Main Menu

काभ्रेका स्कुले बालबालिका

kavre-school-kids

काठमाडौँबाट केही घण्टामात्र टाढा पर्ने काभ्रे जिल्लाका स्कुले केटाकेटीहरु : नेपाल सरकारले कक्षा ८ सम्म नि:शुल्क तथा अनिवार्य र कक्षा १२ सम्म नि:शुल्क शिक्षा घोषणा गरे बावजुद युनिसेफ (UNICEF) को २०१६ को रिपोर्ट अनुसार ५ देखि ९ वर्ष उमेरसम्मका कुल बालबालिकाहरुमा २३.२ प्रतिशत र १० देखि १२ वर्ष उमेरसम्मका कुल बालबालिकाहरुमा ५ प्रतिशत बालबालिकाहरु विद्यालय जाँदैनन् । रिपोर्टका अनुसार प्राथमिक विद्यालयमा भर्ना भएकामध्ये ८६.८ प्रतिशत बालबालिकाहरु कक्षा ५ सम्म पुग्छन् भने त्यसको पनि ७४.६ प्रतिशत मात्रै कक्षा ८ सम्म पुग्छन् । विद्यालय शिक्षा सरकारले नि:शुल्क घोषणा गरिसकेको अवस्थामा पनि बीचैमा ड्रपआउट गर्नेको संख्या ठूलो छ । यसमा जिम्मेवार को ? सम्पूर्ण बालबालिकालाई १२ कक्षासम्मको शिक्षा अनिवार्य रुपमा लागु गर्न सबैभन्दा जिम्मेवार पक्ष को हो ? सामाजिक स्तरमा जनता आफैले गर्न सकिने कुरो के छ त ?

तस्बिर – निलेश शाक्य

(Visited 219 times, 1 visits today)

टिप्पणी

comments