Main Menu

अपांगता भएका व्यक्तिको मानवअधिकारसम्बन्धी सम्मेलन

वैशाख २७, काठमाडाैं

शारीरिक अपांगता भएका व्यक्तिहरुको मानवअधिकारसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भयो ।

राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय अपांग महासंघद्वारा संयुक्तरुपमा आयोजित सो सम्मेलनमा सातै प्रदेशका अपांगता भएकाहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा अपांगता भएका व्यक्तिहरुको वर्तमान अवस्था, चुनौती र सुझाव, अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी नेपाल सरकारको नीति तथा कार्यक्रम, अपांगता भएका व्यक्तिहरुको मानवअधिकार कार्यान्वयनका चुनौतीलगायतका विषयमा छुट्टाछुट्टै कार्यपत्र पेश भई छलफल हुनेछ ।

साथै, संयुक्त राष्ट्रसंघीय अपांगतासम्बन्धी समितिमा नेपाल प्रतिवेदन र प्राप्त सुझावका विषयमा पनि छलफल भई काठमाडौँ घोषणापत्र जारी हुनेछ ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।

(Visited 104 times, 1 visits today)

टिप्पणी

comments