Main Menu

चिनियाँ र अमेरिकी राष्ट्रपति फोनवार्ता, कोरियाली प्रायद्वीपको तनाव र जि२० बैठकबारे पनि कुराकानी

 

chinese-american-president-callअसार १९, बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान चिनियाँ राष्ट्रपति सि चिनफिङसँग फोनवार्ता गरेको समाचार छ ।

उनीहरुबीच सोमबार बिहान फोनवार्ता हुने बारेमा यसअघि नै सार्वजनिक गरिएको थियो । उनीहरुबीच सोमबार बिहान फोनवार्ता भएको समाचार चिनियाँ सञ्चारमाध्यमले दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सो फोनमा गत अप्रिलमा फ्लोरिडामा भएको द्विपक्षीय भेटवार्तापछि अमेरिका र चीन सम्बधमा राम्रो प्रगति भएको जनाएको पनि ती सञ्चारले जानकारी दिएका छन् ।

गत अप्रिल महिनामा चिनियाँ राष्ट्रपति चिनफिङ अमेरिकाको भ्रमणमा गएका थिए । त्यस क्रममा उनीहरुबीच भेटवार्ता भएको थियो । यी दुई देशबीचका कैयौँ असमझदारीहरु हटाउन यस भेटवार्तामा सहयोग पुगेको बताइएको थियो ।

तर चिनियाँ राष्ट्रपति चिनफिङले भने यी दुई देशको सम्बन्धमा केही नकारात्मक कुराहरुले प्रभाव पारिरहेको धारणा राखेको उनलाई उद्धृतगर्दै सिसीटिभीले जनाएको छ ।

उनले चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले भने ताइवानका लागि अमेरिकाले करिब १ अर्ब ३ करोड अमेरिकी डलर बराबरको हतियार बिक्री गर्नेसम्बन्धी प्रस्तावमा स्वीकृति दिएको थियो । त्यस विषयलाई पनि चिनियाँ राष्ट्रपतिले उनीसँगको फोनमा उठाएका थिए 

समाचारमा जनाइएअनुसार ताइवानलाई हतियार बेच्ने प्रस्तावसँगै चीनको एक चीन नीतिको सिद्धान्तको सम्मान अमेरिकी राष्ट्रपतिले गर्नेछन् भन्ने विश्वास आफूलाई लागेको बताएका थिए ।

साथै सो फोनवार्तामा आसन्न जि२० बैठकका बारेमा पनि कुराकानी भएको थियो । उक्त बैठकमा यी दुई देशका साझा मुद्धामा सो फोनवार्तामा कुराकानी भएको थियो । तर ती एजेण्डा के हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

सो फोनवार्ताका क्रममा उनले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणका साथै सो परीक्षणका कारण कोरियाली प्रायद्वीपमा जारी प्रायः सधैँको तनावपूर्ण अवस्थाका बारेमा पनि कुराकानी गरेका थिए

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो विषयमा जानकारी दिएको छ । उनले चीनसँग उत्तर कोरियाका विषयमा पनि फोनमा कुराकानी गरेको समाचारमा जनाइएको छ ।

चीनका कारण कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि सहयोग पुग्न सक्ने अनुमान गरिएको अमेरिकी भनाई रही आएको छ । त्यसैले कोरियाली प्रायद्वीपका बारेमा पनि फोनमा कुराकानी भएको ह्वाइट हाउसले जानकारी दिएको छ ।

उता दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनको हालै सम्पन्न अमेरिका भ्रमणका क्रममा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गरेको बताएका थिए ।

कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवम् वार्ता गरेको कोरियाली प्रायद्वीपमा शान्तिका लागि सहयोग पुर्याएको उनको धारणा थियो ।

उत्तर कोरियाले पछिल्लो केही समययता आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरिया र अमेरिकाको विरोधका अभिव्यक्तिहरु पनि उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको विश्व समुदायको प्रतिक्रिया छ ।

उत्तर कोरियाले अमेरिकाका विरुद्धमा पनि जुलुस प्रदर्शन गरी अमेरिकाको कडा आलोचना गरेको थियो । हालैको यस घटनाका बारेमा भने अमेरिकाको सार्वजनिक प्रतिक्रिया आएको छैन ।

गत हप्ता भएको यस विरोधपछि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबारे झन् चासो लिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उनले आफू राष्ट्रपति भएदेखि नै अमेरिकाको कोरियाली नीतिमा चासो बढाएका हुन् ।

(Visited 121 times, 1 visits today)

टिप्पणी

comments