Main Menu

स्वास्थ्यमन्त्री रोडम्याप बनाउँदै

स्वास्थ्य मन्त्रालय अन्तर्गतका बिभिन्न निकाय प्रमुखहरुबीच अन्त्रक्रिया गर्दै स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल । तस्वीर : कमल गिरी ।

साउन १३, काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले पदीय शपथ लिई पदभार ग्रहण गरेको तीन दिनमै मुलुकको समग्र स्वास्थ्य सेवाका लागि रोडम्यापको गृहकार्य थालनी गरेका छन् ।

हिजो विहीवार वीरअस्पतालको १२८ औं वार्षिक समारोहमा विशेष अतिथिको आसनबाट सम्वोधन गर्ने क्रममा ‘सात दिनभित्र स्वास्थ्य मन्त्रालयको रोडम्याप प्रस्तुत गर्ने’ वाचा गरेका मन्त्री पोखरेलले त्यसको लागि हिजो र आज गरी मन्त्रालय अन्तर्गतका बिभिन्न निकायहरुबीच अन्तर्क्रियाहरु संचालन गरेका छन् । उनले आजको सार्वजनिक बिदामा पनि क्रियाशील भई मन्त्रालयको रोडम्याप निर्माणका लागि स्वास्थ्य सेवा विभाग मातहतका सबै महाशाखाहरु, केन्द्रहरु र स्वास्थ्य मन्त्रालय अन्तर्गतका बिभिन्न केन्द्रीय निकायहरुबीच अन्तर्क्रिया गरे । अन्तर्क्रियामा सबै निकायका प्रमुखहरुले वर्तमानमा गर्दै आएका गतिविधिहरुको प्रतिवेदन पेश गर्नुका साथै आगामी वर्षका लागि वार्षिक योजना पनि प्रस्तुत गरे ।

मन्त्री पोखरेलले अन्तर्क्रियाको शृङ्खला हिजो विहीवारबाट नै सुरु गरेका थिए । उनले हिजो मन्त्रालयमा आफू मातहतका सचिव, सहसचिवहरु, शाखा तथा महाशाखाका प्रमुखहरुबीच रोडम्यापको विषयमा अन्तर्क्रिया गरे । त्यस क्रममा सहभागीहरुले आ–आफ्नो निकायको वर्तमानमा गर्दै आएका गतिविधिहरुबारे रिपोर्ट पेश गर्नुका साथै आगामी वर्षका लागि वार्षिक योजना पेश गरे ।

उक्त अन्तर्क्रिया कार्यक्रममा आयुर्वेद बिभागका महानिर्दैशक डा. बासुदेब उपाध्ययले आयुर्वेदको महत्व दर्साउँदै कार्यक्रम स्थलमै मन्त्री र अन्य माहाशाखाका निर्देशकलाई योगा गराए ।

 

(Visited 137 times, 1 visits today)

टिप्पणी

comments