Main Menu

पोखरामा छैटौैं नेपाल साहित्य महोत्सव हुँदै

माघ १३, पोखरा । भोलि शुक्रबारदेखि १७ गतेसम्म पोखरामा छैटौं नेपाल साहित्य महोत्सव गरिने भएको छ ।

विचारक, कलाकार र साहित्यका स्रष्टाहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले गर्न लागिएको चार दिने उक्त महोत्सवमा भारत र भूटानलगायत नेपालका गरी ८५ जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ ।

वुकोरम फाउन्डेशन र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा हुने उक्त महोत्सवमा साहित्य, कला, चलचित्रका साथै राजनीतिसँग जोडिएका विभिन्न सत्र पुस्तकको विमोचन गरिने कार्यक्रम रहेको संयोजक अजीत बरालले जानकारी दिए । यस अतिरिक्त गीत र सङ्गीतका प्रस्तुति पनि हुनेछन्।

कार्यक्रममा भारतका प्रसिद्ध लेखक रामचन्द्र गुहा, दुर्जदत्त र उदय प्रकाश तथा भूटानका नाम्गे जाम सहभागी हुनुहुनेछन् ।

नेपालबाट साहित्यकार धु्रवचन्द्र गौतम, खगेन्द्र संग्रौला, नारायण ढकाल, नयनराज पाण्डे, चैतन्य मिश्र र सुधीर शर्माको सहभागिता रहने छ ।

त्यस्तै, साहित्यकार वैरागी काइँला, वरिष्ठ पत्रकार हरिहर विरही, नारायण वाग्ले, शिक्षाविद् केदारभक्त माथेमाका साथै हाँस्य कलाकारहरुद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि सहभागिता जनाउने भएको छ ।

कवि शिरोमणि लेखनाथ पौड्यालको कविता उहाँकी नातिनी प्रभा भट्टराईले वाचन गरी कार्यक्रमको उद्घाटन गरिने राससले जनाएको छ ।

पाँचौ महोत्सव गत वर्ष पोखरामै गरिएको थियो ।

(Visited 166 times, 1 visits today)

टिप्पणी

comments