Main Menu

Thursday, May 24th, 2018

 

राजविराज विमानस्थल एक दशकपछि पुनः सञ्चालनमा

जेठ १०, राजविराज पटक पटक उडान सञ्चालन तथा स्थगन हुँदै आएको राजविराज विमानस्थल एक दशकपछि आजदेखि पुनः सञ्चालनमा आएको छ । विमानस्थलको स्तरोन्नति (धावनमार्ग, ट्याक्सी–वे, तथा एप्रोन ‘पार्किङ’ कालोपत्रे) गरेपछि श्री एयरलाइन्सको ५० सिट यात्रु क्षमताको ‘नाइन ए एएमए’ कल साइन भएको विमानले औपचारिक उडान शुरु गरेको हो । विमानस्थलको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले विमानस्थलको नियमित रुपमा उडान सञ्चालनको सुनिश्चितता गरिने उल्लेख गर्नुभयो । पर्यटनमन्त्री अधिकारीको १०० दिने कार्ययोजनामा राजविराज र साँफेबगर विमानस्थल स्तरोन्नति गरी उडान शुरु गरिने उल्लेख छ । आफ्नो कार्ययोजना अवधिअघि नै काम सम्पन्न भई उडान शुरु भएकामा खुशी व्यक्त गर्दै मन्त्रीपूरा पढ्नुहोस्


विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

जेठ १०, काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ । संघीयताको कार्यान्वयनका क्रममा ती विश्वविद्यालयलाई आफ्नो प्रदेशमै रहेका केन्द्रीय कार्यालयबाट प्राज्ञिक र शैक्षिक कार्य सञ्चालन गराउन मन्त्री गिरिराजमणि पोखरेलस्तरको निर्णयबाट सम्पर्क कार्यालय खारेज भएको उहाँका निजी सचिव पुष्प ढकालले जानकारी दिनुभयो । काठमाडौँ बाहिर केन्द्रीय कार्यालय भएका विश्वविद्यालयका पदाधिकारीले सम्पर्क कार्यालयबाट पनि काम गर्दै आएकामा अब त्यो क्रम रोकिएको छ । ती विश्वविद्यालयको ऐनमा व्यवस्था नभएको तथा आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनको सहजताका लागि यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ । विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयकोपूरा पढ्नुहोस्


पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ – प्रचण्ड

जेठ १०, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँचवर्षसम्म सञ्चालन हुने र कसैले हल्लाएर नहल्लिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “नौ महिना, एकवर्ष, दुई वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भयो । सुविधाजनक बहुमत वर्तमान सरकारसँग छ । लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार स्थिररुपमा पाँचवर्षसम्म यो सरकार टिक्छ । यसमा ढुक्क रहन म आग्रह गर्छु ।” नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२आैँ स्थापना दिवस समारोहलाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्व र स्थिरताका लागि जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र केन्द्रमा समेत सुविधाजनक बहुमत हुने गरी मतपूरा पढ्नुहोस्


मन्त्री यादवद्वारा कारागार निरीक्षण

जेठ १०, गौशाला प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आज महोत्तरीको जलेश्वरस्थित कारागारको स्थलगत निरीक्षण गर्नुभएको छ । महोत्तरी, धनुषा र सर्लाहीको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा रहेका कैदीबन्दीको अवस्थाबारे जानकारी लिन मन्त्री यादवले स्थलगत निरीक्षण गर्नुभएको हो । निरीक्षणपछि मन्त्री यादवले कारागारको भौतिक संरचना अति जीर्ण, बाढीको बेला डुबानमा पर्ने, अत्यधिक गर्मी, बर्सात र अन्य विभिन्न समस्याको सामना गर्दै कष्टकर जीवन बिताउनु परेको बताउनुभयो । उहाँले कैदीको सुरक्षित बसोबास, क्षमता अभिवृद्धि तथा सीप विकासका कार्यक्रम चाँडै व्यवस्थापन गर्ने बताउनुभयो । मन्त्री यादवले समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । उक्त अवसरमा जेलर शोभेन्द्र ठाकुरलेपूरा पढ्नुहोस्


असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने-मन्त्री अधिकारी

जेठ १०, राजविराज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज विमानस्थलबाट असारको पहिलो साताभित्र नियमित उडान शुरु हुने बताउनुभएको छ । राजविाज विमानस्थलको आज उद्घाटन गर्दै मन्त्री अधिकारीले रनवेसहितको निर्माण भएको राजविराज विमानस्थलमा असारको पहिलो सातासम्म नियमित उडान हुने बताउनुभयो । “यात्रु होस् नहोस्, सधैँ समयमा उडान भर्नुहोस्,” मन्त्री अधिकारीले श्री एयरलाइन्सका प्रमुख सुधिर मित्तललाई निर्र्देशन दिनुभयो । उहाँले धेरैमा चार÷पाँच महिना यस्तो समस्या आउने र त्यसपछि पर्याप्त यात्रु उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो । नियमित समयमा उडान भरेमा श्री एयरलाइन्सको रेकर्ड राम्रो बन्ने र समयमा उडान नभरे रेकर्ड खराब बन्ने उहाँको भनाइ थियो । “नेपाली एयरलाइन्समा यात्रुपूरा पढ्नुहोस्


