Main Menu

औलोको जोखिम न्यूनीकरण गर्न ७० हजार निःशुल्क झूल वितरण

 

असार २३, कञ्चनपुर । कञ्चनपुरमा औलोको उच्च जोखिमा रहेका ७० हजार बासिन्दालाई कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ ।

औलो बढी देखिएका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिका क्षेत्रका बासिन्दालाई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको हो ।

“गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितरण गरेका छौं ।” कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीले भने ।

कञ्चनपुरमा बर्षेनी औलोका बिरामीको सङ्ख्या ९०० को हाराहारीमा रहने गरेको छ ।

औलोसम्बन्धी कार्य सम्पादनमा कञ्चनपुर उत्कृष्ट

औलो रोग रोकथामका लागि कञ्चनपुर जिल्लाजनस्वास्थ्य कार्यालय पुरस्कृत भएको छ । औलोसम्बन्धी कार्य सम्पादनमा देशभरिमै कञ्चनपुर उत्कृष्ट ठहरिएपछि स्वास्थ्य विभाग र इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रशंसापत्रसहित पुरस्कृत गरेको औलो शाखाका प्रमुख जोशीले बताए ।

गत वर्षको कार्य सम्पादका आधारमा कार्यालयलाई प्रशंसापत्र प्रदान गरिएको उनले बताए ।

(Visited 241 times, 1 visits today)

टिप्पणी

comments