Main Menu

Monday, July 31st, 2017

 

निर्माण भएको दुई महिनामै भत्कियो पुल

  साउन १६, इलाम । इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो । वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन्, तर कुनैमा पुल छैन । स्थानीयबासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चाँजुमा बल्लतल्ल बनेको पुल पनि निर्माण भएको तीन महिना नपुग्दै भाँचिएपछि उनीहरू आक्रोशित बनेका हुन् । “योभन्दा हद हुने ठाउँ छैन,” स्थानीय बासिन्दा चेतन आंथुपो भन्छन्, “एक त खोलाको बीचमा पुल बन्यो । त्यो पनिपूरा पढ्नुहोस्


महानगरको घरघरमा स्वास्थ्य सेवा चल्न सकेन, चिकित्सक फर्किएपछि सेवा स्थगित

  साउन १६, काठमाडौँ । स्वास्थ्य मन्त्रालयबाट खटाइएका चिकित्सकको काज फिर्ता भएपछि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमा दिँदै आएको स्वास्थ्य सेवा स्थगित भएको छ । महानगरभित्रका कुल ५९६ जना ज्येष्ठ नागरिकमध्ये हालसम्म ३५० जना ज्येष्ठ नागरिकलाई मात्र स्वास्थ्य सेवा दिइएको थियो । गत असार ६ गतेको महानगरको दोस्रो कार्यपालिका बैठकले स्वास्थ्य सेवा दिनेसम्बन्धी निर्णय गरी गत असार १५ गते उक्त अभियान शुरु गरिएको थियो । अभियान शुरु गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नियमितरुपमा महानगरका ज्येष्ठ नागरिकले उपचार पाउने घोषणा गरेका थिए । मन्त्रालयबाट चिकित्सक, स्टाफ नर्स, अनमी र अहेव गरी करिब सय जनाको टोली आए पनि गत असार मसान्तबाट उनीहरुकोपूरा पढ्नुहोस्


बाजुरामा १६ गाविस पहिरोको उच्च जोखिमा

  साउन १६, बाजुरा । जिल्लाका १६ गाविसका बासिन्दा अहिले पहिरो आउने चिन्तासँगै वर्षा बिताउन बाध्य भएका छन् । लामो समयको खडेरीपछि पानी पर्न थालेपछि पहिरोको जोखिम बढ्दै गएको हो । जिल्लाका ९ स्थानीय तहमध्ये साविकका १६ गाविस पहिरोको उच्च जोखिममा रहेको जिल्ला दैवीप्रकोप उद्वार समितिले जनाएको छ । ती गाविसका करिब ४४ वटा गाउँ बढी जोखिममा छन् । आँटिचौर गाविसमा रहेको गुम्लागाउँमा दुबैतिरबाट पहिरो जान थालेपनि उनीहरुलाई अन्यत्र स्थानान्तरण गर्ने व्यवस्था नभएकाले विगत ७ वर्षदेखि पहिरोको छेउमै बस्दै आएका छन् । पानी परेका बेला रातभर जागराम बस्नुपर्ने बाध्यता रहेको स्थानयवासी मन्धिर रावत बताउँछन् । बाधु, साप्टा, कैलाशमाण्डौँ ब्रह्मतोला, आँटिचौर,पूरा पढ्नुहोस्


विदेशबाट आएको कल उठाउँदा अब टेलिकमले पनि बोनस दिने

  साउन १६, काठमाडौँ ।  अब विदेशबाट आएको कल उठाउँदा नेपाल टेलिकमको मोबाइन नेटवर्कमा बोनस प्राप्त गर्न सकिने भएको छ । आजबाट लागू हुने गरी नेपाल टेलिकमले आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट पनि दिएको छ । टेलिकमले जिएसएम/सिडिएमए तथा एडिएसएल/एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको छ । विदेशबाट आएको कल उठाउँदा जिएसएम/सिडिएमए प्रिपेड र पोस्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्योभन्दा बढी कल रिसिभ गर्दा टेलिकमको नेटवर्कभित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने टेलिकमले जनाएको छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्पूरा पढ्नुहोस्


सडकका खाल्डाखुल्डी पुरिँदै

साउन १६, काठमाडौँ । काठमाडौँ उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीको पानी वितरणका लागि खनिएका तथा सडक निर्माणका क्रममा खनिएका खाल्डाखुल्डीका कारण उपत्यकाका सडक अस्तव्यस्त बनेका छन् । सडकमा बनेको खाल्डाखुल्डीका कारण गत असार ३० गते एक विद्यालयकी छात्राको निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र खाल्डाखुल्डी पुर्न सरोकार भएका कार्यालयलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि काम तीव्ररुपमा अघि बढाइएकामा ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । शनिबार परेको नियमित पानीको कारण धेरै ठाउँमा काम गर्न कठिन भएको सडक विभागले जनाएको छ । कालोपुल, गल्फुटार, चपलीलगायत क्षेत्रमा काम भइरहेकोपूरा पढ्नुहोस्


‘राजनीतिबिना आर्थिक क्रान्ति असम्भव’

