Main Menu

प्रहरीको आकस्किम फोन नम्बर १०० मा २३ प्रतिशत ब्लफकल

emergency-police-number-bluff-callसाउन १५, रत्ननगर (चितवन) । अत्यावश्यक कामका लागि या कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा एक चौथाइ ब्लफकल आउने गरेको पाइएको छ ।

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दैनिक करिब ५०० वटा फोन प्रहरीको १०० नम्बरमा आउँछ । गत एक वर्षमा गरिएको अध्ययनमा आएको फोनमध्ये २३ प्रतिशत ब्लफकल हुने गरेको पाइएको हो । ५ सेटमार्फत फोन उठाउने गरिएको प्रहरी नियन्त्रण कक्षमा रहेको उक्त हटलाइनमा अनावश्यक फोनले कहिलेकाहीँ प्रहरी हैरान हुने गरेका छन् ।

उक्त फोनमा सामान्य सोधपुछका ३७ प्रतिशत र सवारी दुर्घटनासम्बन्धी १८ प्रतिशत फोन आएको पाइएको छ । एक वर्षमा गरिएको अनुगमनमा घरायसी झगडासम्बन्धी ५ प्रतिशत, सामान छुटेका बारे १ प्रतिशत, सामाजिक अशान्तिका १३ प्रतिशत र मानिस हराएका बारे ३ प्रतिशत फोन आएको पाइएको थापाले जानकारी दिए ।

तर, ब्लफ कलले भने हैरान बनाउने गरेको प्रहरी नियन्त्रण कक्षका एक जना प्रहरीले बताए । उनका अनुसार महिलाहरुले ‘खाना खानुभयो ?’, ‘मलाई चिन्नु भएन ?’ जस्ता कुरा गर्ने, कहिलेकाहीँ किशोरकिशोरी र बच्चा जम्मा भएर ‘हेल्लो प्रहरी कन्ट्रोल’ भनेर जिस्क्याउने, कुकुर भुकेको आवाज सुनाउने र रोएको आवाज सुनाइदिने गरेका छन् ।

कतिपयलाई फोन गरेरै अभिभावकलाई सम्झाउने गरिएको उनको भनाइ छ ।

चितवन प्रहरीले सामुदायिक सेवामार्फत नागरिक सहायता कक्षबाट गत एक वर्षमा २८ हजार ३९५ जनालाई सेवा पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

(Visited 243 times, 1 visits today)

टिप्पणी

comments