Main Menu

Thursday, May 10th, 2018

 

मोदी कदापि अभिनन्दनीय होइनन्–वैसकपा, नेपाल

वैशाख २७, काठमाडौं भोलि २८ गतेदेखि हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र त्यस सम्बन्धमा नेपाल सरकारले देखाएको व्यवहार तथा गतिविधिलाई लिई केही समयपहिले मात्र स्थापना भएको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्माणका लागि ‘वैचारिक, राजनीतिक तथा सांगठनिक अभियान समिति–२०७५’ (वैसकपा, नेपाल)ले आज एक प्रेस वक्तव्य जारी गर्दै निन्दा एवं भत्सर्ना गरेको छ । उसले मोदी भ्रमण र नेपाल सरकारले उनीप्रति देखाएको घटनाक्रमलाई गम्भीरतापूर्वक लिई नयाँ रणनीतिसहित राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई नयाँ उचाइमा उठाउन लामबद्ध हुन सम्पूर्ण देशभक्तहरुमा हार्दिक अपील गरेको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा वैसकपा, नेपाल भन्छ, “नेपाल र भारतका जनताबीच वहुआयामिक सुमधुर सम्बन्ध रहिआएकोछ, तर भारतकोपूरा पढ्नुहोस्


राष्ट्रियसभा विशेष समय

वैशाख २७, काठमाडौँ राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण, निजामती ऐन, आदिवासी जनजाति ऐन र नेपाल–भारत सीमा क्षेत्रमा देखिएको केही समस्याका बारेमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा पहिलो वक्ताका रुपमा भाग लिँदै उदया शर्मा पौडेलले संघीय निजामती ऐन ल्याउन राज्यलाई अप्ठ्यारो परेको कर्मचारीलाई उत्साह र प्रेरणा दिन एक तह बढुवा गरेर स्थानीय तह र प्रदेशमा काममा खटाउन सुझाव दिनुभयो । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई लक्षित गरेर भारतीय सेना नेपाल भएको भन्ने विषयमा सरकारबाट जानकारी माग गर्नुभयो । सांसद विन्दादेवी रानाले भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणका बेला सीमापूरा पढ्नुहोस्


पर्यटन क्षेत्रको सुधारका लागि विज्ञ समूह गठन

वैशाख २७, काठमाडौँ पर्यटन क्षेत्रको समग्र सुधारको कार्ययोजनासहितका रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन सरकारले ३५ सदस्यीय पर्यटन क्षेत्रका विज्ञ (थिङ ट्याङ्क ग्रुप) समूह गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा विभिन्न क्षेत्रमा आबद्ध भई विज्ञता हासिल गरेका व्यक्तिको ज्ञान, सीप, दक्षता र अनुभव उपयोग गर्ने उद्देश्यले सो समूह गठन गरेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा रहने उक्त समूहमा मन्त्रालयका सचिव तथा पर्यटन सम्बद्ध सहसचिवहरु पनि रहनेछन् । विज्ञ समूहले पर्यटन क्षेत्रको विषयगत सुधारका विषयमा केन्द्रित भएर राय सुझाव दिने मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो । उहाँले पर्यटन क्षेत्रमा गरिनुपर्ने कामको प्राथमिकीकरण निर्धाणरपूरा पढ्नुहोस्


बजेटमा प्राथमिकता तोक्नुपर्छ-डा भट्टराई

वैशाख २७, काठमाडौँ संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास गर्न बजेटले प्राथमिकता तोकेर जानुपर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७५\७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको प्रस्तावलगायत समग्र विषयमा समय मागेर बोल्दै उहाँले बजेट प्राथमिकताको आधारमा भन्दा पनि हिजोको निरन्तरताको गन्ध देखिएको धारणा राख्नुभयो । सांसद भट्टराईले मुलुकमा नयाँ ढंगले बजेट अगाडि बढाएर प्राथमिकताका आधारमा कसलाई पहिलो प्राथमिकता दिने भन्ने किटान बजेटमा नगरिएको हुँदा त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । मुलुकको विकासका लागि कृषि, पर्यटन, जलस्रोतलाई प्राथमिकता दिनुपर्ने तर तीबाहेक अन्य पूर्वाधार निर्माणपूरा पढ्नुहोस्


