Main Menu

Sunday, July 23rd, 2017

 

काँग्रेस केन्द्रीय समिति बैठक जारी, स्थानीय निर्वाचनको समीक्षामा बैठक केन्द्रित

  साउन ८, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीति र स्थानीय निर्वाचनको समीक्षालगायत विषयमा छलफल जारी छ । बैठकमा हालै सम्पन्न दुई चरणका स्थानीय निर्वाचनमा भएका कमजोरीको समीक्षा गरी आगामी असोज २ गते प्रदेश नं २ मा पनि हुने निर्वाचनमा पार्टीलाई अत्यधिक तहमा विजयी बनाउने सम्बन्धमा केन्द्रित रहेर केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् । शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी बैठकमा आवश्यक गृहकार्य गरेर उपयुक्त उम्मेदवार चयन गर्नुपर्ने, समयमै टिकट वितरण गर्नुपर्ने, प्रचारमा पार्टीका सबै संरचना प्रभावकारी रुपमा परिचालन गर्नुपर्नेलगायत सुझाव आएको पार्टी कार्यालयले जनाएको छ । केन्द्रीय सदस्यले प्रदेश नं २ मा हुनेपूरा पढ्नुहोस्


आजको ‘विशाल नेपाल’ पृथ्वी नारायण शाहले गरेको राज्य–विस्तापछि मात्र आएको होइन

प्रा. माणिकलाल श्रेष्ठ वि.सं. १८२५ मा पृथ्वीनारायण शाहले नेपाल उपत्यका विजय गरेपछि नेपालको एकीकरणको प्रक्रिया शुरु भयो र, त्यसपछि पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरुको प्रयासले मात्र विशाल नेपालको सृजना भयो भन्ने भ्रम हामीमध्ये धेरैमा अहिलेसम्म रहीआएको छ । यसलाई मान्ने हो भने त वि.सं. १८२५ भन्दा पहिले नेपाल भन्ने नै थिएन अथवा विशाल नेपाल थिएन, नेपाल भनेकै नेपाल खाल्डोमात्र थियो र नेपाल अधिराज्यको इतिहास वि.सं. १८२५ देखि २०६० सम्म २०० वर्षको मात्रको इतिहास भन्ने हुन्छ । खास गरेर यो भ्रम यूरोपका इतिहासकारहरुले फैलाएका हुन्, किनभने पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्न थालेपछिमात्र यूरोपेलीहरुले नेपालप्रति चासो राखेका थिए । त्यसले गर्दापूरा पढ्नुहोस्


नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

साउन ८,  चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङडाँडाको बीचमा खसेको पहिरो पन्छाएपछि आज बिहान ४ः३० बजेबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । शनिबार दिउँसो ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको थियो । दिउँसो ३ः५० बजे मुग्लिनबाट २ दशमलब ३ किमी नारायणगढतर्फ पहिरो खसेको हो । पहिरो पन्छाउने क्रममा राति ८ बजेबाट एकतर्फीरुपमा सडक सञ्चालनमा आएको भए पनि बिहानबाट मात्र पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए । सोही ठाउँमा गत महिना पहिरो खस्दा ३४ घण्टा सडक अवरुद्ध भएको थियो । सो सडकमा रातको समयमा आवागमन रोकिँदै आएको छ । सडकको स्तरोन्नतिका क्रममा भित्तो काटिएकापूरा पढ्नुहोस्


काङ्ग्रेस बैठकमा चुनावी रणनीतिको कुरा

साउन ८,  काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको दुई चरणको निर्वाचनमा भोगेको परिणामको समीक्षा गर्दै आगामी निर्वाचनमा पार्टीलाई कसरी अब्बल बनाउने भन्नेबारे बहस सुरु गरेको छ । केन्द्रीय कार्यालय सानेपामा हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अघिल्ला निर्वाचनमा भएका कमीकमजोरीलाई समीक्षा गरी प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनमा पार्टीलाई कसरी सशक्त र प्रभावकारी बनाएर लैजाने भन्नेबारे छलफल केन्द्रित रहेको नेताहरुले बताएका छन् । बैठकमा स्थानीय तहको निर्वाचनको परिणाम र काँग्रेसको समग्र सांगठनिक शक्तिको परिचालनमा देखिएको कमीकमजोरीको समीक्षा गरेर आगामी चरणको निर्वाचनमा गर्नुपर्ने अख्तियारीको रणनीतिबारे छलफल भइरहेको केन्द्रीय सदस्य महेश आचार्यले सञ्चारकर्मीलाई जानकारी दिए । “आजपूरा पढ्नुहोस्


कि कसो ?

मुस्कान सहितको भ्रष्टाचार

       नेपालको इतिहास कै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दा अहिले चलिरहेको छ । यो यति ठूलो भ्रष्टाचार हो कि यसको आकार देखेर स्वयम् सर्वोच्च अदालतलाई समेत कन्फ्युज भएको छ – यो साँच्चै भ्रष्टाचारै हो कि होइन ? त्यसैले अस्ति सर्वोच्च अदालतले सोध्ने काम पनि गरेको छ, यो कस्तो भ्रष्टाचार हो ? अख्तियारले हेर्न मिल्ने भ्रष्टाचार कि हेर्न नमिल्ने भ्रष्टाचार ? शायद त्यही भएर पो हो कि यो भ्रष्टाचार प्रकरणमा समातिएका प्रमुख अभियुक्त श्री चुडामणि शर्मा जता देखिए पनि मुसुमुसु हाँसिरहेका हुन्छन् । अदालत लगिए अदालत मै हाँस्ने, प्रहरी चौकी लगिए चौकी मै हाँस्ने, थुनामा राखिए थुना मै हाँस्ने ।पूरा पढ्नुहोस्


माओवादी केन्द्र बैठक : निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही

साउन ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनमा पार्टीको नीति र सिद्धान्त विपरित गएर चुनावमा अन्तरघात गर्ने जुनसुकै तहका नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने नीति अख्तियार गर्ने भएको छ । । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो सम्पन्न पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले अन्तरघात गरेका पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, “अप्ठ्यारो समयमा ‘बागी उम्मेदवार बन्ने, अन्तरघात गर्ने र विपक्षी पार्टीको पैसा लिएर पार्टीमाथि घात गर्नेलाई कारबाही हुन्छ । अब छुट दिन सकिँदैन ।” अध्यक्ष दाहालले निर्वाचन सम्पन्न भएका छवटै प्रदेशमा तीन/तीन सदस्यीय कार्यदल बनाएर उनीहरुमाथि छानबिन गरिनेपूरा पढ्नुहोस्