतो धुवाँजस्तो मात्र देखिन्थ्यो । त्यो सेतो धुवाँ चीसो चीसो हुन्थ्यो । उष्मालाई जाडो हुन्थ्यो । उष्माकी आमाले सानी उष्मालाई पेटेभोटोमाथि बाहुले भोटो लगाइदिनु हुन्थ्यो । तैपनि उष्मालाई जाडो हुन्थ्यो । उष्माकी आमाले सानी उष्मालाई बाहुले भोटोमाथि स्वीटर पनि लगाइदिनु हुन्थ्यो । तर आज उष्मालाई आज जाडो भएनपूरा पढ्नुहोस्


राष्ट्रिय जनमोर्चा रौतहटको जिल्ला समिति नै माओवादी केन्द्रमा प्रवेश

  साउन ७, काठमाडौँ । राष्ट्रिय जनमोर्चाको रौतहट जिल्ला समिति नेकपा (माओवादी केन्द्र)मा विलय भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सो पार्टीका जिल्ला अध्यक्षसहित सम्पूर्ण समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको हो । कार्यक्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लखिन्द्र साह, केन्द्रीय सदस्य जगमन्न राम, जिल्ला सचिव लक्ष्मणकुमार राम, जिल्ला सदस्य वीरेन्द्रकुमार शाह, रामबाबु साह, इदयन अन्सारीलगायत सम्पूर्ण जिल्ला समिति नै माओवादीमा प्रवेश गरेको हो । पार्टीमा प्रवेश गर्ने जनमोर्चाका नेतालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्वागत गरेका थिए । सो अवसरमा अध्यक्ष प्रचण्डले सम्पूर्ण क्रान्तिकारी र जनपक्षीय शक्तिकाबीचमा एकताको अपरिहार्यता रहेको बताउँदै जनमोर्चाकोपूरा पढ्नुहोस्


विष्णुमती सफाइ अभियान १५० हप्तामा

  साउन ७, काठमाडौँ । विष्णुमती सफाइको १५०औँ हप्तामा आज गोंगबु नयाँ बसपार्क क्षेत्रमा विशेष सफाइ गरी ९ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३ हजार ५०० को सहभागिता थियो । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि सफाइमा सहभागी थिए । सफाइपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रकृतिलाई बिगार्ने क्रम बढेकाले सुधार्न सफाइ अभियानको योगदान महत्वपूर्ण हुने बताए । प्रदूषणले रोग निम्त्याउने भएकाले पनि सफाइमा सबैको सहभागिता हुनुपर्नेमा उनले जोड दिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले उपत्यकामा सफाइ अभियानबाट देखिने काम भएको बताउँदै राजधानी सहरको प्रतिष्ठा बढाउन पनि सफाइ अभियानलाईपूरा पढ्नुहोस्


नुवाकोटमा दोषी ठहर हजार कैदी अझै फरार

  साउन ७, नुवाकोट । अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् । विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट १ हजार ३७० वर्ष ७ महिना २२ दिन कैद सजायँसहित रु. १ करोड ९१ लाख ७२ हजार जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत, नुवाकोटले जनाएको छ । फैसला कार्यान्वयन प्रभावकारी बनाउन सर्वोच्च अदालतको निर्णयअनुसार २०७१ कात्तिक १ देखि अदालतको फैसलाको कैद, जरिवाना लागेका वा सरकारी बिगो बुझाउन बाँकी व्यक्ति पक्राउ गरी असुलउपर गर्ने अभियान जारी रहे पनि यहाँका १ हजार कैदी अझै फरार रहेका छन् । फरार रहेका कैदीमा मानवपूरा पढ्नुहोस्


