Main Menu

मलेसियाविरुद्ध नेपाल पाँच विकेटले विजयी

 

nepal-wins-5-wicketसाउन ९, काठमाडौँ । आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको छ ।

सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्ष्य नेपालले २२.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि रोहितकुमार पौडेलले अविजित ३४ रन बनाए । उनले ३७ बलमा ६ चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले अविजित १९ रन, सन्दीप सुनारले १५ र अनिल साहले १२ रन बनाए ।

बलिङतर्फ मलेसियाका विरनदीप सिंहले ३ तथा हफिजुद्धिनले २ विकेट लिए ।

यसअघि ब्याटिङ गर्दै मलेसियाका लागि साएद अजिजले ४६ तथा विरनदीपले १० रन बनाए । मलेसियाका ४ ब्याट्सम्यान शून्यमा पेभेलियन फर्केका थिए ।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए । उनले ९.१ ओभर बलिङ गरी १ मेडन राखेर १३ रन मात्र खर्चे । साहब आलमले २ तथा रिजन ढकालले एक विकेट लिए । आलमले ९ ओभरमा २३ रन दिए । मलेसियाविरुद्ध आजको खेलमा डेब्यु गरेका ढकालले ५ ओभरमा १ मेडन राखि १५ रन दिए । नेपाल ५ खेलमा ४ जित र १ हारसँगै ८ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

(Visited 97 times, 1 visits today)

टिप्पणी

comments