Main Menu

साँझ भन्दा बिहानको विद्युत् माग सम्बोधन जटिल

power-consumption-management

वैशाख २, काठमाडौँ । साँझको समय जस्तै बिहान पनि विद्युत्को माग उच्च हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार साँझकै हाराहारीमा नै बिहान पनि विद्युत् माग बढी हुने गरेको र व्यवस्थापनका लागि उत्तिकै सचेतताको जरुरी रहेको छ ।

बिहानको समयमा प्रणालीमा कूल ८ सय ९५ मेगावाट विद्युत् माग हुने गरेको छ । साँझको समयमा करिब ९ सय ५० मेगावाटदेखि १ हजार २ सय मेगावाटसम्म विद्युत् माग हुने गरेको छ ।

साँझको माग तलमाथि हुने भए पनि बिहानको माग भने एकैप्रकारको हुने पछिल्लो तथ्याङ्कले देखाएको छ । प्राधिकरणले साँझको माग व्यवस्थापनलाई समन्वय गरेर अगाडि बढाएको छ । तर बिहान उद्योग धन्दा, कलकारखाना तथा अन्य व्यावसायिक क्षेत्रमा समेत विद्युत् आपूर्ति गर्नुपर्ने हुँदा साँझभन्दा बिहान बढी व्यवस्थापन गर्नुपरेको जनाएको छ ।

साँझ उद्योग धन्दालाई विद्युत् उपलब्ध गराइँदैन । साँझ ६ बजेदेखि १० बजेसम्म औद्योगिक कोरिडोरमा विद्युत् कटौती गरेर ग्राहर्स्थ प्रयोजनका लागि पठाइन्छ । तर बिहान ग्राहर्स्थ तथा औद्योगिक फिडरमा समेत समान रुपमा विद्युत् जाँदा लोड व्यवस्थापनमा नयाँ अनुभव प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले साँझको समय भन्दा बिहानको समयको माग व्यवस्थापन अनुभवका हिसाबले नयाँ एवम् जटिल छ । ‘‘तर प्राधिकरण जटिलताबाट नै अगाडि बढेको छ, हामी सफल भएका छौ’’ कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

कुल विद्युत् मागमध्ये दुई तिहाइ भन्दा बढी काठमाडौँ उपत्यकामा नै रहेको छ । यस्तै सहरी तथा औद्योगिक क्षेत्रको माग पनि कूल ग्राहर्स्थ मागभन्दा बढी रहेको छ ।

भारप्रेषण केन्द्रका अनुसार दिउँसो भने ८सय मेगावाटको हाराहारीमा माग रहेको छ । सामान्य अवस्थामा ७ सय मेगावाट विद्युत् माग हुने गरेको छ ।

यस्तै प्राधिकरणको केन्द्रीयप्रसारण लाइनमा प्राधिकरणको आफ्नै उत्पादन ३ सय ३६ मेगावाट, आन्तरिक रुपमा प्रवर्द्धकबाट १ सय ९० मेगावाट, भारतबाट ३सय १४ मेगावाट उपलब्ध छ । प्राधिकरणको प्रणालीमा ३ सय ६० मेगावाट विद्युत् कम रहेको छ ।

प्राधिकरणको कूल ग्राहस्थग्राहक २७ लाख ९६ हजार ६ सय २१ छन् । गैरव्यापारिक ग्राहक १७ हजार ७ सय २३, व्यापारिक १७ हजार १ सय ९१, उद्योग ४३ हजार ६ सय ३९ र अन्य ग्राहक ९४ हजार ३ सय ९३ रहेका छन् ।

प्राधिकरणले ३ हजार ७ सय ४६ मेगावाट विद्युत् बिक्री गरेको छ । त्यसबाट रु. ३२ अर्ब २१ करोड बराबरको आम्दानी गरेको जनाएको छ ।

(Visited 74 times, 1 visits today)

टिप्पणी

comments