Main Menu

राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि

 

साउन १६, काठमाडौँ । नवौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता भोलिदेखि यहाँ शुरु हुने भएको छ ।

अखिल नेपाल टेबलटेनिस सङ्घको सहयोगमा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा शुरु हुने सो प्रतियोगितामा विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए ।

प्रतियोगितामा खुलामा २, कलेजमा ४, स्कूलमा ८, खेलकुद पत्रकारमा २, दृष्टिविहीनमा २, शारीरिक अपाङ्गमा ४ तथा भेट्रानमा पनि समान ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

खुलातर्फ पुरुष/महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । त्यसमा पहिलो हुनेले रु. १५ हजार, दोस्रो हुनेले रु. १० हजार तथा तेस्रोले रु. ५ हजार पुरस्कार पाउनेछन् । बाँकी स्पर्धामा नगद पुरस्कार नराखिएको आयोजकले जनाएको छ ।

२६० खेलाडी प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता साउन २१ गतेसम्म सञ्चालन हुनेछ ।

(Visited 159 times, 1 visits today)

टिप्पणी

comments