एक कविता

(प्रशिद्ध कवि बितेका भूपी शेरचनले ‘सडक–बालक’बारे लेखेको चर्चित कविता ‘एक कविता’ आजको शनिवार साहित्यमा प्रस्तुत गरिन्छ । –सम्पादक ।) भूपी शेरचन ‘भोक लाग्यो’ ठिटोप्रति न गाँसको प्रवन्ध न बासको ठेगाना तैपनि बाँचेकै छ हुर्केकै छ यो मगन्ते ठिटो नयाँ सडकको पेटीमा पेटीजस्तै सधैं असंख्य पाउनमुनि कुल्चिएर कसैको बासनाको द्रूतगामी रकेटमा राखेर यो ठिटो उडाइयो अनजान र अनिश्चित भविष्यको अन्तरिक्षमा विना कुनै स्पेश सूट ! ‘अस्क्सिजन मास्क’ र सुरक्षित संचालनको तर ऊ बेवारिसपनाको भारहीन अवस्थाबाट सकूशल ओर्लियो नयाँ सडकको पेटीमा झुत्रो प्यारासुट ओढेर यो शिशु जन्मियो यिशुजस्तै कुमारी आमाको गर्भबाट र बसेको छ अहिले ऊ नयाँ सडकको पेटीमा ल्याम्प–पोष्टको ‘क्रस’बोकेर ।पूरा पढ्नुहोस्


काँग्रेस बैठक जारी, निर्वाचनको समीक्षामा केन्द्रित

साउन ७, काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा शुरु भएको छ ।   पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र स्थानीय तहको दुई चरणको निर्वाचनको समीक्षा गर्नेमा केन्द्रित रहेर छलफल भइरहेको छ । बैठकको प्रारम्भमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको समग्र स्थिति, निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नुको कारण तथा आगामी दिनमा पार्टीलाई एकढिक्का बनाएर लैजान पार्टी नेतृत्वबाट गर्नुपर्ने प्रयासका बारेमा केन्द्रित रहेर धारणा राखेका थिए । बैठकमा स्थानीय तहको दुईवटा निर्वाचनको समीक्षा गरिनुका साथै प्रदेश नं. दुईमा आगामी असोज २ गते हुने निर्वाचन सम्बन्धमा छलफल भइरहेको केन्द्रीय सदस्यपूरा पढ्नुहोस्


मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ

साउन ७, भक्तपुर । मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार रु. ५० हजार घुस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नासु राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गा पोखरेल छन् । बागेश्वरीका एक सेवाग्राहीले आफ्नै २ आनाको दुई टुक्रा जग्गाबाट भित्र रहेको अर्को जग्गामा जानका लागि बाटो राखी प्लट मिलान गर्नका लागि सबै प्रक्रिया पुर्याई निवेदन दिएकामा अधिकृत श्रेष्ठले गलत नियतले दुःख दिन थालेपछि सेवाग्राहीले आयोगमा उजुरी दिएका थिए ।  सोही उजुरीका आधारमा आयोगको टोलीले कर्मचारीलाई ‘घुस रकम’सहित मध्यपुरथिमि–३ कौशलटारस्थित वेभ सेकुवा कर्नरबाट शुक्रबार साँझ ७ बजे पक्राउपूरा पढ्नुहोस्


सोभियत समाजवादी क्रान्तिको सय वर्ष (१९१७–२०१७)

फेब्रुअरी क्रान्ति पूर्ण थिएन

(गत हप्ता हामीले रुसमा १ सय वर्षअगाडि क्रान्तिको सुरुवात कसरी भएको थियो भन्ने विवरण प्रस्तुत गरेका थियौँ । निरंकुश जारशाहीको शासन फाल्नु क्रान्तिको पहिलो खुड्किलो थियो । त्यो काम रुसी क्रान्तिकारीहरुले १९१७ को फेब्रुअरीमा सम्पन्न गरे । तर, रुसी मजदुर–किसानका लागि जारशाही फाल्नु नै पर्याप्त थिएन । त्यसैले फेब्रुअरी क्रान्तिपछि तुरुन्तै वोल्शेविक पार्टीले अर्को क्रान्तिका लागि तयारी थालनी गर्यो । यस हप्ता हामी यसै विषयमा सामग्री प्रस्तुत गर्दैछौँ ।–सम्पादक) फरवरी २७ (मार्च १२) १९१७ मा चौथो राज्य दूमाका उदारवादी सदस्यहरुले समाजवादी—क्रान्तिकारी र मेन्शेविक नेताहरुसित गुप्त सम्झौता गरेर दूमाका अध्यक्ष, जमिन्दार तथा राजतन्त्रवादी रोदज्यान्कोको नेतृत्वमा राज्य दूमाको अस्थायी कमिटी बनाए ।पूरा पढ्नुहोस्