जोेखिम क्षेत्रका भूकम्पपीडितलाई सुरक्षित ठाउँमा जग्गा

वैशाख २७, रत्ननगर, चितवन चितवनको विकट क्षेत्र इच्छाकामना गाउँपालिका वडा नं २ हेच्चेकको जोखिम क्षेत्रका आठ घर भूकम्पपीडितले सुरक्षित स्थानमा जग्गा प्राप्त गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयले सोही वडाको दुम्किम भन्ने स्थानमा आठ घर प्रभावितलाई जग्गा उपलब्ध गराएको हो । “दुम्किममा बुधबार स्थलगत निरीक्षणपछि चार कट्ठा जग्गा खरिदको सहमति भयो, केही दिनभित्रैमा पीडितको नाममा जग्गा पास हुन्छ, प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ प्रमुख पुष्कर पोखरेलले भन्नुभयो, “समथर भूभागको सुरक्षित स्थानमा उनीहरूले जग्गा प्राप्त गरेका छन् ।” प्रति घर १० धुरका दरले जग्गा प्राप्त गरेका उनीहरुले झण्डै एक बिगाहा आवादीपूरा पढ्नुहोस्


तिलगङ्गा क्षेत्रका करीब ४५ अस्थायी टहरा भत्काइए

वैशाख २७, काठमाडौँ काठमाडौँ महानगरपालिकाले तिलगङ्गा क्षेत्रमा निर्माण गरिएको करीब ४५ वटा अस्थायी टहरा भत्काएको छ । केही दिनदेखि कामपाले पैदलमार्गमा राखिएका पसल र अस्थायी टहरा भत्काउने कार्य शुरु गरेको छ । नगर प्रहरी नायब उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरी व्यक्तिगत लाभमा प्रयोग गर्न नपाइने भएकाले कामपाले यही मापदण्ड कार्यान्वयन गर्दै ४५ वटा टहरा भत्काएको हो । यसरी भत्काइएका टहराहरुमा कबाडी संकलन केन्द्र, सवारी मर्मत केन्द्र, चिया नास्ताको पसललगायत रहेको थियो । यसैगरी कामपाले अतिक्रमित सडक, सडक पेटी र हरियाली क्षेत्रलाई सार्वजनिक उपयोगमा रुपान्तरण गर्ने अभियानलाई पनि तीव्रता दिएको छ । कोटेश्वर, गौशाला, चाबहिल, बानेश्वरजस्तापूरा पढ्नुहोस्


खानेपानी आपूर्तिमा समस्या-दुईलाख जनता प्रभावित

वैशाख २७, काठमाडौँ काठमाडौँ महानगरपालिका– १४, बल्खुमा सडक विस्तारका क्रममा खानेपानी पाइप बिग्रँदा काठमाडौँका अधिकांश स्थानमा खानेपानी आपूर्ति प्रभावित भएको छ । करीब एकसाता अगाडि त्यस क्षेत्रमा सडक विस्तार गर्ने क्रममा उक्त पाइपमा समस्या आएर बल्खु, कुलेश्वर, कालीमाटी, भीमसेनस्थान, कलंकी, बाफललगायत स्थानमा पिउने पानी उपलब्ध हुन सकेको छैन । खानेपानी संस्थानले विगतमा सुन्दरीघाटमा गरेको बोरिङबाट आउने पानीलाई ट्यांकीमा संकलन गरी पानी वितरण गरिँदै आएकामा त्यहाँ भएको समस्याका कारण करीब दुईलाख मानिस प्रभावित भएका छन् । चीन सरकारले चक्रपथको कलंकीदेखि कोटेश्वरसम्म गर्न लागेको सडक विस्तारका क्रममा त्यस क्षेत्रको पाइप बिग्रिएको भए पनि त्यसलाई सुरक्षाकर्मी, खानेपानी संस्थानलगायतले राति समन्वय गरी पाइप मिलाउनेपूरा पढ्नुहोस्


