Main Menu

Monday, May 28th, 2018

 

‘माक्र्सवाद र समाजवाद’ विषयमा अन्तरराष्ट्रिय सम्मेलन हुँदै

जेठ १४, काठमाडौँ विश्व सर्वहारा वर्गका नेता कालमाक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल)ले यही जेठ १६ र १७ गते नेपालमा ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएका छन् । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकतापछि विश्वका अन्य कम्युनिष्ट पार्टीहरुलाई नेपालको शक्तिशाली कम्युनिष्ट पार्टीले नयाँ सन्देश दिने अवसरका रुपमा समेत सम्मेलनको तयारी भएको छ । सम्मेलन आयोजक समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा माक्र्सवादी विचारहरुका बारेमा विश्वका विभिन्न भूभागमा रहेका कम्युनिष्ट, समाजवादी तथा श्रमिक पार्टीका बीचमा अनुभव आदानप्रदान हुनेछ । समितिका संयोजक एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुको विगतको चुनौती र भावी नीतिकापूरा पढ्नुहोस्


आठ महिनामा सोह्र हजार उद्योग दर्ता

जेठ १४, काठमाडौँ चालू आर्थिक वर्षको आठ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साना उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको सरकारले आइतबार संघीय संसद्मा प्रस्तुत गरेको चालू आवको आठ महिनाको आर्थिक सर्वेक्षणअनुसार ४० हजार १०० जनालाई रोजगार दिने गरी सो संख्यामा उद्योग दर्ता भएका हुन् । दर्ता भएका उद्योगमा सबैभन्दा धेरै प्रदेश नं ३ मा पाँच हजार ५३२ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५०६ उद्योग रहेका छन् । प्रदेश नं १ मा एक हजार ९०४, प्रदेश नं २ मा तीन हजार १८७, प्रदेश नं ४ मा दुई हजार ३७१, प्रदेश नं ५ मा तीनपूरा पढ्नुहोस्


विज्ञानमा महिला पुरस्कारका लागि विजेता घोषणा

जेठ १४, काठमाडौँ नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले स्थापना गरेको विज्ञानमा महिला पुरस्कारका लागि यस वर्षका विजेता घोषणा गरिएको छ । नासो विज्ञानमा महिला पुरस्कार–२०१८ को व्यावसायिक विधातर्फ नेपाल विद्युत् प्राधिकरणमा कम्प्युटर इन्जिनियर पदमा कार्यरत प्रोमिशा मिश्रलाई दिइनेछ । यसैगरी विद्यार्थीतर्फ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ विषय अध्ययनरत सुश्री श्रीति श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । पुरस्कार जेठ १६ गते बुधबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने विशेष कार्यक्रममा अन्तरीक्षयात्री डा सान्द्रा म्यागनसले वितरण गर्नुहुनेछ । पुरस्कारस्वरुप इन्जिनियर मिश्रलाई नगद रु २५ हजार, प्रमाणपत्र तथा अवार्ड प्रदान गरिनेछ । सुश्री श्रेष्ठलाई नगद रु १५पूरा पढ्नुहोस्


झाडापखाला नियन्त्रणमा

जेठ १४, तुलसीपुर, दाङ पश्चिम दाङको शान्तिनगर गाउँपालिका– ३ र ४ का विभिन्न गाउँमा महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । शनिबार र आइतबार गरी ती दुई वडाका पातेटाकुरा, एकलीलगायतका गाउँमा झाडापखालबाट ८८७ घरका एक हजार २०२ जना बिरामी परेको शान्तिनगर गाउँपालिकाका वडाध्यक्ष कमानसिंह डाँगीले जानकारी दिनुभयो । बिरामीमध्ये एक जनाको नेपालगञ्ज, १४ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुर र १० जनाको सिटी अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । अन्य सबै बिरामी उपचारपछि घर फर्किसकेका छन् । यसैबीच प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । स्थानीय माइली खानेपानीपूरा पढ्नुहोस्


बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

जेठ १४, काठमाडौँ उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ । गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार धेरै यात्रु बोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले रु ५०० जरिवाना गर्दै आएकामा जेठ १२ गते शनिबारदेखि रु एक हजार जरिवाना गर्न थालेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले जेठ ४ गतेदेखि हालसम्म ६४९ माइक्रोबस तथा टेम्पोलाई कारवाही गरिएको बताउनुभयो । “उभ्याएर यात्रु बोक्ने १८ सिटभन्दा कम क्षमताका माइक्रोबस र टेम्पोलाई कारवाही गरेकापूरा पढ्नुहोस्


संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

जेठ १४, काठमाडौँ संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि संघीय समाजवादी फोरमलाई सरकारमा जान बाटो खुलेको हो । सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सहमतिअनुसार संघीय समाजवादी फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी संशोधन गरिने छ । साथै सरकारद्वारा गर्नपूरा पढ्नुहोस्


