Main Menu

Saturday, May 26th, 2018

 

उत्तम शान्ति पुरस्कार शर्मालाई

जेठ १२, काठमाडौँ विसं २०७४ को उत्तम शान्ति पुरस्कार गैरआख्यानकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ । ताम्रपत्र र नगद रु ५० हजार राशिको यो पुरस्कार विसं २०४४ देखि प्रदान गरिँदै आइएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीमा प्राप्त गैरआख्यानका साहित्यिक कृतिमध्येबाट छनोट समितिले निर्णय गरेका व्यक्तिलाई पुरस्कार दिइन्छ । शर्मालाई ‘बाह्रखरीको बोटमुनि’ कृतिका लागि यो पुरस्कार दिइएको हो । पुरस्कार ग्रहण गरेपछि पूर्वमन्त्री एवं राष्ट्रियसभाका सदस्य शर्माले जीवनको उत्तराद्र्धको समय पूर्णरुपमा साहित्य क्षेत्रमै बिताउने बताउनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कुँवर विशिष्ट सोच भएको साहित्यिक पत्रकारका रुपमा स्थापित हुनुभएको सुनाउनुभयो । कुँवरले विसं २०१७ को राजनीतिक परिवर्तनपछि ‘रुपरेखा’पूरा पढ्नुहोस्


विराटनगर–पोखरा हवाई उडान शुरु हुने

जेठ १२, विराटनगर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताउनुभएको छ । विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा आज यहाँ आयोजित ‘विराटनगर विमानस्थलको भावी विकास तथा विस्तारका सम्भावना तथा चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा यहाँबाट पोखरा हवाई उडान शुरु गर्ने बताउनुभयो । मन्त्री अधिकारीले आगामी वर्षको बजेटमा विराटनगर र नेपालगन्जलाई क्षेत्रीय विमानस्थलको विकास गरी भारतबाट हवाई रुट प्राप्त हुनाले यस क्षेत्रवाट छिमेकी देशका शहरमा ७२ सिटे विमानवाट सेवा सञ्चालन गर्न दुुई विमान कम्पनी तयार रहेको जानकारी दिनुभयो । उहाँले भारतीय पर्यटकलाई यस क्षेत्रको हिमाल अवलोकन गर्ने कार्यलाई सहजपूरा पढ्नुहोस्


खानेपानीको समस्या समाधानका लागि गुरुयोजना आवश्यक

जेठ १२, दाङ प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङमा खानेपानी सहज आपूर्तिका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला खानेपानी डिभिजन कार्यालय र जिल्ला पानी सञ्जाल, दाङको आयोजनामा आज दाङको तुलसीपुरमा आयोजित खानेपानीको दिगो विकास व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा सो कुरा बताउनुभएको हो । “पानीको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुहोस्, त्यसमा प्रदेश सरकारले सहयोग गर्नेछ”, उहाँले भन्नुभयो । प्रदेशका केही जिल्लामा खानेपानीको अवस्था अत्यन्तै दयनीय रहेको बताउँदै पोखरेलले भन्नुभयो, “प्रदेश नं ५ का सबै जिल्लामा खानेपानीको सुविधा पुग्न सकेको छैन । समग्र प्रदेशको अवस्था हेर्ने हो भने ८८ प्रतिशतपूरा पढ्नुहोस्


प्रधानमन्त्रीले भोलि सदनमा जवाफ दिनुहुने

जेठ १२, काठमाडाैँ प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाउनुभएका प्रश्नहरुको भोलि आइतबार जवाफ दिनुहुने भएको छ । आइतबार बिहान ११ः०० बजे प्रारम्भ हुने प्रतिनिधिसभा र अपराह्न १३ः०० बजे शुरु हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताउनुभयो । गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि दुवै सदनमा भएका छलफलमा सांसदहरुले राख्नुभएका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले दिन लाग्नुभएको हो ।


नरसंहार र हिंसात्मक आक्रमणप्रति खेद प्रकट’

जेठ १२, काठमाडौँ काठमाडौँमा भएको विश्व प्रजातान्त्रिक युवा संगठनको महासभाले १४ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । यही जेठ ९ देखि ११ गतेसम्म चलेको महासभाले विश्व कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाको सराहना गर्दै विश्वका विभिन्न देशमाथि साम्रज्यवादी शक्तिले गरेको नरसंहार र हिंसात्मक आक्रमणप्रति खेद प्रकट गरेको युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले जानकारी दिनुभयो । घोषणापत्रमा नेपालमा दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीलाई विशेष समर्थन गर्दै विदेशी हस्तक्षेपबिना सामाजिक न्याय स्थापना गर्न र आर्थिक समृद्धि हासिल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । स्पेन, ग्रीसलगायत युरोपका थुपै्र राष्ट्रका सरकारले प्रर्दशनकारीमाथि गरेको दमनको निन्दा गर्दै जिम्वाबेका नागरिकमाथि लागाइएको प्रतिबन्धकोपूरा पढ्नुहोस्


