Main Menu

Sunday, July 23rd, 2017

 

ठेकेदार कम्पनी फर्किएपछि माथिल्लो त्रिशूली थ्री ‘ए’को काम तीव्र

  साउन ८, नुवाकोट । भूकम्पले क्षति पुर्याएपछि निर्माणमा अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको निर्माण गर्ने कार्यक्षेत्रमा ठेकेदार कम्पनी चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) फर्किएको छ । आयोजनाको बाँधक्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा ठेकेदार कम्पनीले विज्ञसहितको प्रारम्भिक जाँच र अध्ययनको काम हालै सुरु गरेको हो । कम्पनीले क्षतिको जाँच एवं परीक्षणको काम जलविद्युत् आयोजनामा अत्यन्त संवेदनशील क्षेत्र मानिने बाँधस्थलबाट काम सुरु गरेको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिए । “ठेकेदार कम्पनीले भूकम्पपछिको क्षतिको विभिन्न समयमा विज्ञ ल्याएर अध्ययन गरी लगत सङ्कलन गरेको थियो”–आयोजना प्रमुख जोशीले भने, “अहिले विज्ञसहित कामदार समेत ल्याएर काम सुरु गरेकाले आयोजनाले गति लिनपूरा पढ्नुहोस्


‘काठमाडौँबासीले दसैँमा मेलम्चीको पानी खान पाउँछन्’

  साउन ८, काठमाडौँ । आगामी दसैँसम्म राजधानीबासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी उपलब्ध गराउने सम्भावना अझै कायम रहेको सम्बद्ध पक्षले जानकारी दिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको २ हजार ३०० मिटर सुरुङ खन्न बाँकी रहेकाले दसैँसम्म राजधानीमा पानी ल्याउन सम्भव रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जानकारी दिएको छ । निर्माण व्यवसायीले प्रभावकारी काम गर्न नसकेको, सुरुङ खन्ने कार्यले गति लिन नसकेको तथा अन्य प्राविधिक जटिलता थपिएको भन्दै पानी आउने समयावधि लम्बिन थालेको भन्दै गुनासो आइरहेको बेला सम्बद्ध पक्षले भने तोकिएको समयमा नै सम्पन्न हुने विश्वास दिलाएको हो । दैनिक २० मिटरको दरले सुरुङ खन्ने कार्यपूरा पढ्नुहोस्


खेलकुद क्षेत्रको विकासका लागि सरकार लागि परेको छ – उपप्रम महरा

  साउन ८, काठमाडौँ । उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री कृष्णबहादुर महराले खेलकुद क्षेत्रको विकासका लागि सरकार लागि परेको बताएका छन् । नेपाल भारोत्तोलन संघको आयोजनामा १९औँ युथ एसियन, २४औँ जुनियर महिला तथा ३१औँ जुनियर पुरुष एसियन भारोत्तोलन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदमा सिमित स्रोतको अभावका कारण सोचेजति बजेट विनियोजन गर्न नसकेको बताए । मन्त्री महराले नेपालगन्जमा भारोत्तोलन एकेडेमी निर्माणका लागि रु. २० लाख विनियोजन गरेको र उक्त सहयोगले भारोत्तोलन खेलको विकासका लागि केही टेवा पुगेको बताए । उनले आवश्यक भौतिक पूर्वाधारको निर्माण गरी सन् २०१९ मा घरेलु मैदानमा नै हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीमा सरकार जुटेको बताए । “राष्ट्रियपूरा पढ्नुहोस्


प्रहरीलाई संघीय संरचनामा लैजानेबारे छलफल

  साउन ८, काठमाडौँ । नेपाल प्रहरीलाई संघीय संरचनामा लैजानेबारे गृहमन्त्रालयले छलफल शुरु गरेको छ । गृह मन्त्रालयमा आज गृहमन्त्री जनार्दन शर्माले प्रहरी नायब महानिरीक्षक र त्यसभन्दा माथिका अधिकृतसँग प्रहरीको संघीय संरचनाबारे सामूहिक रुपमा छलफल गरे । गृहमन्त्री शर्माले प्रहरी संगठनको संरचना, कार्यसम्पादन मूल्याङ्कनलाई वैज्ञानिक बनाउने र बढुवा तथा सरुवा प्रक्रिया निष्पक्ष बनाउने उपायबारे सुझाव मागे । प्रहरीलाई प्रादेशिक संरचनामा लैजाँदा आवश्यक पर्ने साधन, स्रोत र जनशक्तिको अवस्था तथा आवश्कताबारे कार्ययोजना बनाएर ल्याउन उनले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिए । संरचनाबारे सुझाव दिँदै प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले ६० वर्ष पुगेपछि मात्र प्रहरी कर्मचारीलाई पेन्सन दिने व्यवस्था गर्नुपर्ने बताएपूरा पढ्नुहोस्


काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वैधानिकता सङ्कटमा

पूर्णप्रसाद मिश्र साउन ८, काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (काउखालि) ले स्थापना भएको ९ वर्षसम्म पनि कम्पनी रजिष्ट्रार कार्यालयमा वार्षिक विवरण बुझाएको छैन । लिमिटेडले कार्यालयमा हरेक वर्ष बुझाउनुपर्ने लेखापरीक्षण प्रतिवेदन, वार्षिक साधारण सभाको निर्णय, शेयर लगत र सञ्चालक लगत आव २०६३/२०६४ पछि नबुझाएको कार्यालयले जनाएको छ । विसं २०६३ पुसमा दर्ता भएको कम्पनीले एक वर्षको विवरण बुझाएपछि कुनै विवरण बुझाएन । कम्पनी ऐनअनुसार यस्तो कम्पनी स्वतः खारेज हुन्छ । सरकार लिमिटेडको सेयर होल्डर भएकै कारण ९ वर्षदेखि क्षमादान पाउँदै आएको छ । आजसम्म लेखापरीक्षण प्रतिवेदनलगायत विवरण पेश नगरिएकाले सञ्चालक समितिबाट गरिएका सबै निर्णय अवैध मानिने लिमिटेडसँग सरोकार भएकोपूरा पढ्नुहोस्


