Main Menu

Thursday, July 27th, 2017

 

पुर्ख्यौली संस्कृतिको नमूना – गोत्र र गणचिन्ह

डी.आर. पोखरेल समाज विकासको इतिहासमा गोत्र–व्यवस्था र यसबाट निसृत भएको संस्कृतिको अहं महत्व छ । गोत्र–व्यवस्था लामो ऐतिहासिक कालखण्डसम्म रहेकाले यसको प्रभाव–अवशेष आजपर्यन्त रहेको पाइन्छ ।  गोत्र र गणचिन्ह आदिम मानवको सांस्कृतिक अभिव्यक्ति हो । राज्यको उदय हुनुअघि सामाजिक एकाइको रूपमा गोत्र प्रकट भएको पाइन्छ भने गोत्रहरूका आ–आफ्ना पहिचान चिन्हलाई गणचिन्ह भनिएको पाइन्छ । गणचिन्हलाई कतिपय विद्वानहरूले ‘पूर्वजाभाष’ शब्दले पुकारेका छन् भने कतिले त गोत्रचिन्ह पनि भनेका छन् । यसको अङ्ग्रेजी शब्द Totem वा Totemic-sign रहेको छ । कतिले त यसलाई टोटेमवाद (Totemism) पनि भनेका छन् । जे होस् यो आदिम मानवका प्राकृतिक–भौतिकवादी सोचको उपज थियो । राज्य, परिवार रपूरा पढ्नुहोस्


व्यवस्थापिका–संसद्को पनि अब आफ्नै एप

साउन १२, काठमाडौँ । व्यवस्थापिका–संसद्का गतिविधिलाई सहज तवरले आम नागरिकमा पुर्याउने लक्ष्यका साथ संसद् सचिवालयले आजदेखि ‘व्यवस्थापिका–संसद् नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । यस्तै www.parliament.gov.np नयाँ वेबसाइट पनि आजैदेखि सञ्चालनमा आएको छ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज मोबाइल एप र वेबसाइटको शुभारम्भ गरिन्। मोबाइल एप प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । एप डाउनलोड गरेपछि संसारको जुनसुकै स्थानबाट पनि सांसदलाई प्रश्न गर्न सकिनेछ । यस्तै अन्य विषयमा पनि सूचना लिन र संसदीय गतिविधिका बारेमा जानकारी लिनसमेत एप प्रभावकारी हुने संसद् सचिवालयले विश्वास लिएको छ । संसद् सचिवालयले यसअघि संसद्को गतिविधिलाई यु ट्युबाट प्रत्यक्ष प्रसारण गर्नेपूरा पढ्नुहोस्


सगरमाथा चढ्ने साहसी महिलाहरु

विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा चढ्ने प्रथम महिला पासाङल्हामु शेर्पा हुन् । उनले लगातारको चौथो प्रयासमा बल्ल सन् १९९३ अप्रिल २२ मा सगरमाथाको शिखर चुम्न सकेकी थिइन् । उनले पाएको सफलतासँगै उनको जीवनको अस्तित्व सगरमाथाकै शीरमा बिलायो । अर्थात् आकस्मिक रुपमा आइलागेको हिम आँधीको विपत्तिले गर्दा उनको मुत्यु भयो । उनलाई सफलता दिलाउनमा महत्वपूर्ण भूमिका खेलेका सरदार सोनाम छिरिङको अहिलेसम्म अत्तोपत्तो छैन । नेपालमा रहेको विश्वकै उच्च शिखर नेपाली महिलाले चढ्न नसकिरहेको अवस्थामा उनको सफलताले एउटा नयाँ कीर्तिमानको जग खडा गर्यो । वास्तवमा उनी एउटी नेपाली वीरंगना थिइन् । संखुवासभाकी लाक्पा शेर्पाले दोस्री नेपाली महिलाको रुपमा सगरमाथा चढिन् भने सगरमाथापूरा पढ्नुहोस्


केन्द्र र प्रदेशको निर्वाचन एकैदिन गर्ने तयारी

  साउन १२, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री र आयोगका पदाधिकारीहरु सहभागी बैठकमा प्रधानमन्त्रीले जनताको मत बदर नहुने गरी मतदान प्रक्रियामा सुधार गर्न आयोगलाई आग्रह गरे । संवैधानिक व्यवस्थानुरुप सरकार आगामी माघ ७ गतेभित्रै प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्न प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले सोअनुसार तयारी तत्काल थाल्न आयोगका पदाधिकारीलाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । तोकिएको समयमा चुनाव गर्न क्षेत्र निर्धारण आयोगले काम थालिसकेको र निर्वाचनसम्बन्धी दुई कानुन पनि केही दिनभित्रै पारित हुने तयारीमा रहेको प्रधानमन्त्रीले बैठकमा जानकारीपूरा पढ्नुहोस्


जिल्ला जनस्वास्थ्य कार्यालयमा अख्तियारद्वारा छापा

साउन १२, राजविराज (सप्तरी) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको एक टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा आज छापा मारी कागजात नियन्त्रणमा लिएको छ । मनोमानी तरिकाले गरेको औषधि खरिद तथा म्याद रहेकै औषधि जलाइएको समाचार बाहिर आएपछि अख्तियारको टोलीले कागजात नियन्त्रणमा लिएको हो । आयोगको इटहरी कार्यालयका अनुसन्धान अधिकृत विष्णुकुमार फेगुवा लिम्बूको नेतृत्वको टोलीले म्याद बाँकी रहेकै औषधि जलाइएको र सरकारले रोक लगाएको कम्पनीबाट औषधि खरिद गरेको विषयमा जनस्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्र चौधरीसहितका कर्मचारीसँग सोधपुछ गर्नुका साथै आर्थिक कारोबारसम्बन्धी सम्पूर्ण कागजात समेत नियन्त्रणमा लिएको छ । अनुसन्धान अधिकृत लिम्बूले मनमानी तरिकाले गरेको औषधि खरिद तथा म्याद रहेकैपूरा पढ्नुहोस्


