Main Menu

रोटी गोलो नहुँदा श्रीमतीको हत्या

husband-kills-wife-uneven-rotiसाउन ९, दिल्ली । भारतको दिल्ली अवस्थित जहङ्गिपुरमा श्रीमतीले पकाएको रोटी गोलो नभएको भन्दै श्रीमानले उनको हत्या गरेका छन् ।

२२ वर्षीय सिमरन नाम गरेकी उक्त महिला ४ महिना गर्भवती थिइन् ।

घटना शनिबार नै घटेको भए पनि आइतबार बिहान मात्र प्रहरीले खबर पाएका थिए । सिमरनको भाइले बिहान ४ बजे आफ्नो दिदी कोठामा मुर्छा परेको खबर प्रहरीलाई दिएपछि घटना प्रकाशमा आएको हो । सिमरनको ४ वर्षीय छोरीलाई भने अर्को कोठामा बन्द गरिएको थियो ।

सिमरनलाई अस्पता लगिए पनि अस्पता पुग्दा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ । उनका श्रीमान भने फरार छन् ।

‘आमाले राम्रो पकाउनुहुन्छ, तर बाबालाई रोटीको आकार मन नपरेर रिसाउनुहुन्छ,’ ४ वर्षीय छोरीले भनिन् ।

शनिबार स्थानीय समयअनुसार बेलुका १०ः३० बजे दम्पत्तिको रोटीको आकारको विषयमा झगडा भएको थियो । झगडाको क्रममा श्रीमानले सिमरनलाई पेटमा लात्ताले हानेका थिए । छोरीले आमालाई बचाउन खोज्दा बाबुले उनलाई अर्को कोठामा लगेर कोठा बन्द गरेका थिए । केही समयपश्चात सिमरनलाई घाँटी थिचेर उनको श्रीमानले हत्या गरेको छोरीले बताइन् ।

५ वर्षअघि विवाह हुनुपूर्वा सिमरन दम्पत्तिको १ वर्षको सम्बन्ध थियो । श्रीमान्को व्यवसाय डुबेपछि एक फ्याक्ट्रीमा २ वर्षदेखि काम गर्दै आएका थिए ।

टाइम्स अफ ईन्डिया

(Visited 130 times, 1 visits today)

टिप्पणी

comments