Main Menu

Wednesday, May 2nd, 2018

 

संयुक्त राष्ट्रसंघमा बुद्ध पूर्णिमा महोत्सव

वैशाख १९, काठमाडौँ बुद्धपूर्णिमाका अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा मंगलबार विशेष संस्मरणात्मक समारोह आयोजना गरियो । वेसक दिवसमा रुपमासमेत परिचित बुद्धपूर्णिमाका दिन आयोजित विशेष समारोहमा महासचिव एन्टोनियो गुटरेस, महासभाका अध्यक्षका साथै बंगलादेश, भूटान, क्याम्बोडिया, हंगेरी, भारत, इण्डोनेशिया, जापान, गणतन्त्र कोरिया, प्रजातान्त्रिक गणतन्त्र लाओ, मलेसिया, मंगोलिया, म्यान्मा, नेपाल, नर्वे, पाकिस्तान, फिलिपिन्स, रुसी महासंघ, सिंगापुर, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधिले शान्ति र दिगोपनाका निम्ति बुद्ध दर्शनको औचित्य र वर्तमानमा त्यसको सामयिकताबारे प्रवचन दिएका थिए । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली नियोगका अनुसार नेपालका कार्यबाहक स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले बौद्ध शिक्षाले करुणा, अहिंसा, क्षमा, सहनशिलताजस्ता सद्गुण सिकाएको बताए । सांस्कृतिक सम्पदा संरक्षण गर्नपूरा पढ्नुहोस्


शिक्षा र स्वास्थ्यसम्बन्धी संसदीय मञ्च बन्ने

वैशाख १९, काठमाडौँ संविधानको मौलिक हकमा रहेका शिक्षा र स्वास्थ्यलगायत सामाजिक क्षेत्रको अधिकार कार्यान्वयन र गुणस्तरीय सेवा प्रवाहका लागि विशेष पहल गर्न प्रतिनिधिसभा सदस्य सम्मिलित संसदीय मञ्च (ककस) बन्ने भएको छ । संविधानको मौलिक हकमा शिक्षालाई समावेश गरिएपनि अझै विद्यालय उमेर समूहका करीब तीन प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेको, सार्वजनिक विद्यालयको स्तर माथि उठ्न नसकेको र शिक्षामा लगानी अनुसारको प्रतिफल नआएको गुनासो बढेका बेला त्यस्तो संसदीय मञ्चको आवश्यकता औंल्याइएको हो । नेकपा (एमाले) का सचिव एवं ताप्लेजुङका सांसद योगेश भट्टराईले आज शिक्षाकर्मीसँग गरेका छलफल कार्यक्रममा आफूले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिन अन्य पार्टीका इच्छुक सांसदसँग परामर्श गरेर त्यस्तो मञ्चपूरा पढ्नुहोस्


कर्णाली प्रदेशमा असिनापानीले लाखाैंको क्षति

वैशाख १९, सुर्खेत कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पुर्याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताएका छन् । मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल्लामा अन्नबाली, फलफूल र तरकारीखेती नष्ट गरी समस्यामा परेका किसानलाई तत्काल राहतको व्यवस्थाका लागि सरोकारवाला निकायसँग छलफल गरेका छन् । यही वैशाख १६ र १७ गते परेको असिनापानीले जाजरकोट, डोल्पा र रुकुम जिल्लामा पाक्ने अवस्थाको गहुँ र जौ बाली नष्ट गरिदिएपछि मन्त्री केसीले चासो लिएर आज आन्तरिक मामिला तथा कानून मन्त्रालयमा छलफलकोपूरा पढ्नुहोस्


गाउँमै पुगेर एकसय ५५ लाई नागरिकता

वैशाख १९, तेह्रथुम जिल्ला प्रशासन कार्यालय तेह्रथुमले छथर गाउँपालिकाका १५५ जनालाई गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा दुईदिने घुम्ती शिविरको आयोजना गरेर प्रशासनले नागरिकता लिन उमेर पुगेका र छुटेका समेत गरी १५५ जनालाई नागरिकता वितरण गरेको हो । गाउँपालिका कार्यालयमै सोमबार र मंगलबार आयोजित शिविरबाट ७७ जना पुरुष र ७८ जना महिलालाई नागरिकता वितरण गरिएको शिविरका लागि गएको टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए । नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने ध्येयले प्रशासनले जिल्लाका सबै स्थानीय तहका केन्द्रमा घुम्ती शिविरको आयोजना गरी नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।पूरा पढ्नुहोस्