भिजनरी र कमिटमेन्ट भएको स्वास्थ्यमन्त्री आउनुभएको छ – गगन थापा

साउन १२, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अहिले मुलुकमा अत्यन्त भिजनरी र कमिटमेन्ट भएको स्वास्थ्यमन्त्री आएको बताएका छन् । नेता थापाले उक्त कुरा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा र विशेष अतिथि नवनियुक्त स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल रहेको एक विशेष कार्यक्रममा आज बताएका हुन् । उक्त कार्यक्रम राजधानी काठमाडौंस्थित १ सय २८ वर्ष पुरानो नेपालकै पहिलो अस्पताल वीरअस्पतालको वार्षिक उत्सवको थियो । कार्यक्रममा अतिथिको आसनबाट सम्वोधन गर्दै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले थप बताए, “यसअघि मैले जेजे काम अगाडि बढाएँ वास्तवमा ती सबै काम वर्तमान स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले नै सुरु गर्नुभएका कामहरु थिए ।” यसअघि वार्षिक उत्सवपूरा पढ्नुहोस्


गुर्जाको पहाडको ‘क्वार्ज’ पत्थर उत्खनन हुन सकेन

साउन १२,  बेनी (म्याग्दी) । धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको ‘क्वार्ज’ नामक बहुमूल्य पत्थरको खानी उत्खनन हुन सकेको छैन । घुर्म खोलाअन्तरगत गुर्जा हिमालको फेदमा रहेको सो खानी आवश्यक प्राविधिक सहयोग नहुनु र राज्यको बेवास्ताका कारण उत्खनन हुन नसकेको हो । सुन, चाँदी जस्ता धातुका गहनामा प्रयोग हुने हुँदा सो पत्थरको बजारमा अत्यधिक माग रहेको छ । गुर्जा गाउँबाट करिब एक दिनको पैदल दूरीमा रहेको खानीआसपासका पहाड रातको समयमा बत्ती बले जस्तै टल्किने गरेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकप्रसाद छन्त्यालले बताए । “खानीआसपासका क्षेत्र रातको समयमा समेत टल्कन्छन् । प्रचूर सम्भावना भएपनि राज्यले नै चासो देखाएको छैन”– छन्त्यालले भनेपूरा पढ्नुहोस्


विज्ञान

‘सापेक्ष समय’ पछिल्लो भौतिक विज्ञानको निष्कर्ष हो

विज्ञान र विज्ञानमा आधारित दर्शन भन्छन्–‘परिवर्तनको प्रक्रियाबाहेक संसारमा अपरिवर्तनीय र अन्तिम भन्ने चीज केही पनि छैन । अर्थात् यो विश्वब्रम्हाण्डमा अपरिवर्तनीय र निरपेक्ष भन्ने चीज केही पनि छैन ।’ महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले समयसमेत पनि अपरिवर्तनीय वा निरपेक्ष छैन भनी व्याख्या गरेका छन् । उनले जुम्ल्याहा दुई बच्चाहरुमध्ये एकलाई झण्डै प्रकाशको गतिमा अन्तरिक्षमा पठाउने र अर्कोलाई पृथ्वीमै राखिराख्ने हो भने ५० वर्षपछाडि पहिलो बच्चा पृथ्वीमा फर्कंदा ऊ ६ महिनाको मात्र हुने जबकि पृथ्वीमै रहेका बच्चा चाहिँ ५० वर्ष उमेरको हुने तार्किक प्रमाण पेश गरेका छन् । यो उनले समय सबै ठाउँमा एकै नहुने वा यो निरपेक्ष नभई सापेक्ष हुने चीजपूरा पढ्नुहोस्


विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी, संग्रहालय पनि स्थापना हुने

गोपालप्रसाद पोखरेल साउन १२, पथरी (मोरङ) । विराटनगर जुट मिल बन्द भएको ४ वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो । चरम राजनीतिक हस्तक्षेप र विद्युत्भार कटौतीका कारण जुट मिल पटक–पटक बन्द हुने र खुल्ने गरेको थियो । वि.सं. १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो । जुट मिल उद्योगको स्थापनासँगै नेपालमा औद्योगिक क्रान्ति सुरु भएको थियो ।पूरा पढ्नुहोस्


सातै प्रदेशबाट द्वन्द्वकालीन घटनाको अनुसन्धान सुरु

साउन १२,  काठमाडौँ । द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगले सातवटै प्रदेशबाट अनुसन्धान सुरु गरेको छ । आयोगले सात प्रदेशमा खडा गरेको मुकामबाट द्वन्द्वकालीन घटनामा परेका उजुरीको अनुसन्धान सुरु गरेको हो । आयोगले प्रदेश नं १, ३, ५, ६ र ७ मा गत जेठ २१, प्रदेश नं ४ मा गत असार २८ र प्रदेश नं २ मा यही साउन ४ गतेबाट आयोगमा परेका उजुरीको अनुसन्धान सुरु गरेको हो । अनुसन्धानका लागि आयोगले पहिलो चरणमा प्रत्येक प्रदेशमा एक/एक हजार उजुरी सम्बन्धित क्षेत्रमा पठाएर अनुसन्धान सुरु गरेको छ । “सम्बन्धित प्रदेशमा परेका उजुरी अनुसन्धानका लागिपूरा पढ्नुहोस्