साउन १६, तनहुँ । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले राजनीतिबिनाको आर्थिक क्रान्ति असम्भव रहेकाले कृषि एवम् पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने धारणा राखेका छन् । बन्दीपुर गाउँपालिकाको प्रथम गाउँसभा एवं आव २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको आइतबार उद्घाटन गर्दै उनले बन्दीपुरलाई स्वदेश तथा विदेशमा पहिचान गराउनका लागि यहाँका भाषा, कला र संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा माओवादी केन्द्र तनहुँका इन्जार्च हरिबहादुर चुमान, नेकपा (एमाले)का जिल्ला उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेका महासमिति सदस्य रामचन्द्र अधिकारी, प्रमुख जिल्ला अधिकारी रितेश शाक्य, राप्रपा प्रतिनिधि गोवर्द्धन भट्टराई, बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङलगायतले बन्दीपुर क्षेत्रको विकासमा जोड दिएपूरा पढ्नुहोस्


सडमै ‘मेरो जग्गा छ’ भनी डण्डीले घेरा हाल्दा बसपार्कै बन्द

साउन १६, डोटी । एक स्थानीयवासीले सडकमै फलामको डण्डीले घेरा हालेपछि भएको जग्गाको विवादका कारण दीपायल बसपार्क एक साता यता बन्द छ । विवाद समाधानका लागि सरोकारवालाको प्रयास फितलो हुँदा बसपार्कको अवरोध खुलेको छैन । अवरोध जारी रहेपछि बसपार्क एक सातादेखि प्रयोगविहीन अवस्थामा छ । बसपार्क जोड्ने सडकमा आफ्नो सात आना जग्गा रहेको दाबी गर्दै स्थानीयवासी टेकबहादुर शाहले अघिल्लो आइतबार सडकमै फलामको डण्डीको घेरा हालेका हुन् । एक छेउमा उनको जमिन देखिएपछि सडक साँघुरो देखिएको छ । त्यसले गर्दा बसहरु छिर्न नसक्ने अवस्था आएपछि बसपार्क अवरुद्ध छ । “एक साता बित्दा पनि बसपार्क सञ्चालन हुन नसक्नु दुःखद छ,” होटल व्यवसायीपूरा पढ्नुहोस्


स्थनीयद्वारा प्रसारण लाइनको निर्माणमा अवरोध

साउन १६, बाबियाचौर (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीका बासिन्दाले विद्युत् प्रसारण लाइनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत २२० केभी क्षमताको खुर्कोट–दाना प्रसारण लाइनअन्तर्गत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रममा स्थानीयले अवरोध गरेका हुन् । आयोजनाले स्थानीय बासिन्दालाई कुनै जानकारी नदिई सर्वेक्षण गरेको ठाउँभन्दा फरक ठाउँमा टावर राख्न खोजेकाले तत्काललाई काम गर्न रोकिएको स्थानीयवासी लोक खत्रीले बताए । निर्माण कम्पनी र आयोजनाले पूर्वजानकारी नदिई डोजर ल्याएर एक्कासि टावरको जग खनेको स्थानीयवासीको गुनासो छ । उनीहरुले बस्तीलाई असर नपर्ने ठाउँमा टावर राख्न र प्रसारण लाइन लैजाने आयोजनालाई अनुरोध गरेका छन् । अहिले बनाउन लागिएको ठाउँमापूरा पढ्नुहोस्


महाकाली अञ्चल अस्पतालमा १ करोड बढी लागतमा अत्याधुनिक उपकरण

साउन १६, कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालले सेवा गुणस्तरीय बनाउनका लागि अत्याधुनिक उपकरण खरिद गरी जडान कार्य शुरु गरेको छ । अस्पताललाई आधुनिकीकरण गरी सेवालाई छिटोछरितो र विश्वसनीय बनाउका लागि रु. १ करोड १० लाखको लागतमा उपकरण खरिद गरी जडानको कार्य शुरु गरिएको हो । डिजिटल एक्सरे, सी आर्म, फुटलर काउन्टर मेसिन, डेन्टल सेट अफ चेयर लगायतका दुई दर्जन उपकरण जडानको कार्य भइरहेको अस्पताल विकास समितिका अध्यक्ष भोजराज बोहराले बताए । “केही मेसिन जडानको कार्य पूरा भएको छ”, उनले भने, “केही मेसिन जडान गर्दैछौँ ।” अस्पताललाई आवश्यक उपकरणको अभावमा सेवा सञ्चालनमा कठिनाइ रहेको उल्लेख गर्दै अध्यक्षपूरा पढ्नुहोस्


भारतीय सिमेन्टको पैठारी रोकियो

साउन १६, धनगढी । प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालु साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी रोकिएको छ । सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेन्टको आयात साउन १ गतेबाट रोकिएको कैलाली भन्सार कार्यालयले जनाएको छ । नेपाल गुणस्तर कार्यालयले सिमेन्टको गुणस्तरीयताको परीक्षणपश्चात् दिने प्रतिवेदनका आधारमा मात्रै भारतीय सिमेन्टको आयात सञ्चालन हुन सक्ने भन्सार अधिकृत नारायणदत्त जोशीले बताए । यसअघिसम्म आइएसओको प्रमाणपत्र र ‘ल्याब टेस्ट‘का आधारमा भारतीय सिमेन्ट पैठारी हुने गरेकामा चालु आवदेखि सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ल्याब टेस्टको प्रतिवेदन अनिवार्य व्यवस्थापूरा पढ्नुहोस्