केरुङ–काठमाडाैं-रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न

जेठ १४, नुवाकोट चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौँ  रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा परेको छ । यही जेठ ६ गते काठमाडौँबाट शुरु भएको नेपालीसहितको चिनियाँ प्राविधिक टोलीले नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे)बाट केरुङसम्मको अध्ययन पूरा गरेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो । “काठमाडौँबाट शुरु भएको अध्ययन केरुङसम्म पुगेर फर्किएका छौँ ।” विभागका सूचना अधिकारीसमेत रहनुभएका उपाध्यायले भन्नुभयो, “प्राविधिक टोलीले एक साताको अवधिमा पूर्वसम्भाव्यता अध्ययन पूरा गरेको छ ।” उहाँका अनुसार विभागका महानिर्देशक अनन्त आचार्यको नेतृत्वमा रहेको टोलीले चीनबाट नेपालमा ल्याउने रेलमार्गको सम्भाव्यता अध्ययनका क्रममा काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहितको सम्भाव्यतापूरा पढ्नुहोस्


सन्दर्भ-गणतन्त्र दिवस जनतालाई गणतन्त्रको अनुभूति दिलाउन आग्रह

जेठ १४, चितवन नेपाली राजनीतिमा छ दशकभन्दा बढी संघर्ष गरेका पुराना नेताहरुले गणतन्त्र स्थापनाको एक दशक बित्दा पनि जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले जनताले राजनीतिक संघर्ष जे जति गरे अब त्यसको प्रतिफल पाउनु पर्ने बताएका हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालका राजनीतिक गुरु पुराना वामपन्थी नेता ९२ वर्षीय खम्बासिंह कुँवर गणतन्त्र आएको ११ वर्ष बित्दा पनि यसको अनुभूति जनताले गर्न नपाएकामा चिन्तत हुनुहुन्छ । उहाँले अब सरकारले निःशुल्क शिक्षा, स्वास्थ्य, बाटोघाटो, कलकारखाना, खानी अनुसन्धान र उत्खनन, सुकुम्बासी समस्या समाधानलगायतका काम गर्नुपर्ने बताउनुभयो । समय जसरी परिवर्तन भइरहेछ, त्यसरी नै जनताको सोचाइमा पनि परिवर्तनपूरा पढ्नुहोस्


घाँसका लागि उपभोक्ता नै लगाउँछन् सामुदायिक वनमा आगो

जेठ १४, डडेल्धुरा डडेल्धुराका सामुदायिक वनमा आगो लाग्ने क्रम शुरु भएको छ । सुक्खायाम र गर्मी मौसम बढेसँगै डडेल्धुराका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लागेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । जिल्लाका त्रिशूल सामुदायिक वन, असुर्पा, अजयमेरु, भद्रपुरका सामुदायिक वन र कैलपालमाण्डौँका सामुदायिक वनमा आगो लागेको छ । साथै जिल्लाका अन्य सामुदायिक र सरकारी वनमा समेत आगो लागेको वनकर्मीहरु बताउँछन् । नयाँ घाँस पलाउने भन्दै सामुदायिक वनका उपभोक्ताले आफैँ आगो लगाउने गर्छन् । सुक्खा मौसमका कारण आगो नियन्त्रमा ल्याउन नसक्दा अन्य वन पनि विनाश हुने गर्छ । गाईगोरु चराउन सजिलो हुने भन्दै सल्लेरी वनमा उपभोक्ताले नैपूरा पढ्नुहोस्


सन्दर्भ गणतन्त्र दिवस -“गरीबको झुपडी कहिले बन्ने हो ?”

जेठ १४, काठमाडौँ “सिमली छायाँमा बसी भरिया लामो सास फेरेको । उमेर भइसक्यो असी झन ठूला दुःखले जेलेको छोराछोरी पालेताले यै भारीको भरमा जीवनभरि कहिल्यै पनि सुध्रिएन कर्म वैशाखको धुपमा पनि सुख पाइन मैले साउनको बाढी पहिरो भन्न पाइन मैले निमुखा यो सर्वहारा सातुको कोसेली फुकायो भिजेको जिउको सारा डाँडामा पसिना सुकायो सिमली छायाँमा …” जनकलाकारले परिवर्तन र स्वतन्त्रताका लागि आफ्ना गीत सिर्जना गर्छन् । उनीहरु केवल स्वान्त सुखायका लागि लेख्दैनन् । जनता जगाउने गीतले सामाजिक वेदना र यथार्थलाई पस्किएका हुन्छन् र मानिसलाई मुक्तिको चाहना अभिव्यक्त गरिरहेका हुन्छन् । त्यसैले होला, धेरै पटक यो गीत गाइसकेका जनकलाकार जीवन शर्मालाई आजभोलिपूरा पढ्नुहोस्