Main Menu

Sunday, July 16th, 2017

 

राजपालाई दलको मान्यता प्रदान

  साउन १, काठमाडौँ । निर्वाचन आयोगले तराई–मधेसमा केन्द्रित राजनीति गर्दै आएका ६ वटा राजनीतिक दल एकीकरण भएर बनेको ‘राष्ट्रिय जनता पार्टी नेपाल’ लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा हिजो बसेको बैठकले राजपालाई पार्टीको मान्यता दिने निर्णय गरेको हो । आयुक्त नरेन्द्र दाहालले ६ वटा दल मिलेर एकीकृत पार्टी गठनका लागि आयोगमा निवेदन दिएकामा आयोगको बैठकले ‘राष्ट्रिय जनता पार्टी नेपाल’ लाई दलको मान्यता प्रदान गरेको जानकारी दिए । उनले राजपालाई निर्वाचन चिह्न भने प्रदान गर्ने निर्णय नभएको बताए । यसैगरी, आयोगको बैठकले ५ वटा राजनीतिक दललाई दर्ता गरेको छ । पत्रकारपूरा पढ्नुहोस्


७५ जलविद्युत् आयोजनालाई सम्मान गरिने

साउन १, काठमाडौँ । जलविद्युत् क्षेत्रमा निरन्तर क्रियाशील हुँदै आएका सरकारी तथा निजी क्षेत्रका प्रवर्द्धकलाई विद्युत् विकास विभागले सम्मान गर्ने भएको छ । विभाग स्थापनाको २४ वर्षको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका आयोजना र निजी क्षेत्रका गरी ७५ आयोजनालाई सम्मान गर्न लागिएको हो । विभागले आज विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाउँदैछ । मुलुकको जलविद्युत् उत्पादनको १०६ वर्षको इतिहासमा पहिलोपटक सरकारी तथा निजी क्षेत्रका आयोजनालाई सम्मान गर्न लागिएको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । ऊर्जा क्षेत्रको विकास र विस्तारमा अनवरत काम गरिरहेका व्यवसायीको हौसला बढाउन र उनीहरुलाई निरन्तर काम गर्ने प्रेरणा प्राप्त होस् भन्नेपूरा पढ्नुहोस्


‘अमेरिका–क्युवा सम्बन्धमा वाधा आउनसक्ने’

  साउन १, हवाना (क्युवा) । क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्युवालाई हेर्ने कडा अडानका कारण लामो समयपछि सन् २०१५ तिर सुधारिएको सम्बन्धमा समस्या आउनसक्ने बताएका छन् । “अमेरिकी वर्तमान् राष्ट्रपतिद्वारा घोषणा गरिएको क्युवालाई हेर्ने दृष्टिकोणका कारण दुई देशबीचको कुटनैतिक सम्बन्धमा बाधा आउनसक्छ,” शुक्रबार क्युवाको राष्ट्रिय टेलिभिजनबाट प्रसारित यस वर्षको संसदको पहिलो सत्रको समापन कार्यक्रममा क्यास्ट्रोले बताए । क्यास्ट्रोले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाद्वारा कम्युनिष्ट राष्ट्र क्युवासँग सहकार्यका लागि २ वर्ष पहिले हवानामा अमेरिकी राजदूतावास पुनः सञ्चालनमा ल्याउनु पहिले जनाएको प्रतिवद्धताबाट आंशिक रूपमा पछि हेटेको सङ्केत आएको भन्दै सम्बोधनमा ट्रम्पको आलोचना गरेका हुन् । पूर्व राष्ट्रपति ओवामालेपूरा पढ्नुहोस्


साथी हो ! उफ्रिऔँ है, दाइले फोटो खिच्दै हुनुहुन्छ !

फोटो खिचाउन उफ्रँदै काठमाडौँको चाल्नाखेलका मुस्लिम बालकहरू । नेपालमा कुल जनसंख्याको करिब ४.४ प्रतिशत मुस्लिमहरू छन् । तीमध्ये पनि करिब ३ प्रतिशत मात्र राजधानी काठमाडौँमा बसोबास गर्छन् । फोटो : निलेश शाक्य/मूल्याङ्कन