Main Menu

वरिष्ठ तथा युवा कलाकारहरूका कलाकृति संयुक्त रुपमा प्रदर्शित

  • दिपमाला महर्जन

art-exhibition-development-organizedश्रावण १, काठमाडौँ । बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा ‘आर्टः क्रयसन एण्ड एक्जिभिसन फर डेभेलपमेन्ट’ (Art: creation and exhibition for development) नामक कला प्रदर्शनी सम्पन्न भएको छ।

गत असार २५ देखि २९ सम्म आयोजित यस प्रदर्शनीमा देशका बरिष्ठतम कलाकारहरुदेखि भर्खरै बि.एफ.ए. (Bachelor in fine art) सकेका युवा कलाकारहरुका कलाकृतिहरु प्रदर्शित गरिएका थिए।

कलाकारहरु उत्तम नेपाली, शशि विक्रम शाह, शशिकला तिवारी, रतन कुमार राई, रागीनी उपाध्याय, मदन चित्रकार, कृष्ण मानन्धर, किरण मानन्धर, हरि प्रसाद शर्मा, विपिन कुमार घिमिरे, र वत्स गोपाल वैद्य गरी ११ जना वरिष्ठ कलाकारहरुका सुन्दर र परिपक्व कलाकृतिहरुले दुईवटा प्रदर्शनी कोठाका भित्ताहरु सजिएका थिए भने एउटा कोठामा २० जना युवा कलाकारहरुका, तुलनात्मक रुपमा कम अनुभवी तर नविनतम सोच पस्केका कलाकृतिहरुले सजिएका थिए । यो परिपक्व र नविनताको संयोजनले प्रदर्शनीमा रोचकता थपेको अनुभव गर्न सकिन्छ ।

प्रदर्शनी देशकै पहिलो कला शिक्षालय ललितकला क्याम्पसको अगुवाई र राष्ट्रिय योजना आयोगको सचिवालयको प्रायोजनको आयोजना गरिएको हो । ललितकला क्याम्पसको अगुवाईमा आयोजित सायद यो पहिलो कला प्रदर्शनी भएको युवा कलाकार सुदन श्रेष्ठको भनाइ छ । यो कला प्रदर्शनी देशका वरिष्ठ कलाकारहरुले नेपाली कला क्षेत्रमा प्रदान गरेको अमुल्य योगदानको कदर तथा सम्मानस्वरुप आयोजना गरिएको हो ।

प्रदर्शनीमा कलाकारहरुले ‘विकास’ (development) लाई विषयको रुपमा लिएर आफ्ना कलाकृतिहरु तयार पारेका छन्।

बसुन राई

सुचिन श्रेष्ठ (दायाँ) र सुदन श्रेष्ठ

गत सोमबार आर्ट काउन्सिलमै भेटिएका सहभागी युवा कलाकाहरुमध्येका तीन बसुन राई, सुचिन श्रेष्ठ र सुदन श्रेष्ठका अनुसार प्रदर्शनीको भाव भनेको ‘विकास’मा कलाकारहरुले आफ्नो तर्फबाट, आफ्नो कलाकृतिहरुको माध्यमबाट योगदान पुर्याउनु रहेको छ । उनीहरुका अनुसार कलाकारहरुले आफ्नो कलाकृतिमार्फत् छायाँमा परेका मुद्दाहरुमा प्रकाश पुर्याउने ताकत राख्दछ।

प्रदर्शनी असार २९ गते समापन गरिएको थियो ।

तस्बिर – आकाश महर्जन/मूल्याङ्कन

(Visited 258 times, 1 visits today)

टिप्पणी

comments