Main Menu

महिला स्वयंसेविकालाई सांसद कोषबाट साइकल वितरण

साउन ९, कञ्चनपुर । कञ्चनपुरपुरको बेलडाँडी गाउँपालिकाका ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आइतबार साइकल वितरण गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ का सांसद दिवान सिंह बिष्टले सांसद विकास कोषको रु. ३ लाख ५० हजार रकम खर्च गरी साइकल वितरण गरेका हुन् । बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गतका ३९ र रौतेली बिचवा स्वास्थ्य चौकीअन्तर्गतका १० गरी ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य जनक धामीले बताए ।

“गत आर्थिक वर्षको परिषद्मा वडा भेलामा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने माग आए पनि बेलडाँडी गाउँपालिकाको बजेटले नभ्याएपछि उक्त मागलाई सांसद विकास कोषमा पठाएबमोजिम साइकल वितरण गरिएको हो,” सांसद बिष्टले बताए ।

साइकल पाएपछि कार्य गर्न निकै हौसला थपिएको स्वयंसेविकाले बताएका छन् । 

(Visited 98 times, 1 visits today)

टिप्पणी

comments