Main Menu

पोखरा लेखनाथ महानगर प्रमुख र उपप्रमुख दुबैमा एमाले

जेष्ठ १२, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी बनेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे ।

महानगरको उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८ मतसहित विजयी बनिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत प्राप्त गरिन्।

(Visited 241 times, 1 visits today)

टिप्पणी

comments