Main Menu

Saturday, July 29th, 2017

 

अमेरिका अव उत्तर कोरियाली क्षेप्यास्त्र सीमाभित्र आएको नेता उनको दावी

साउन १४,  सोल (दक्षिण कोरिया) । पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दावी गर्दै यो अमेरिकाकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ । उत्तर कोरियाली राष्ट्रपति कीम जोङ उनले परीक्षणले उत्तर कोरियाको सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने क्षमता प्रमाणित गरेको गर्वका साथ बताएको कोरियन केन्द्रीय समाचार संस्था (केसिएनए)ले उल्लेख गरेको छ । केसिएनएले भनेको छ, “हाम्रा नेताले गर्वसाथ भन्नुभएको छ कि अमेरिकाको सम्पूर्ण क्षेत्र अव प्योङयाङको क्षेप्यास्त्र प्रहारको पहुँचमा आएको छ ।” यसैबीच अमेरिकी विदेशमन्त्रीले रेक्स टिलरसनले उत्तर कोरियाली गतिविधि उत्तेजक बन्नुमा बेइजिङ् र रसिया दोषी रहेको आरोप लगाएका छन् । त्यस्तै पेन्टागनका प्रवक्ता क्याप्टेनपूरा पढ्नुहोस्


लेकफूल भीरफूल

राजव उसको र मेरो भेट स्याउले देउरालीमा भयो । पुरै डेढ घण्टाको उकालो उक्लिएपछि यो देउराली देख्न पाइएको हो । यहाँ उसले मलाई आउँदै गरेको देख्नेबित्तिकै ऊ मुस्कायो । मैले पनि त्यस्तै औपचारिक मुस्कान फिर्ता गरें । ऊ देउरालीको चौतारोमा मभन्दा अगाडि बस्न पुगेको थियो । म पनि थकाइ मार्न ऊ नजिक नजिकै बसें । ऊ पनि मझैं पसिनाम्ये भएको छ । र, उकालोभरि फुलेको सास फाल्दै र लिँदैछ । ऊ प्याङ गाउँसम्मको ट्रेकिंगमा अन्य अमेरिकन पर्यटकसँग आएको रहेछ । उसका अन्य साथी अगाडि बढिसकेछन् । ऊ भने तिनको तालमा हिंड्न नसकेर सुस्त-सुस्त उक्लँदै रहेछ । मैले उसलाई सोधें –पूरा पढ्नुहोस्


उपत्यकाका सडकमा अठासी प्रतिशत खाल्डा पुरिए

साउन १४,  काठमाडौँ । मेलम्चीको पानी वितरणका लागि खनिएका उपत्यकाको सडकका ८८ प्रतिशत खाल्डा पुरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । सडकमा बनेको खाल्डाखुल्डीका कारण एक विद्यालयकी छात्राको निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र पुर्न सरोकार भएका कार्यालयलाई निर्देशन दिएका थिए । साउन १५ गतेअगावै खाल्डा पुरी सक्नेगरी काम गरे पनि मौसमका कारण १२ प्रतिशत काम बाँकी रहेको निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए । “लाजिम्पाट–महाराजगन्ज क्षेत्रमा खाल्डा पुरे पनि कालोपत्र गर्न बाँकी छ, मौसमका कारण कालोपत्र गर्न सकिएको छैन, रातोपुल–गौशाला र चाबहिल–चुच्चेपाटी क्षेत्रमा पनि केही काम बाँकी छ”– उनलेपूरा पढ्नुहोस्


डा. गोबिन्द केसिसँगको दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन

साउन १४,  काठमाडौँ । सरकार र अनशनरत प्राडा गोविन्द केसी पक्षबीच दोस्रो चरणको वार्ता पनि अघिल्लो जस्तै बिनानिष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा आज भएको दोस्रो चरणको वार्ता संसद्मा रहेको चिकित्सा शिक्षा विधेयकका बारेमा कुरा अघि नबढेपछि बिनानिष्कर्ष टुंगिएको हो । सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अनशनको मुख्य विषय चिकित्सा शिक्षा भएकाले आफूहरुले मात्र त्यसको पार लाउन नसक्ने भएको प्रधानमन्त्री, शिक्षा तथा स्वास्थ्यमन्त्रीस्तरबाटै सहजीकरण गराउन पहल भइरहेको बताए । उनले भने, “विधेयक संसद्मा छलफलमा छ, विधेयकमा थप्नुपर्ने, संशोधन गर्नुपर्ने विषय राजनीतिकरुपमा पनि समाधान खोज्नुपर्ने देखिन्छ । जतिसक्दो चाँडो विधेयक पारित गराई अनशन बस्ने अवस्था आउनपूरा पढ्नुहोस्


