Main Menu

प्रदेश नम्बर २ मा मधेशी दलसँग गठबन्धन हुन सक्ने : प्रचण्ड

madesh-maoist-coalation-possibleसाउन १६,  धनुषा । नेकपा (माओादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले मधेश केन्द्रित दलसँग गठबन्धन गरेर चुनाव लड्ने बताएका छन् ।

आज जनकपुरमा आयोजित पार्टी कार्यकर्ताको आन्तरिक प्रशिक्षण कार्यक्रममा उनले दोस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा कांग्रेससँग गरेको गठबन्धन भने तेस्रो चरणमा कांग्रेससँग मात्रै सीमित नहुने स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राजपालाई समेत सहभागी गराउनुपर्नेमा जोड दिँदै “राजपालाई सहभागी गराएर चुनाव गराउन सके राम्रो हुन्छ, त्यसैले राजपासहितको चुनाव गराउनमा हाम्रो शक्ति केन्द्रित छ,” भने ।

“प्रदेश नं. २ मा अझै पनि स्थानीय तहको संख्या बढ्न सक्ने सम्भावना छ,” उनले भने, “साउन १७ गते अदालतले सरकारको निर्णय कार्यान्वयन गर्न फुकुवा गरिदियो भने स्थानीय तहको संख्या प्रदेश नम्बर २ मा बढ्न सक्छ ।” अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले स्थानीय तहको संख्या बढ्यो भने राजपाको माग पनि सम्बोधन हुने धारणा व्यक्त गरे ।

प्रदेश र केन्द्रको चुनाव एकै चरणमा गर्न राजनीतिक दलहरू सकारात्मक रहेको बताउँदै उनले “राजनितिक दल एकै चरणमा प्रदेश र केन्द्रको चुनाव गर्ने विषयमा तयार छन्,” भने ।

अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गराउन प्राविधिक कठिनाई हुने देखाइरहेको बताउँदै एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गर्न अझै पनि हामी कसरत गरिरहेको बताए ।

(Visited 87 times, 1 visits today)

टिप्पणी

comments