अपांगता भएका व्यक्तिको मानवअधिकारसम्बन्धी सम्मेलन

वैशाख २७, काठमाडाैं शारीरिक अपांगता भएका व्यक्तिहरुको मानवअधिकारसम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि यहाँ शुरु भयो । राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय अपांग महासंघद्वारा संयुक्तरुपमा आयोजित सो सम्मेलनमा सातै प्रदेशका अपांगता भएकाहरुको सहभागिता रहेको छ । सम्मेलनमा अपांगता भएका व्यक्तिहरुको वर्तमान अवस्था, चुनौती र सुझाव, अपांगता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी नेपाल सरकारको नीति तथा कार्यक्रम, अपांगता भएका व्यक्तिहरुको मानवअधिकार कार्यान्वयनका चुनौतीलगायतका विषयमा छुट्टाछुट्टै कार्यपत्र पेश भई छलफल हुनेछ । साथै, संयुक्त राष्ट्रसंघीय अपांगतासम्बन्धी समितिमा नेपाल प्रतिवेदन र प्राप्त सुझावका विषयमा पनि छलफल भई काठमाडौँ घोषणापत्र जारी हुनेछ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।


मुसहर समुदायलाई सिँचाइमा सहयोग

वैशाख २७, पथरी, मोरङ अति विपन्न ऋषिदेव (मुसहर) समुदायलाई लक्षित गरी मोरङको धनपालथान गाउँपालिका वडा नम्बर–१ मा सञ्चालित सामुदायिक तथा सिँचाइ उप–परियोजना समुदायमा हस्तान्तरण गरिएको छ । एक औपचारिक कार्यक्रमबीच बुधबार दिउँसो नोचाको स्थानीय गढेरिया टोलमा निर्मित डिप बोरिङसहितको परियोजनालाई हस्तान्तरण गरियो । नारी विकास संघको समन्वयमा गरिबी निवारण कोषको रु चार लाख ७४ हजार सहयोगमा डिप बोरिङसहित एकै टोलमा दुई स्थानमा पानीतान्ने पम्पसेट जडान गरिएको छ । कोषका इन्फो चिफ दिलमानसिंह बस्नेत, विश्व बैंकका कन्सल्टेन्ट टासी छिरिङ, संघकी सचिव ईश्वरी पौडेल, उपाध्यक्ष शारदा खनालले संयुक्तरुपमा परियोजना हस्तान्तरण गर्नुभयो । टोलमा रहेका २२ घर परिवार सदस्य रहेको दिनाभद्री सामुदायिक संस्थाकोपूरा पढ्नुहोस्


मालिकाको धुरी-हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ

वैशाख २७, बेनी, म्याग्दी हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ पनि छ भन्दा सहजै कसले पो पत्याउन सक्ला र ? तर, म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने भिरालो पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीमा पुग्नुहोस् तपाई आफैँ हिमालभन्दा अग्लो देखिनु हुनेछ । मालिकाको धुरीबाट हेर्दा आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमशंखला तपाईभन्दा होँचा देखिन्छन् । विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य हुने प्रशस्त सम्भावना रहेको यो ठाउँले पूर्वाधार निर्माणको अभावमा आफ्नो पहिचानलाई विदेशीमाझ भने फैलाउन सकेको छैन । मालिकाको धुरीमा बाह्रैमास चिसो हावा चल्छ । गर्मी महिनामा पनि जाडोयामको चिसो हावा चल्ने घना जंगलको बीचमापूरा पढ्नुहोस्