Main Menu

Wednesday, May 23rd, 2018

 

कृषिको आधुनिकीकरणमा इजरायले सहयोग गर्ने

जेठ ९, काठमाडौँ नेपालका लागि इजराइलका राजदूत बेनी ओमरले नेपालको कृषि प्रविधिको आधुनिकीकरण र उत्पादनको व्यवसायीकरणको क्षेत्रमा नेपाललाई सहयोग गर्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले कृषिप्रधान देशको आर्थिक समृद्धि हासिल गर्न यस क्षेत्रको आधुनिकीकरण गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “नेपालको कृषि क्षेत्रको प्रवद्र्धन र विकासका लागि आफ्नो देश सबै खालको सम्भाव्यता अध्ययन गरी सहयोग गर्न तयार छ ।” कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको कृषिको आधुनिकीकरण र पर्यटन विकासका लागि दुई देशबीच बलियो सहकार्यको आवश्यकता रहेको उल्लेख गर्नुभयो । द्विपक्षीय व्यापारलाई अभिवृद्धि गर्न, व्यापार र वाणिज्यमा हुने नवीन कुराको आदानप्रदान गर्न,पूरा पढ्नुहोस्


प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक

जेठ ९, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले आज सम्पत्ति सार्वजनिक गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा ४२ लाख रुपैयाँबाहेक बाँकी सबै सम्पत्ति श्रीमती राधा शाक्यको नाममा रहेको देखाइएको छ । रु ४२ लाख भने प्रधानमन्त्री ओलीले तलबमार्फत आर्जन गरेको भनी उल्लेख गरिएको छ । यस्तै, श्रमती राधाको नाममा भक्तपुरमा डेढ रोपनी र झापामा १० कठ्ठा जमिन रहेको छ । भक्तपुरमा एक रोपनीमापूरा पढ्नुहोस्


शिक्षामा विज्ञान र प्रविधिलाई जोड्न माग

जेठ ९, काठमाडौँ शिक्षामा विज्ञान र प्रविधिलाई जोड्न शिक्षाक्षेत्रसँग सम्बन्धित विज्ञले माग गरेका छन् । नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आज आयोजना गरेको कार्यक्रममा विज्ञले विज्ञान र प्रविधिको अध्ययन एवं अनुसन्धानमा राज्यको कम लगानी भएको गुनासो गरे । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई गहिरोसँग नपक्डी सन् २०२२ सम्म नेपाल विकासशील देशको सूचीमा उक्लन नसक्ने बताउनुभयो । “खोज अनुसन्धानलाई विकाससँग जोड्नुपर्छ, मन्त्रालयले अनुसन्धानका लागि छुट्याएको बजेट कार्यविधिका कारण खर्च हुन सकेको छैन, त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने अध्ययन भइरहेको छ,” उहाँले भन्नुभयो । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले स्रोतको अभावमा अनुसन्धान गर्न नसक्नेपूरा पढ्नुहोस्


भरतपुर अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाइने

जेठ ९, चितवन जिल्लाको सदरमुकाम भरतपुरमा रहेको भरतपुर अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाइने भएको छ । अस्पताललाई प्रादेशिक मेडिकल कलेज बनाउने योजनालाई प्रदेश नं ३ ले आउँदो वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा समेट्ने भएको छ । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले यस प्रदेशमा उत्कृष्ट अस्पतालकारुपमा भरतपुर अस्पताल देखिएकाले यसलाई प्रादेशिक मेडिकल कलेजकारुपमा विकास गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार यो अस्पतालको भौतिक संरचना, बिरामीको चाप, देशको मध्यभागमा अवस्थिति, यातायातको सहजता र गुरुयोजनाअनुरुप काम भइरहेकाले मेडिकल कलेज बनाउन उपयुक्त छ । उहाँले भन्नुभयो, “प्रदेश सरकारको नीति तथा कार्यक्रममा यस अस्पताललाई मेडिकल कलेज र हेटौँडा अस्पताललाई प्रदेशस्तरकोपूरा पढ्नुहोस्


३५ बुँदे कार्ययोजना सार्वजनिक

जेठ ९, काठमाडौँ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सन् २०३० सम्म सबै किसिमका लैङ्गिक विभेद अन्त्य गर्ने लक्ष्य राखेको छ । वर्तमान सरकार गठन भएयता भएका कार्यप्रगति तथा भावी कार्ययोजना सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा हिंसा पीडित महिलाको दीर्घकालीन पुनःस्थापनाका लागि काठमाडौँमा मंगला–सहाना पुनःस्थापना केन्द्र सञ्चालन गरिएको जानकारी दिइयो । कार्यक्रममा मन्त्रालयले भविष्यमा अवलम्बन गर्ने ३५ बुँदे कार्ययोजना पनि बाहिर ल्याएको छ । राष्ट्रिय लैंगिक समानता नीति २०७५ को मस्यौदा अन्तिम चरणमा पुगेको, बालबालिकाको सुरक्षा, विकास तथा सहभागिता अभिवृद्धि गर्न बालबालिकासम्बन्धी ऐन, २०४८ प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा गरी सम्बन्धित मन्त्रालयमा पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।पूरा पढ्नुहोस्


