Main Menu

गोकर्णमा सार्क कला शिविर र चित्र प्रदर्शनी

साउन ११,  काठमाडौँ । सार्क संस्कृति केन्द्र र नेपाल सरकारको आयोजनामा यही साउन १३ गतेदेखि गोकर्ण रिसोर्टमा सार्क कलाकार शिविर तथा चित्रहरुको प्रदर्शनी–२०७४ हुने भएको छ ।

‘पवित्र स्थल र प्रकृतिको सौन्दर्य’ विषयमा हुने सो चारदिने कार्यक्रममा अफगानिस्तानबाहेक सार्क राष्ट्रका करिब ४० कलाकार तथा केही अधिकारीहरु सहभागी रहनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सार्क सचिवालयका निर्देशक एमएचएमएन बन्दरा र वसन्त कोटुवेला तथा कार्यक्रमका उपनिर्देशक किसानी जयसिंघे–विजयशेखरले कलाकार शिविर र कला प्रदर्शनीले सार्क राष्ट्र र जनतालाई जोड्ने विश्वास व्यक्त गरे । केन्द्रले सार्कस्तरीय चलचित्र र कला प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, संगीत, लोकनृत्य, सम्पदाहरु तथा बौद्ध दर्शनको प्रवद्र्धन जस्ता क्रियाकलाप गर्दै आएको छ ।

संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुवेदी र उपसचिव रामप्रसाद सापकोटा तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्याय र प्राज्ञ परिषद् सदस्य एवं नेपाली टोलीका प्रमुख एससी सुमनले यस वर्ष नेपालको इज्जतका रुपमा आयोजना हुने सो कार्यक्रमले नेपाली कला र कलाकारलाई अझ उजागर गर्ने बताए ।

कार्यक्रममा नेपालबाट समसामयिक, आधुनिक, परम्परागत र लोककला क्षेत्रका सुमन, अनिता भट्टराई, एरिना ताम्राकार, जस्मिन भण्डारी, ज्योतिप्रकाश विक, लोक चित्रकार, नम्रता सिंह, शुभ जोशी, सुनीता राणा र उदयचरण श्रेष्ठको सहभागिता रहनेछ ।

यसअघि सो प्रदर्शनी श्रीलंका (सन् २०११ र १२), माल्दिभ्स (२०१३), बंगलादेश (२०१४), अफगानिस्तान (२०१५) र भुटान (२०१६)मा भइसकेको छ ।

(Visited 212 times, 1 visits today)

टिप्पणी

comments