कछुवा गतिमा राजधानीका नदी कोरिडोर

साउन १४,  काठमाडौँ । काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा महत्वपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीले नै स्वीकार गरेका छन् । वाग्मती र धोबीखोला कोरिडोर बाहेक अन्य कोरिडोरमा निर्माणकार्य तोकिएको लक्ष्यअनुसार हुनसकेको छैन भने बजेट उपलब्ध भएर पनि खर्च हुनसकेको छैन । सरकारले धोबी खोला, वाग्मती, विष्णुमति, नख्खु खोला, महादेव खोला र साङ्ला खोला कोरिडोर निर्माण शुरु गरेको छ । खोला कोरिडोरमा सडक निर्माण गर्नुको ध्येय खोला संरक्षण र सौन्दर्यीकरण गर्नु भए पनि तोकिएको समयमा निर्माण सम्पन्न नहुनेले स्थानीयवासीलाई राहत होइन, आहात मात्रै दिएको छ । सरकारले निर्माणकार्यमा प्रगति भएको ठानेको धाबीखोला कोरिडोरका कारण पानीपूरा पढ्नुहोस्


मन्त्रालयमा योगा

साउन १३ गते नवनियुक्त स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलसँगको अन्तर्क्रियामा आयुर्बेद बिभागका महानिर्देशक डा. बासुदेब उपाध्यायले बिभागको बृफिङ्ग गर्ने क्रममा ५ मिनेट योगको महत्व र योगको गतिविधिबारे जानकारी गराए । उनले हरेक १/२ घन्टासम्म लगातार कुनै बैठकमा बसियो भने योग गर्दा मान्छेलाई रिफ्रेस हुने बताए । त्यहीक्रममा उनले कार्यक्रम स्थलमैै मन्त्रीलगायत सहभागी सबैलाई एकछिन योगाभ्यास गराए ।


दश लाखको औषधि जलाएर नष्ट

साउन १४,  जाजरकोट । जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुने गरी जलाएको छ । गाउँमा जाने औषधिलाई लामो समयसम्म जनस्वास्थ्य कार्यालयमा भण्डार गरेर राखिएपछि औषधिको म्याद गुज्रेको थियो । क्षेत्रीय मेडिकल स्टोर सुर्खेत र जनस्वास्थ्य कार्यालयको मिलेमतोमा बिहीबार राति कसैलाई जानकारी नहुने गरी अस्पतालको हाताभित्रै वातावरण प्रदूषण हुने गरी औषधि जलाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्टोर किपर लमबहादुर खड्काले बताए । अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उक्त औषधि नष्ट गर्न नपाइने भए पनि औषधि व्यवस्था विभाग काठमाडौँ पु¥याउन भाडा लाग्ने भन्दै यतै जलाइएको खड्काको भनाइ छ । अस्पतालको हाताभित्रै औषधि जलाउँदापूरा पढ्नुहोस्


नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

साउन १४,  नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाह्र जनाको बुटवल र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । बस तीव्र गतिमा भएका कारण सो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस


हेलचेक्र्याइँबाट कानको समस्या बढ्दो

साउन १४,  लहान । जनचेतनाको अभाव र पुरानो सोचमा परिवर्तन आउन नसक्दा सिरहा र सप्तरीलगायत तराईका जिल्लामा कानको समस्या जटिल बन्दै गएको छ । बालबालिकालाई जथाभावी कानमा तेल तथा औषधिका नाममा विभिन्न बोटबिरुवाको दूध हाल्ने, कान कोट्याइदिने र आमाले सुतेर दूध खुवाउनेजस्ता कारणले कानको समस्या जटिल बन्दै गएको हो । सोबाहेक बढ्दो ध्वनि प्रदूषण र पोखरीमा नुहाउने प्रवृत्तिका कारणले पनि कानका बिरामी दिनप्रतिदिन बढ्दै गएको चिकित्सक बताउँछन् । सिरहा नगरपालिका–९ स्थित बहिरा बाल विद्यालय, कान उपचार केन्द्रका चिकित्सक सुरेशकुमार यादव पुरानो संस्कार र जनचेतनाको अभावका कारण कानको समस्या बढ्दै गएको बताउँछन् । उनी भन्छन्, “बच्चा सानो छँदा आमा वा हजुरआमालगायतलेपूरा पढ्नुहोस्


काठमाडौंमा अस्सी प्रतिशत घर नक्सा विपरीत

साउन १४,  काठमाडौँ । नक्सा विपरीत हुने निर्माण न्यूनीकणका लागि काठमाडौँ महानगरपालिकाले २८ इन्जिनीयरलाई स्थलगत निरीक्षणका लागि खटाएको छ । धेरैमा पारित नक्साअनुसार भवन निर्माण नभएकाले नयाँ बन्न सुरु गरेका सबै घरमा नियमित निगरानी राख्नका लागि १८ जना वडाका र १० जना केन्द्रका इन्जिनीयर खटिएका छन् । कामपामा दैनिक १० देखि १५ सम्म आवासीय र व्यावसायिक भवन निर्माण हुने गरेका छन् । निर्माण भएका केही घर मात्र कामपाले पारित गरेका नक्सानुरुप भएका तर धेरै आवासीय भवन नक्सानुरुप नभएकाले इन्जिनीयरलाई नियमित रुपमा निर्माणस्थलम खटाउन थालिएको कामपाका इ राम थापाले बताए । यसअघि कामपाले घर निर्माण सम्पन्न गरेपछि मात्र उक्त स्थानको निरीक्षणपूरा पढ्नुहोस्