Main Menu

Sunday, July 30th, 2017

 

‘संविधान निर्माण ऐतिहासिक उपलब्धि’

साउन १५, विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि रहेको र अब यसलाई पूर्णता दिनका लागि सबैलाई एकजुट हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनलाई प्रारम्भका रुपमा लिनुपर्ने धारणा राखे । असन्तुष्टिलाई सम्बोधन गर्ने कार्यमा काँग्रेस लागेको प्रसंग उल्लेख गर्दै उनले पहाडलाई पन्छाएर मधेश र मधेशलाई पन्छाएर पहाड होइन कि सबैको धर्म, संस्कृति र अधिकारलाई सम्मान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए । डा. गोविन्द केसीको मागको सन्दर्भमा उहाँले राज्यले व्यक्तिसँग जे-जस्तो सम्झौता गरेपनि त्यस सम्झौतालाई पूरा नगर्नु दुर्भाग्यपूर्ण भएकोपूरा पढ्नुहोस्


प्रभावकारी बन्दै बहुभाषामा शिक्षण, विद्यार्थी खुसी

साउन १५, रुकुम । रुकुमका पूर्वी क्षेत्रमा रहेका विद्यालयमा बहुभाषामा पढाइ शुरु हुनथालेपछि विद्यार्थीको आकर्षण बढेको छ । नेपाली भाषामा मात्र पढाइ हुने विद्यालयमा स्थानीय मगर खाम भाषामा पनि किताब तयार भएर पढाइ शुरु भएपछि विद्यार्थीको आकर्षण बढेको शिक्षकको भनाइ छ । तीन वर्षदेखि भुमे गाउँपालिकाको काँक्रीमा रहेका ८ वटा विद्यालयमा बहुभाषामा पढाउन ८ जना शिक्षक तोकिएको छ भने करिब ६ सय छात्रछात्राले सो भाषामा अध्ययन गरिरहेका छन् । २१ वर्ष अघिदेखि त्यस क्षेत्रका विद्यालयमा बहुभाषामा शिक्षण शुरु गर्ने जिल्ला शिक्षा पठ्यक्रम विकास समितिको पहल भए पनि त्यो सम्भव भएको थिएन । तर विगत तीन वर्ष पहिले जिल्लामा रहेको गैरसरकारीपूरा पढ्नुहोस्


लक्ष्यभन्दा तीनगुणा बढी राजश्व संकलन

house-map-signature-online

साउन १५, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको भवन इजाजत महाशाखाले यस वर्ष लक्ष्यभन्दा तीनगुणा बढी रु. ३३ करोड राजश्व संकलन गरेको छ । कामपाको भवन इजाजत महाशाखाले आर्थिक वर्ष २०७३/७४ का लागि रु. १० करोड राजश्व उठाउने लक्ष्य लिएकामा लक्ष्यभन्दा तीनगुणा बढी रु. ३३ करोड संकलन भएको महाशाखाका प्रमुख राम थापाले जानकारी दिए । अघिल्लो आवमा पनि रु. १० करोडमात्र राजश्व संकलन भएकोे यस महाशाखामा गत वर्ष भवन निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेकाले राजश्व बढेको उनको भनाइ छ । पछिल्लो समय कामपामा नक्सा पास गर्नेभन्दा निर्माण सम्पन्न प्रमाणपत्र लिने बढेका छन् । वर्ष यस महाशाखाबाट २ हजार ५४९ जनाले नक्सा पासपूरा पढ्नुहोस्


विजुलीको बिल अब घरबाटै

  रमेश लम्साल साउन १५, काठमाडौँ । लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ । नेपाल टेलिकमका ग्राहकले घर, कार्यालय, सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरेजस्तै अब प्रविधिको प्रयोग गरेर प्राधिकरणका ग्राहकका लागि पनि त्यसखालको प्रणालीको विकास गर्न लागिएको हो । सेवाग्राहीलाई प्राधिकरणका काउन्टर धाएर समय र थप रकमसमेत खर्च गर्नुपर्ने र दिन नै माया मारेर धाउनुपर्ने अवस्थाको समेत नयाँ प्रणालीको जडान पछि अन्त्य हुनेछ । प्राधिकरणले सेवाग्राहीले भोग्नुपरेको झन्झट अन्त्य गर्न महसुल तिर्ने ‘प्रिपेड’ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको होपूरा पढ्नुहोस्


पर्यटकीयस्थल पाँचपोखरी जाने सडक अवरुद्ध

आदित्य दाहाल साउन १५, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मुख्य पर्यटकीय स्थल पाँचपोखरी जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण जिल्लाको पश्चिम मेलम्ची बजारबाट तिपेनी हुँदै भोताङ जाने सडक पहिरो गएपछि अवरुद्ध भएको हो । जिल्लाको लाङ्टाङ हिमाली क्षेत्रमा पर्ने प्रसिद्ध पर्यटकीय स्थल पाँचपोखरीमा मेला शुरु हुनै लाग्दा त्यहाँ जानका लागि प्रयोग हुने मेलम्ची–भोताङ सडकखण्डको विभिन्न ठाउँमा गएको पहिरोले सडक अवरुद्ध भएको हो । यही साउन १९ देखि २४ गतेसम्म मेला सञ्चालन हुने पाँचपोखरी दुप्चाङ युवा क्लबका युवा अध्यक्ष करण लामाले बताए । वर्षाका कारण पाँचपोखरीसम्म पुग्ने सडकखण्डमा यातायात सञ्चालनमा पहिरोले समस्या हुँदा मेला भर्नका लागि जाने पर्यटकले पैदलपूरा पढ्नुहोस्


