Main Menu

अन्तर्राष्ट्रिय ट्राइयाथलनको उपाधि आर्मीको टोलीलाई

 

असार १९, मलेखु (धादिङ) । धादिङको बैरनीबाट जोगिमारासम्म नेपाली सेनाले विभिन्न साहसिक खेलमध्ये अन्तर्राष्ट्रियस्तरको ट्राइयाथलन दौड शनिबार सम्पन्न गरेको छ ।

गल्छी गाउँपालिकाको बैरनीबाट सुरु गरेको ट्राइयाथलन ६.१ किलोमिटरको दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर जोगीमारासम्म जलयात्रा पुगेर सम्पन्न भएको हो । यो नपाली सेनाले आयोजना गर्ने साहसिक खेलमध्ये पर्छ ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, अमेरिका, बङ्गलादेश सेना, बृटिस गोरखा, सशस्त्र प्रहरी, हिमालयन गर्ल्स र काठमाडौँका विभिन्न स्पोर्ट क्लबका ४८ जना खेलाडीले भाग लिएका थिए ।

प्रतियोगिता त्रिभुवन आर्मी क्लबका दैलेख निवासी हुँद्धा मानबहादुर थापाको समूहले बाजी मारेको थियो । आर्मीको थापा समूहले ४३.१ किलोमिटर दुई घन्टा १८ मिनेट १ सेकेण्डमा तीनवटा म्याराथन पूरा गरेको थियो ।

काठमाडौँ बाइक स्टेसनको हिमाल टमाटाको समूहले उक्त दूरी २ घन्टा २७ मिनेट ४७ सेकेन्डमा पार गरी दोस्रो स्थान हासिल गरेको थियो भने त्रिभुवन आर्मी क्लबकै राजेन्द्र चेम्जोङकामे समूहले २ घन्टा २८ मिनेट २५ सेकेन्डमा उक्त दूरी पार गरी तेस्रो स्थान हासिल गरेको थियो ।

खेलको नियमअनुसार एउटै समूहले लगातार रुपमा म्याराथन, साइक्लिङ र जलयात्रा गरी उनीहरुले प्रतियोगिता जितेका हुन् । त्रिशुली किनारमा वर्षात्को भेलमा मात्रै गरिने यो साहसिक खेल विगतका तीन वर्षमा राष्ट्रिय स्तरका खेलाडीलाई मात्रै समावेश गरिएकोमा सहभागी हुनलाई यस वर्ष अन्तर्राष्ट्रिय रुपमै आह्वान गरेपछि ८ वटा नेपाली टिम र ४ वटा विदेशी टिम सहभागी भएको सेनाले जानकारी दिएको छ ।

प्रतियोगितामा विजयी समूहलाई रु. १ लाख ५० हजार नगद पुरस्कार र सिल्ड तथा प्रमाण, द्वितीय स्थान हासिल गर्ने समूहलाई रु. १ लाख र प्रमाणपत्र र तेस्रो स्थान हासिल गर्ने समूहलाई रु. ७५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

(Visited 96 times, 1 visits today)

टिप्पणी

comments