शिक्षामा लगानीअनुसार प्रतिफल आएन-प्रधानमन्त्री

जेठ १०, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार राम्रो प्रतिफल आउन नसकेको बताउनुभएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को आज उद्घाटन गर्दै उहाँले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि सरकारले सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभयो । मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार कटिबद्ध रहेको पनि उहाँले उल्लेख गर्नुभयो । “अहिले हामी देश विकास गर्नपूरा पढ्नुहोस्


पर्यटकलाई लोभ्याउँदै जलविरे झरना

जेठ १०, रत्ननगर, चितवन भिर, पहरा, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण जलविरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । तस्वीर देख्नेबित्तिकै लोभिने पर्यटक, यहाँ पुग्दा छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधारबिनै पर्यटकको चहलपहल बढेको जलविरे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो केही वर्षको प्रयासमा शौचालय, चेन्जिङ रुम, पौडी पोखरी, पार्क र सिँढी निर्माणले आकर्षण थपे पनि अझै पूर्वाधार निर्माण र उचित प्रचार हुन सकिरहेको छैन । पर्यटक यहाँ स्वतःस्फूर्त रुपमा आउँछन् । भारतबाट समेत आनन्द लिन यहाँ पर्यटक आउने गरेका छन् । झरना घुम्दै गरेका भारत रक्सौलका अमर सिंह भन्नुहुन्छ, “झरनामा आइपुग्दा छुट्टैपूरा पढ्नुहोस्


मनाङका विद्यालय धमाधम आवासीयमा रुपान्तरण हुँदै

जेठ १०, मनाङ गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको महसुस गर्दै मनाङका विद्यालय आवासीय बन्दै छन् । यस जिल्लामा रहेका चारवटा माविले यस कार्यको अवधारणा ल्याएको हो । विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुने र स्थानीय भन्दा बाहिरी विद्यार्थीले विद्यालय धान्नुपर्ने भएकाले आवासीय बनाउन आवश्यक रहेको लोकप्रिय माविका प्रधानाध्यापक सुरेश थापाले बताउनुभयो । हिमाली जिल्ला भएकाले यहाँका विद्यालयमा विद्यार्थीको संख्या कम हुनु र भौगोलिक विकटताले विद्यार्थीलाई विद्यालयसम्म आउन जान समस्या भएकाले पनि आवासीय विद्यालयको आवश्यकता रहेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताउनुभयो । चामे गाउँपालिकाअन्तर्गत रहेको लोकप्रिय मावि आवाशीय विद्यालय भइ सकेको छ । अरु तीन विद्यालय निस्याङ गाउँपालिकाअन्तर्गत रहेको अन्नपूर्ण माविपूरा पढ्नुहोस्


(Untitled)

जेठ १०, भक्तपुर भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४\७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ । यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । गत २०७४ साल असार अन्तिममा प्रथम नगरसभाले चालू आवका लागि कूल रु एक अर्ब ५ करोड ५५ लाख बजेट पारित गरेको थियो । नगरपालिकाले ‘देकोमिवा इटापाके आवास योजना’को लागि पुनःनिर्माण प्राधिकरणसँग रु १० करोड ऋण लिएर त्यसलाई पनि आम्दामीमै राखेको छ । नगरपालिकाले सञ्चालन गरेको ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययनपूरा पढ्नुहोस्


कर नबुझाउनेलाई कारवाही

जठ १०, लहान आन्तरिक राजश्व कार्यालय लहानले आर्थिक वर्ष २०७४÷७५ मा १२ करदातालाई कारवाही गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका छजना करदातामाथि कानूनी कारवाहीस्वरुप जग्गा रोक्का गरिएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस्तै कर नतिर्ने अन्य छजना करदातामाथि कारवाही गरी रु ३८ लाख ८८ हजार जरिवाना स्वरुप राजश्व संकलन गरिएको छ । आन्तरिक राजश्व कार्यालयले चालू आवको १० महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । सगरमाथा अञ्चलको छवटै जिल्लामा कार्यक्षेत्र भएको आन्तरिक राजश्वले चालू आवमा रु एक अर्ब ३३ करोड ६३ लाख ६७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकामापूरा पढ्नुहोस्