शुल्क लाग्ने भएपछि सवारी साधन अनुमतिपत्र प्योगात्मक परीक्षाको विरोध, अहिलेको लागि रद्द

साउन ८, भक्तपुर । पहिलोपटक आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द भएको छ । यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित ‘इजी वे ट्रायल सेन्टर’ प्रा.लि.मा दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा आजदेखि निःशुल्क सञ्चालन गर्ने सम्झौता सेन्टरसँग गरे पनि मोटरसाइकल प्रयोग गरेबापत प्रतिव्यक्ति रु. ५५ लिन लागेकाले परीक्षार्थीले सोको विरोध गरेका थिए । परीक्षा दिन धुलिखेल, पनौती, बनेपा र भक्तपुरलगायत ठाउँबाट ३१९ जना आएका थिए । कार्यालय र प्रालिबीच निःशुल्क ट्रायल सेन्टर सञ्चालन गर्न भएको लिखित सम्झौतानुसार भक्तपुरमा प्रयोगात्मक परीक्षा हुने भनिए पनि यहाँ नहुनेपूरा पढ्नुहोस्


भद्रपुर विमानस्थलमा पनि अब एक्सरे

  साउन ८, भद्रपुर । भद्रपुर विमानस्थलमा अबदेखि एक्स–रे मेसिनबाट जाँच प्रक्रिया सुरु हुने भएको छ । लामो समयदेखि प्रहरीबाट नै जाँचपडताल हुँदै आएकामा सरकारले एक्सरे मेसिन उपलब्ध गराएपछि आगामी भदौदेखि एक्सरेबाट जाँच हुने भद्रपुर विमानस्थल कार्यालयले जनाएको छ । यस्तो यन्त्रको प्रयोगले प्रतिबन्धित वस्तुको ओसारप्रसार नियन्त्रणमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ । यसैबीच विमानस्थलको स्तरोन्नतिका लागि जाइका अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा रु. २० करोड अनुदान प्राप्त हुने र यसबाट उडान सुरक्षाका लागि ‘भिओआर–डिएमई’ नामक उपकरणबाट व्यवस्थापन हुने छ । यसबाट कम दृश्यता भएका समयमा पनि उडान अवतरण एवम् प्रस्थानमा मद्दत पुग्ने हुने भएको छ । विमानस्थललाई सुरक्षित, व्यवस्थित एवम्पूरा पढ्नुहोस्


रु. ५ अर्बको हस्तकलाका सामान विदेशमा निर्यात

साउन ८, काठमाडौँ  । आर्थिक वर्ष २०७३/०७४ मा रु.४ अर्ब ८० करोड मूल्य बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको छ । नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड विभिन्न वन्यजन्तुका सिंङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सीसा, धूप, छाला, धातुजन्य सामग्री , ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, प्रस्तरकला, काष्ठकला र उनका सामान विदेश निर्यात भएको हो । नेपाल हस्तकला महासंघका अनुसार निर्यात भएको हस्तकलामध्ये सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा भएको छ । अमेरिकामा रु. १ अर्ब ५६ करोड चीनमा रु ६७ करोड ४७ लाख, जर्मनीमा रु ४३ करोड ७१ लाख, जापानमा रु ३५ करोडपूरा पढ्नुहोस्


२ हजार थान लागुऔषध सहित २ जना पक्राउ

  साउन ८, काठमाडौँ । प्रहरीले दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई आज पक्राउ गरेको छ । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका– ७ बाट पक्राउ गरेकामा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ घर भई नयाँ बजार बस्ने पदम आले मगर रहेको लागुऔषध ब्युरोका प्रमुख धिरु बस्नेतले जानकारी दिए । निजहरुका साथबाट रु. ४७ हजार नेपाली र १ हजार ९२० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ । मुलुकमा हाल लागुऔषध प्रयोगकर्ताको संख्या करिब १ लाख रहेको प्रहरीले जनाएको छ । काठमाडौँ, पोखरा, बुटवल, धरानलगायत सहरमापूरा पढ्नुहोस्


राहदानी विभागले आइएसओ प्रमाणपत्र पायो

  साउन ८, काठमाडौँ । राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय बनेको छ । राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्डानुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो । विभागमा आज आयोजित कार्यक्रममा ‘आईएसओ ९००१ः २०१५’ प्रमाणपत्र अनावरण गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो निकाय विभाग बन्नु गौरवको विषय भएको बताए । परराष्ट्रमन्त्री महराले कर्मचारीको लगनशीलता, कार्यकुशलता र गुणस्तरप्रतिको सचेतनाका कारण उपलब्धि हासिल भएको बताउँदै प्राप्त उपलब्धि जोगाउन र अझ उच्च स्थानमा पुग्ने लक्ष्यका साथ काम गर्न विभागका कर्मचारीलाई निर्देशन दिए । “विद्युतीय राहदानी जारीपूरा पढ्नुहोस्