सामूहिक, करार र सहकारी खेतीमा जोड

2018-05-26 16:00 जेठ १२, काठमाडौँ हरेक वर्ष जस्तै यसवर्ष पनि सरकारले नीति तथा कार्यक्रममार्फत कृषिको विकासलाई महत्व दिएको छ । हरेक सरकारले राज्यको आम्दानी र खर्चको विवरण (बजेट) पेश गर्नु पहिले एक वर्षमा सम्पन्न गर्ने वार्षिक योजना (नीति तथा कार्यक्रम) राष्ट्रपतिमार्फत संसद्मा प्रस्तुत गर्ने चलन छ । यसवर्ष जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुबै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) मार्फत कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिीकीकरण मार्फत कृषिमा आत्मानिर्भर हुन करार, सहकारी र सामूहिक खेतीलाई अगाडि बढाइने जानकारी दिनुभयो । सरकारले गत वर्ष पनि सामूहिक, करार र सहकारी खेतीको अवधारण अघिसारेको थियो । तर, ऐन नभएका कारण कार्यान्यनमा आउनपूरा पढ्नुहोस्


हस्तकला उद्योगलाई भ्याइनभ्याइ

जेठ १२, बेनी, म्याग्दी म्याग्दी बेनी नगरपालिका–५ पुलाचौरका महिलाले सञ्चालन गरेको हस्तकला उद्योगमा सामग्री उत्पादनका लागि भ्याइनभ्याइ भएको छ ।  पुलाचौर स्वीटर उत्पादक संघमा आवद्ध महिला उद्यमीले तीन कोठे भवन निर्माण गरी हस्तकला उद्योग सञ्चालन गरेका हुन् । उद्योगमा ऊनीका स्वीटर, गलबन्दी, टोपी, ट्राउजर, कुर्ता सुरुवाल, स्कुल पोशाकलगायत विभिन्न हस्तकलाका सामग्री उत्पादन हुँदै आएका छन् ।  गरिबी निवारण कोषको सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रद्वारा सञ्चालित द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनाले पुलाचौरका उद्यमीलाई ऊनीका कपडा बुन्ने मेटिङ मेसिन लगायत रु १२ लाख ३० हजार बराबरको सामग्री र कच्चा पदार्थ सहयोग गरेको छ ।  उद्यमीले सामूहिक रुपमा कपडा र हस्तकलाका सामग्रीपूरा पढ्नुहोस्


सिउरुङ महोत्सव शुरु

जेठ १२, मस्र्याङ्दी, लमजुङ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मस्र्याङदी गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ सिउरुङमा तीन दिने महोत्सव शुरु भएको छ । विगतका वर्षझैँ यसपटक पनि शुक्रबारवाट ११ आँै सिउरुङ महोत्सव शुरु भएको हो । ग्रामीण होमस्टे प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र संबद्र्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको महोत्सव मूलआयोजक समितिले जनाएको छ । महोत्सव उद्घाटन गर्दै प्रदेशसभा सदस्य धनन्जय दवाडीले मुलुकको विकास र समृद्धिका लागि ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने गरी सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नेता जमिन्द्रमान घलेले पर्यटन व्यवसायमा पछिल्लो समय होमस्टेको निकै चर्चा भएको उल्लेख गर्दै अब सुधारिएको होमस्टे सञ्चालन हुनुपर्नेमापूरा पढ्नुहोस्


धानबालीमा मरुवा रोग

जेठ १२, ललितपुर धानबालीमा लाग्ने मरुवा रोग नियन्त्रण हुन नसक्दा किसानले पर्याप्तमात्रामा उत्पादन लिन सकेका छैनन् । शुरुमा पातमा देखिने रोग फैलिएर पूरै बोट नष्ट गर्ने कृषि विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुलीले बताउनुभयो । मरुवा(ब्राल्ट) अहिले धानबालीमा लाग्ने सबैभन्दा ठूलो समस्याका रुपमा देखिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले पनि लामो समयदेखि मरुवा रोग नियन्त्रणको उपाय खोजे पनि यसको पत्ता लाग्न सकेको छैन, उहाँ भन्नुहुन्छ, “हामी रोग अवरोधक जात विकास गर्न अनुसन्धान गरिरहे पनि नतिजा निस्केको छैन ।” पहिले सानो स्वरुपमा देखिए पनि यो रोगले बिस्तारै ठूलो स्वरुप लिइने प्राविधिक पराजुलीले बताउनुभयो । रोग शुरु हुँदा पातमा सिसाकलमलेपूरा पढ्नुहोस्


हनुमन्ते सरसफाइबाट १० टन फोहर संकलन

जेठ १२, भक्तपुर २०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सफाइ अभियान सञ्चालन भएको भक्तपुरमा १३ औं हप्ताको हनुमन्ते सरसफाइमा आज १० टन फोहर संकलन गरिएको छ । भक्तपुर र चाँगुनारायण नगरपालिकाको संगमस्थल ब्रम्हयणीस्थित खोलामा सरसफाइ गरिएको हो । हनुमन्तेको मुहान चाँगुनारायण नगरपालिकाको नगरकोट भए पनि ब्रम्हयणीसम्म सफा बग्दै आएको हनुमन्ते ब्रम्हयणीदेखि भने फोहर थु्प्रिन थालेको हो । हनुमन्ते सफाइ अभियानमा प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायत २८ वटा विभिन्न संघ संस्था र भक्तपुरका चारैवटा नगरपालिकाका बासिन्दा गरी ५५० जनाको सहभागितामा आज १० टन फोहर संकलन भई व्यवस्थापन गरिएको हनुमन्ते सफाइ अभियन्ता पुष्कर गजुरेललेपूरा पढ्नुहोस्