सामाजिक सहयोग नपाएपछि खुलेका एचआइभी संक्रमितहरु पलायनको क्रममा

साउन १५, बेनी (म्याग्दी) । पीडा र पश्चाताप त्याग्दै निराशालाई साहसमा बदलेर खुलेका म्याग्दीका एचआइभी संक्रमित पछिल्लो समय पलायन हुन थालेका छन् । ‘एचआइभी संक्रमण हुनु जीवनको समाप्ति नभएर नयाँ जीवनको सुरुवात हो’ भन्ने सन्देश दिन खुलेका संक्रमितहरु सामाजिकरुपमा संरक्षण नपाउँदा जीविकोपार्जनमा समस्या भएपछि पलायन भएका हुन् । संक्रमितलाई संरक्षण, सहयोग तथा परामर्श दिने र एचआइभी एड्स न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले ७ वर्षअघि बेनीमा स्थापना गरिएको गुप्त सेवा मार्ग दर्शन सहयोग समितिसमेत ३ वर्षयता निष्क्रिय बनेको छ । जिल्लाका संक्रमितलाई सहयोग र संरक्षण गर्दै उनीहरुको जीविकोपार्जनका लागि सहयोग गर्न संस्था खोलेर केही वर्ष आफ्नो रोगबारे समाजमा खुलेरपूरा पढ्नुहोस्


‘अब मुलुकमा आर्थिक क्रान्ति’

साउन १५, काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएपछि २००७ सालदेखिको नेपाली जनताको सपना पूरा भएको उल्लेख गर्दै अब मुलुकमा राजनीतिक आन्दोलन समाप्त भई आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताएका छन् । धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’ धाविका सुश्री मीरा राईलाई सम्मान गर्न आयोजना गरिएको एक कार्यक्रममा अर्थमन्त्री कार्कीले नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारले देशमा राजनीतिक स्थायित्वको विकास गर्दै नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्नका लागि मुलुकको अर्थतन्त्रलाई उकास्न आफू प्रतिबद्ध रहेको बताए । कार्यक्रममा अर्थमन्त्री कार्कीले नेपालको निर्यात घटेको र आयात बढिरहेकोमा चिन्ता व्यक्त गर्दै देशमा आयात न्यूनीकरण गर्ने चुनौति रहेको धारणा व्यक्त गरे ।पूरा पढ्नुहोस्


तराई–मधेशको कला–संस्कृतिका लागि विशेष योजना – मन्त्री देव

साउन १५, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले तराई–मधेशको कला–संस्कृतिको उत्थानका लागि आफ्नो मन्त्रालयले विशेष योजना तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मैथिली सिने संसार पत्रिकाले हिजो मधेश मिडिया हाउसमा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री देवले तराई–मधेशका कला–संस्कृतिलाई राज्यले सम्मान गर्नुपर्ने बताए । उनले तराई–मधेशको कला–संस्कृतिलाई उजागर गर्ने खालको योजना मन्त्रालयमा बुझाउन कलाकर्मीलाई आग्रह गरे । कार्यक्रममा धुर्मुश–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले ‘हिमाल, पहाड र तराई, कोही छैन पराई’ भन्ने भावनालाई उजागर गर्नका लागि आफ्नो संस्थाले महोत्तरीको बर्दिवासमा नमुना मुसहर बस्ती बनाएको बताए । कार्यक्रममा हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुश), कुमार कट्टेल (जिग्री), अर्जुनपूरा पढ्नुहोस्


नेपाल–चीन सीमा क्षेत्रको निगरानी बढाइने

साउन १५, रसुवा । रसुवागढी नाकाबाट हुनसक्ने गैरकानुनी क्रियाकलाप रोक्न नेपाल तथा चीनका सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा गस्ती तथा निगरानी बढाई कडा जाँच गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा सुरक्षासम्बन्धी आज जिल्ला प्रशासन कार्यालय, रसुवामा सम्पन्न बैठकले नेपाल–चीन सीमा क्षेत्र हेर्ने अधिकारीबीच लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, वन्यजन्तुका अंग, सुनलगायतका सामग्रीहरू गैरकानुनी तवरले ओसारपसार हुन नदिन जाँच कडाइ पारी एकआपसी सूचना आदानप्रदान गर्ने सहमति भएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने र चीनको जिलोङ काउन्टीका कर्णेल गाओ हुइहाइ बीच नेपाल र चिनियाँ अधिकारीबीच सम्पन्न बैठकले नेपाली भूमिमा हुनसक्ने चीन विरोधी गतिविधिका सम्बन्धमा चिनियाँ पक्षले चासो व्यक्त गरेकोपूरा पढ्नुहोस्