Main Menu

मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ

साउन ७, भक्तपुर । मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार रु. ५० हजार घुस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नासु राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गा पोखरेल छन् ।

बागेश्वरीका एक सेवाग्राहीले आफ्नै २ आनाको दुई टुक्रा जग्गाबाट भित्र रहेको अर्को जग्गामा जानका लागि बाटो राखी प्लट मिलान गर्नका लागि सबै प्रक्रिया पुर्याई निवेदन दिएकामा अधिकृत श्रेष्ठले गलत नियतले दुःख दिन थालेपछि सेवाग्राहीले आयोगमा उजुरी दिएका थिए । 

सोही उजुरीका आधारमा आयोगको टोलीले कर्मचारीलाई ‘घुस रकम’सहित मध्यपुरथिमि–३ कौशलटारस्थित वेभ सेकुवा कर्नरबाट शुक्रबार साँझ ७ बजे पक्राउ गरेको हो । 

अधिकृत श्रेष्ठले सेवाग्राहीबाट रु. ५० हजार लिएसँगै वेभ सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्राहीलाई दिएको र त्यसलगत्तै उनीहरुलाई आयोग टोलीले नियन्त्रणमा लिएको हो ।

अभियुक्त चारै जनालाई आयोगको नियन्त्रणमा राखिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ । 

(Visited 95 times, 1 visits today)

टिप्पणी

comments