Main Menu

धुलो विरुद्ध जाग्यो चन्द्रागिरी

चैत्र १६, काठमाडौँ

locals-demonstrate-against-dusty-road

सडक विस्तारका कारण धुलोको सास्ति खेप्नुपरेको बताउँदै काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नं. १५ का वासिन्दाले आज बिहान यहाँ विरोध प्रदर्शन गरेका छन् ।

समयमा काम नसकाएर सरकारले जनस्वास्थ्यमाथि खेलबाड गरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् ।

च.न.पा. १५ वडा कार्यालयको सक्रियतामा फेसबुकबाट मात्र प्रचार गरिएको सो विरोध प्रदर्शनमा सांसद कृष्ण गोपाल श्रेष्ठले सम्बोधन गरेपछि बिहान ७ बजे जुलुस सुरु भएको थियो ।

सांसद श्रेष्ठले भने, ‘माग जायज छ । स्वच्छ हावा पाउने जनताको अधिकार हो । बाटोको मुआब्जा दिएर छिटो बाटो बनाउनुपर्यो । म पहल गर्छु ।’

आइतबार भौतिक योजना मन्त्रालयमा डेलिगेसन सांसद कृष्ण गोपाल श्रेष्ठसहित जाने कार्यक्रम तय भएको छ ।

वडा नं. १५ को कार्यालयबाट सुरु भएको जुलुस वडाको पश्चिमी सिमाना सतुङ्गल पुल भई नैकाप बस स्टप, ढुङ्गाअड्डा र खड्कुलेको पुल (पूर्व सिमाना कलंकी नजिक) पुगेर कोण सभामा परिणत भएको थियो ।

कार्यक्रमको समापनमा आफ्नो मन्तव्यका क्रममा वडा अध्यक्ष उत्तम बहादुर राउतले अझ कडा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।

वडाका जेष्ठ नागरिक विष्णुहरि थापाले आफू २१ वर्षदेखि बाटो बढाउने आन्दोलनमा लागेको बताउँदै सरकारसँग धुलोको समस्या छिटोभन्दा छिटो समाधान गर्न माग गरे ।

(Visited 117 times, 1 visits today)

टिप्पणी

comments