Main Menu

चन्द्रमामा पनि फोरजी नेटवर्क राखिने

फागुन १६, लण्डन

moon-4g-network

भोडाफोन र नोकियाले चन्द्रमामा फोरजी नेटवर्क स्थापना गर्ने भएको छ ।

यसरी स्थापना गरिने फोरजी नेटवर्कको प्रयोग गरेर चन्द्रमामा भएका दुई रोभरहरूले चन्द्रमाका विभिन्न स्थानमा गएर आफूले खिचेका एचडी भिडियोहरू बेस स्टेसनमा स्ट्रीम गर्छन् र बेस स्टेसनले ती भिडियोहरूको प्रत्यक्ष प्रसारण पृथ्वीमा गर्छ ।

“हामी दुईवटा रोभरहरू चन्द्रमामा पठाउँदैछौँ,” पिटी साइन्टिस्ट्सकी वैज्ञानिक केट आर्कलेस ग्रे भन्छिन, “र, ती रोभरहरूले चन्द्रमाको सतहबाट थुप्रै डाटाहरू, एचडी भिडियो तथा तस्बिरहरू संकलन गर्छन् । तर, यसमा समस्या के छ भने ती रोभरहरूले खिचेका ती भिडियो र तस्बिरहरू प्रत्येक्ष रूपमा पृथ्वीमा पठाउन सकिँदैन, किनभने ती रोभरहरूमा त्यति धेरै ऊर्जा हुँदैन । त्यसैले चन्द्रमामा स्थापना गरिने फोरजी नेटवर्कको प्रयोग गरेर ती रोभरहरूले बेस स्टेसनमा पठाउँछन् । बेस स्टेसनमा संकलित तस्बिर तथा भिडियोहरू पृथ्वीमा प्रत्येक्ष रूपमा पठाउनको लागि पर्याप्त ऊर्जा हुन्छ ।”

तर, पृथ्वीमै कयौँ स्थानहरूमा फोरजी नेटवर्क उपलब्ध नभएको अवस्थामा चन्द्रमामा फोरजी नेटवर्क स्थापना गर्नु कति उपयुक्त होला ? प्रश्नको जवाफमा ग्रे भन्छिन्, “पक्कै पनि म पूर्वाग्रही हुन्छु यो कुरामा, किनभने म एउटा अन्तरिक्ष संस्थामा काम गरिरहेकी छु । तर, हामीले के कुरा याद राख्नुपर्छ भने, अन्तरिक्ष मिसनका लागि आविष्कार गरिएका कयौँ प्रविधिहरू हामी अहिले पृथ्वीमै दैनिक जीवनमा प्रयोग गरिरहेका छौँ । उदाहरणको लागि तपाईंको फोनमा भएको क्यामेराले प्रयोग गर्ने सेन्सरको आविष्कार अन्तरिक्ष मिसनको लागि भएको थियो । यस्ता मिसनहरूका कारण हामी भोलि के सिक्छौँ भन्ने कुरा हामी अहिले नै अनुमान त कहाँ लगाउन सक्छौँ र ?”

बीबीसी

(Visited 138 times, 1 visits today)

टिप्पणी

comments