Main Menu

सङ्गठनभित्रैबाट समाधान खोज्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

problem-solution-within-institutionजेष्ठ २६, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले प्रहरीमा अनुशासनको पालनासहित विधि स्थापित गरी समस्याको समाधान सङ्गठन भित्रैबाट खोज्नुपर्नेमा जोड दिएका छन् ।

प्रहरी प्रधान कार्यालयको हिजो निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी सङ्गठनमा रहेका चुनौतीको सामूहिक रुपमा सामना गर्दै राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताए । चेन अफ कमाण्ड’लाई सुदृढ र व्यवस्थित गर्नुपर्ने भन्दै मन्त्री शर्माले प्रहरीको वृत्ति विकास, भौतिक संरचना, साधनस्रोत, प्रशिक्षणलगायत विषयमा क्रमिकरुपमा सुधार गर्न आफू तयार रहेको बताए ।

सशक्त जनशक्ति, राजनीतिक स्थिरता र इच्छा शक्ति भएमा राष्ट्र समृद्ध र विकसित हुने तथा यसबाट शान्ति सुरक्षामा पनि सुधार आउने चर्चा गर्दै गृहमन्त्री शर्माले यसका लागि सुरक्षाको क्षेत्रमा जनतालाई सहभागी गराइनुपर्ने बताए । अपराध अनुसन्धान, सीमा क्षेत्रमा हुने घटना, प्रतिआतङ्कवाद जस्ता घटनामा समेत जनताको सहयोग र सहभागिता गराउन सकेमा अझै बढी सफलता हासिल हुने उनले उल्लेख गरे ।

संविधानअनुसार प्रहरीको प्रादेशिक र सङ्घीय संरचनाबारे सरकारको ध्यान गएको उल्लेख गर्दै मन्त्री शर्माले परिवर्तित अवस्थासँगै रुपान्तरित हुन मानसिक तथा साङ्गठनिक रुपमा तयार हुनुपर्ने बताए ।

सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्देशनलाई मार्गदर्शनको रुपमा अवलम्बन गर्नुको साथै यसको मर्म र भावनालाई कार्य सम्पादनमा अक्षरशः पालना गरिने प्रतिबद्धता व्यक्त गरे ।

निरीक्षणका क्रममा गृहमन्त्री शर्माले कमाण्ड सेन्टरबाट ‘भिडियो कन्फ्रेरेन्स’मार्फत क्षेत्रीय प्रहरी प्रमुखसँग कुराकानी गर्दै पहिलो चरणको निर्वाचन सम्पन्न गर्न प्रहरी महानिरीक्षकलगायत प्रहरी जवानसम्मका प्रहरी कर्मचारीले खेलेको भूमिका सरहानीय रहेको बताएका थिए ।

(Visited 75 times, 1 visits today)

टिप्पणी

comments