Main Menu

Thursday, July 13th, 2017

 

टेलिकमद्वारा विद्यालयलाई कम्प्युटरलगायतका प्राविधिक सामग्री प्रदान

  असार २९, नुवाकोट । नेपाल टेलिकमले विदुर नगरपालिका–१३, हर्कपुरको कन्यादेवी निम्न माध्यमिक विद्यालयलाई कम्प्युटरलगायत विद्युतीय सामग्री प्रदान गरेको छ । टेलिकमले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत केन्द्रीय कार्यालयमार्फत कन्यादेवी निमाविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिकरुपमा दक्ष र आधुनिक युगअनुसार प्रतिस्पर्धी बनाउन कम्प्युटरसहित इन्टरनेट सेवा उपलब्ध गराएको जनाएको छ । विद्यालयलाई मंगलबार पाँच थान कम्युटर, इन्टरनेट चलाउने वाइम्याक्स डिभाइस, प्रिन्टर, स्क्यानिङ एक-एक थान, वेब क्यामरा पाँच र कम्प्युटर राख्ने फर्निचर प्रदान गरेको नेपाल टेलिकमका वरिष्ठ व्यापार अधिकृत रवीन्द्र शाहले बुधबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिए । “विद्यालयमा उपलब्ध गराएको वाइम्याक्स इन्टरनेट सेवाबाट दुई वर्षसम्म निःशुल्क इन्टरनेट चल्ने व्यवस्था मिलाएको छौँ”, वरिष्ठ व्यापार अधिकृत शाहलेपूरा पढ्नुहोस्