Main Menu

Wednesday, July 12th, 2017

 

कृषि क्रान्तिका नेता आलेको स्मृतिमा भवन

  असार २८, तनहुँ । कृषि क्रान्तिका योद्धा एकदेव आलेको स्मृतिमा ब्यास नगरपालिका–३ नेकपा (एमाले)को पार्टी कार्यालय नजिकै स्मृति भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको सो जग्गा भोगचलन गर्न पाउने गरी जिल्ला परिषद्बाट पारित भएपछि करिब ७ आना क्षेत्रफलमा सो भवनको निर्माण कार्य अघि बढाइएको हो । उक्त भवन यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको सो प्रतिष्ठानले जनाएको छ । जिल्लाको मानुङस्थित अर्चलथोकमा विसं १९८० मा जन्मिएका एकदेव आले कृषि क्रान्तिका नेता रहेका थिए । उनकै स्मृतिमा सो भवन निर्माण गर्न लागिएको हो । एकदेव आलेको ४६ वर्षको उमेरमा विसं ०२६ मापूरा पढ्नुहोस्


राजविराज र रुपनीका एकदर्जन औषधि पसल कारबाहीमा

  असार २८, राजविराज । औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयले सप्तरीको राजविराज र रुपनीमा रहेका औषधि पसलमा मङ्गलबार अनुगमन गरेको छ । सो अनुगमनका क्रममा अधिकांश औषधि व्यवसायीले बिनादर्ता औषधि व्यवसाय सञ्चालन गरेको, जसको नाममा दर्ता भएको हो सो औषधि पसलवाला व्यक्ति अनुपस्थित रहेको पाइएकाले यहाँका एक दर्जन औषधि पसललाई बन्द गराइएको औषधि व्यवस्था विभागको कार्यालय विराटनगरले जनाएको छ । फार्मेसी अधिकृत विजय कार्कीले दिनुभएको जानकारीअनुसार राजविराजमा रहेका अत्यन्त नाम चलेका अतुल फार्मेसी, लक्ष्मी मेडिकल हल, सिटी फार्मेसी, कृष्णा फार्मेसी र सङ्गीता मेडिकोलगायत र रुपनीमा रहेका औषधि पसल गरी एक दर्जन औषधि पसलमा औषधि बिनादर्ता र दर्ता नै नभएको रपूरा पढ्नुहोस्


पुरानो बसपार्कको काठमाडौँ भ्यू टावरको बोलपत्र रद्द गर्दै महानगरपालिका

  असार २८, काठमाडौँ । सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दले सम्झौता भएको एकवर्ष पूरा भइसक्दा पनि लक्ष्य अनुसारको प्रगति नगरेको र के भइरहेको छ भनी प्रगति विवरणसमेत नदेखाएपछि ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । दुई महिनाअघि हालसम्म गरेको कामको प्रगति विवरणसहित कामनपाले विवरण बुझाउन आग्रह गरेपनि ठेकेदार कम्पनीले अहिलेसम्म विवरण पेश नगरेकाले ठेक्का रद्द गर्ने तयारी गरेको प्रवक्ता कार्कीले भने । “काम गर्छु भनेर सम्झौता भएको एक वर्षपूरा पढ्नुहोस्