Main Menu

Wednesday, July 26th, 2017

 

माओवादी केन्द्रका ६ मन्त्रीको टुङ्गो लाग्यो, को-को छन् मन्त्री ?

  साउन ११, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सरकारमा पठाउने ६ जना मन्त्रीको नाम टुंगो लगाएको छ । माओवादी केन्द्र सचिवालयको आज बसेको बैठकले गिरीराजमणि पोखरेल, शिवकुमार मण्डल, टेकबहादुर बस्नेत, आशा कोइराला, सन्तकुमार चौधरी र महेन्द्रबहादुर शाहीलाई सरकारमा पठाउने निर्णय गरेको केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिए । राज्यमन्त्रीका सन्दर्भमा बैठकले कुनै निर्णय नगरेको पनि उनले बताए । केन्द्रकातर्फबाट यसअघि जेठ २४ गते ३ जनामन्त्री नियुक्त भइसकेका छन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा गृहमन्त्री जनार्दन शर्मा र सहरी विकास मन्त्रीमा प्रभु साह नियुक्त भइसकेका हुन् ।


दुई अनमीको भरमा स्वास्थ्य चौकी, बिरामीलाई सास्ती

  साउन ११, सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा कठिनाइ भएको छ । भौगोलिकरूपले विकट यस जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा उपचारका लागि स्वास्थ्य चौकी आउने बिरामी अन्यत्र धाउनुपर्ने भएको हो । लिखुपिके गाउँपालिका–५ स्थित भकाञ्जे स्वास्थ्य चौकी दुईजना अनमीको भरमा चलिरहेको छ । पाँचजना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि तीन जनाको पद रिक्त रहेको र भएका दुईजना पनि कहिलेकाहीँ बिदामा बस्दा आफूहरुले समयमा नै उपचार सेवा पाउन नसकेको त्यस क्षेत्रका नागरिकको गुनासो छ । “स्वास्थ्य चौकीमा उपचार सेवा नपाएको महिनौँ भयो,” भकाञ्जेका श्यामबहादुर बस्नेत भन्छन्, “यहाँ न सिटामोल छ, न त स्वास्थ्यकर्मी नै । सम्बधितपूरा पढ्नुहोस्


कृषिमा मिशन पत्रकारिता

धनबहादुर मगर पूर्व उपाध्यक्ष, नेपाल पत्रकार महासंघ, काठमाडौं हाम्रो देश नेपाल कृषि प्रधान देश हो । यो निर्वाहमुखी कृषिबाट माथि उठ्न सकेको छैन । जबसम्म कृषिलाई व्यवसायीककरण गर्न सकिंदैन तबसम्म देशको कृषि निर्वाहमुखीबाट माथि उठ्न सक्दैन । यसको लागि सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने निकाय प्रभावकारी एवं बलियो हुनुपर्छ । फरक प्रसङ्ग पनि कोट्याउनै पर्ने अवस्था आएको छ । खोलो तर्यो लौरो बिर्स्यो भन्ने बुढाबुढीहरूले नजानेर उखान भनेका होइनन् । सामान्य उदाहरण, हिजो धनबहादुर–धनबहादुर भन्थे मान्छेहरु । आज धनबहादुर मगर कसले भन्लान् ? अब यो मगर हरायो भनेर रमाउनेहरू पनि होलान् । तर, अहिले धनबहादुर पहिलेभन्दा फरक मिशनमा लागेकोपूरा पढ्नुहोस्


भारोत्तोलनमा कमला र सञ्जुको राष्ट्रिय कीर्तिमान

  साउन ११, काठमाडौँ । कमला श्रेष्ठ र सञ्जु चौधरीले ललितपुरमा जारी एशियन युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिप २०१७ मा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कमलाले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ५८ केजी तौल समूहको जुनियर विधाअन्तर्गत स्न्याचमा ६७ केजी, क्लिन एन्ड जर्कमा ८५ केजी गरी कुलमा १५२ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन् । उनले सातौँ राष्ट्रिय खेलकुदमा स्न्याचमा ६६ केजी र क्लिनमा ७९ केजी गरी कुल १४५ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् । श्रेष्ठले यसअघि भारतको गुहाटी र सिलोङमा सम्पन्न १२औँ दक्षिण एशियाली खेलकुदमा प्रतिस्पर्धा गरेकी थिइन् ।पूरा पढ्नुहोस्


काभ्रेका स्कुले बालबालिका

काठमाडौँबाट केही घण्टामात्र टाढा पर्ने काभ्रे जिल्लाका स्कुले केटाकेटीहरु : नेपाल सरकारले कक्षा ८ सम्म नि:शुल्क तथा अनिवार्य र कक्षा १२ सम्म नि:शुल्क शिक्षा घोषणा गरे बावजुद युनिसेफ (UNICEF) को २०१६ को रिपोर्ट अनुसार ५ देखि ९ वर्ष उमेरसम्मका कुल बालबालिकाहरुमा २३.२ प्रतिशत र १० देखि १२ वर्ष उमेरसम्मका कुल बालबालिकाहरुमा ५ प्रतिशत बालबालिकाहरु विद्यालय जाँदैनन् । रिपोर्टका अनुसार प्राथमिक विद्यालयमा भर्ना भएकामध्ये ८६.८ प्रतिशत बालबालिकाहरु कक्षा ५ सम्म पुग्छन् भने त्यसको पनि ७४.६ प्रतिशत मात्रै कक्षा ८ सम्म पुग्छन् । विद्यालय शिक्षा सरकारले नि:शुल्क घोषणा गरिसकेको अवस्थामा पनि बीचैमा ड्रपआउट गर्नेको संख्या ठूलो छ । यसमा जिम्मेवार को ? सम्पूर्णपूरा पढ्नुहोस्