पुस्तकालय र आकस्मिक कक्ष सञ्चालन

जेठ ९, भक्तपुर स्थानीय तहमा आफू निर्वाचित भएको एक वर्ष पुगेका अवसरमा भक्तपुर नगरपालिकाले जनस्वास्थ्य कार्यालयको आकस्मिक कक्ष र जनज्योति पुस्तकालयको मंगलबार उद्घाटन भएको छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नगरपालिकाले वडा नं २ स्थित देको–मिवा–इटापाके आवास योजनाको कार्यालय रहेको भवनमा सञ्चालनमा ल्याएको जनज्योति पुस्तकालयको उद्घाटन गर्नुभयो । सिसी क्यामरासमेत जडान गरिएको उक्त पुस्तकालयमा साहित्य, दर्शन, इतिहासलगायत नेपाली र अंग्रेजी भाषाका करीब रु पाँच लाख बराबरका नयाँ र पुराना पुस्तक राखिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । त्यसैगरी प्रमुख प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाद्वारा च्यामसिंहमा सञ्चालित जनस्वास्थ्य केन्द्रमा सञ्चालित आकस्मिक कक्षको उद्घाटन गर्नुभयो । पच्चीसपूरा पढ्नुहोस्


बीस करोडको लागतमा अक्सिजन उद्योग स्थापना गरिने

जेठ ९, त्रिशूली, नुवाकोट जिल्लामा पछिल्लो समय ठूला लगानीका उद्योग स्थापना हुने क्रम बढेको छ । विदुर नगरपालिका–५ पिपलटारमा ठूलो लगानीको अक्सिजन उद्योग स्थापना गरिने भएको छ । पिपलटारमा स्थापना हुन लागेको सिद्धिगणेश अक्सिजन उद्योग प्रालिले वातावरणीय प्रभावको विषयमा सार्वजनिक सुनुवाइ गरी उद्योग स्थापनाको विषयमा स्थानीयवासीसँग छलफल गरेको छ । उद्योग स्थापना गर्नुअगाडि गर्नुपर्ने सार्वजनिक सुनुवाइको आयोजना गर्दै कम्पनीले उद्योगबाट पर्न सक्ने असर तथा प्रभावको विषयमा जानकारी गराएको कम्पनीका सञ्चालक दीपक खतिवडाले जानकारी दिनुभयो । रु २० करोड लगानी गरी ५६ जनालाई रोजगारी दिने उद्देश्यका साथ उद्योग स्थापना गर्न लागेको हो । स्थानीयवासीलाई प्राथमिकतामा राखेर रोजगारी दिने तथा कम्पनीका तर्फबाटपूरा पढ्नुहोस्


बाँध निर्माण नहुँदा रौतहट डुब्ने खतरा

जेठ ९, गौर, रौतहट गत साउनको अन्तिममा आएको बाढीले डुबानमा परेको रौतहट यसपालिको वर्षामा पनि डुबानमा पर्ने हो कि भन्ने त्रास स्थानीयवासीमा बढेको छ । सैँतीस जनाको ज्यान जाने गरी आएको बाढीको मुख्य कारक बनेको बकैया नदीको बाढीले सो नदीको विभिन्न स्थानबाट बाँध फुटेपछि गाउँ गाउँमा बाढी पसेको थियो । बाढीले रौतहटको ८० प्रतिशत भूभाग पूर्ण रुपमा प्रभावित बनेको थाहा हुँदाहुँदै पनि ती भत्किएको बाँध अझै पनि निर्माण हुन सकेका छैनन् । सो नदी नियन्त्रण गर्न जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय परवानीपुर बाराको चरम लापरवाहीको कारण यसपालिको वर्षायाममा पनि सो क्षेत्र फेरि डुबानमा पर्ने खतरा बढेको स्थानीयवासी बताउने गर्छन् ।पूरा पढ्नुहोस्


शिक्षामा २० प्रतिशत बजेट माग

जेठ ९, काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा बजेट बढाउन आफूले पहल गर्ने बताउनुभएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघको आज ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट ल्याउनुपर्ने हुन्छ, त्यो कसरी सम्भव हुन्छ भन्ने बारेमा सरकार प्रयत्नशील रहन्छ भन्नुभयो । उहाँले यसबारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि पहल गरिदिन सरोकार भएकाहरुसँग आग्रह गर्नुभयो । महासंघका अध्यक्ष कृष्ण थापाको नेतृत्वमा गएको प्रमण्डलले केन्द्र, प्रदेश र स्थानीय सरकारले शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने, विद्यालय व्यवस्थापन समितिमा अभिभावकको नेतृत्व न्यूनतम ६० प्रतिशतसम्म प्रतिनिधित्व हुनुपर्ने र सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नतिजामापूरा पढ्नुहोस्


स्वास्थ्य चौकीलाई चार रोपनी जग्गादान

जेठ ९, रामपुर, पाल्पा रामपुर नगरपालिका–८ मा रहेको खालीवन स्वास्थ्य चौकीलाई चार रोपनी जग्गा दानस्वरुप प्राप्त भएको छ । यहाँका दुई घरपरिवारबाट चार रोपनी जग्गादान स्वास्थ्य चौकीलाई गरिएको हो । वडा नं ८ को कालीगण्डकी करिडोर नजिकै कुमराङमा रहेको रु ४० लाख बराबरको जग्गा स्वास्थ्य चौकीको नाममा पास भएको छ । कुमराङ बस्ने स्व झगरसिं रानाको स्मृतिमा श्रीमती टुकीसरा राना, छोरा प्रेमबहादुर रामजाली, टेकबहादुर रामजाली, गमबहादुर रामजाली, पूर्णबहादुर रामजाली र रुपबहादुर रामजालीसहित रामजाली परिवारले रु २५ लाख मूल्य पर्ने दुई रोपनी छ आना जग्गादान गरी मालपोत कार्यालय, रामपुरमा रजिष्टे«शन पास गरी दिनुभएको छ । त्यसैगरी, कुमराङ बस्ने स्व खड्गसिं ठाडामगरकोपूरा पढ्नुहोस्