Main Menu

Tuesday, July 18th, 2017

 

समाजवादी क्रान्ति (१९१७–२०१७)

रुसमा १९१७ मा क्रान्ति कसरी सुरु भएको थियो ?

(यो वर्ष सन् २०१७ ले विश्वमा भएको पहिलो समाजवादी क्रान्तिको शत वार्षिकी मान्दैछ । यानी कि पहिलो समाजवादी क्रान्तिले १ सय वर्ष पार गर्दैछ । विश्वमा पहिलो पटक सन् १९१७ मा रुसमा लेनिनको नेतृत्वमा बोल्शेभिक पार्टीले समाजवादी क्रान्ति गरेको थियो । रुसी समाजवादी क्रान्ति पछि नै विश्वभर समाजवादी क्रान्तिको लहर नै चलेको थियो । लगभग बीसौं शताव्दीको तीन चौथाइ् समयसम्म नै विश्वभर समाजवादी, जनवादी एवं राष्ट्रिय मुक्ति आन्दोलनका आँधी बेहरीहरु चले । ती सबै आन्दोलनमा रुसी समाजवादी क्रान्तिको छाप र प्रभाव रह्यो । रुसमा समाजवादी क्रान्तिका लागि तत्कालीन अवस्थामा आन्दोलनहरु कसरी विकसित भए ? १९१७ को वर्षभरि नै चलेको रुसी क्रान्तिकापूरा पढ्नुहोस्


नेपाल उज्वेकिस्तानसँग पराजित

साउन ३, काठमाडौँ । एएफसी तेइस वर्षमुनि (यु २३) च्याम्पियनसिपको छनोट चरणअन्तर्गत समूह ‘डी’को दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । संयुक्त अरब इमिरेटस (युएई)को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा हिजो भएको खेलमा नेपाल उज्वेकिस्तानसँग २-० हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल आयोजक युएईसँग ५-० गोलअन्तरको पराजित भएको थियो । उज्वेकिस्तानको जितमा तुर्सुनोभ दोस्तोन्बेकले हेडरमार्फत खेलको २१ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले सिदिखोभ जाबोखिरको क्रसमा गोल गरेका थिए । त्यस्तै खेलको ८०औँ मिनेटमा उज्वेकिस्तानका अर्का खेलाडी गानिएभ अजिजोनले थपपूरा पढ्नुहोस्


 ‘अन्तर्घात’ गर्ने एमाले बैतडीका १७ जना निष्काशित

uml-protest-vote-counting-budget

साउन ३, बैतडी । नेकपा (एमाले) बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही गरेको छ ।  सोमबार राति सम्पन्न एमाले जिल्ला कमिटी बैतडीको १९औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कुँवर, कृष्ण सावद, प्रदीप बोहरा सुबोध, दलबहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको जिल्ला सचिव, लीलाधर भट्टले जानकारी दिए ।  यस्तै, पूर्व अञ्चल सल्लाहकार सदस्य नरबहादुर विष्ट, पूर्व जिल्ला उपसचिव मोहन बराल, जिल्ला सल्लाहकार शंकरसिंह भाट, पार्टी स्कूल विभाग सदस्य लोकराज भट्ट, अखिल नेपाल महिला सङ्घकापूरा पढ्नुहोस्