Main Menu

Sunday, May 27th, 2018

 

चेपाङ बस्तीमा अनिकाल

जेठ १३, चितवन जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको छ । राप्ती नगरपालिका वडा नं १० कोराकका पहलमान चेपाङले सिंगो गाउँमै अनिकाल लागेको बताउनुभयो । जेठ र असार महिना बाँच्न कठिन हुने पीडा सुनाउँदै उहाँले भन्नुभयो, “कसैका पनि घरमा अन्नपात छैन, जंगलमा गिठा भ्याकुर पाइँदैन परिवारलाई के खुवाउने ।” काउलेकी कोपिला चेपाङले पनि दुई छाक खान कठिन भएको बताउनुभयो । श्रीमान्ले ज्याला मजदूरी गरेर ल्याएको थोरै पैसाले खोले फाँडो खाएर बाँच्नु परेको उहाँको गुनासो थियो । एकपूरा पढ्नुहोस्


खानेपानीको हाहाकार

जेठ १३, डडेल्धुरा लामो समयदेखि वर्षा नहुँदा परेको खडेरीका कारण गर्मी बढेसँगै. खानेपानीका मुहान सुक्न थालेका छन् । पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौं पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ । सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका दरले दमकलमा खोलाको पानी ल्याई वितरण गरिरहेको छ । करीब एक हप्तादेखि खानेपानीको चरम अभाव भएपछि नगरपालिकाले जिल्ला सदरमुकामका बासिन्दालाई पानी वितरण गर्न थालेको छ । खानेपानी समस्या देखिएपछि नजीकका खोलाबाट पानी ल्याई वितरण गरिएको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी गराउनुभयो । फागुन–चैतदेखि नै खानेपानीका मुहान सुक्न थालेपछि जिल्लाभर पानीको समस्यापूरा पढ्नुहोस्


प्रमबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ शुरु

जेठ १३, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७५\७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको अहिले जवाफ दिइरहनुभएको छ । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ७ गते सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रममाथि छ संशोधनका सूचना दर्ता भएका छन् । नीति तथा कार्यक्रममाथि ८२ सांसदले भाग लिनुभएको थियो । नीति तथा कार्यक्रममा सरकारले आगामी १० वर्षभित्र नेपाललाई मध्यमस्तरको आय भएको देशकोपूरा पढ्नुहोस्


उपसभामुख तामाङबाट विद्यार्थीलाई सहयोग

जेठ १३, नुवाकोट प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले दिवंगत बुबाआमाको सम्झनामा स्थापित ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत यहाँका तीन विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । क्यान्सर रोगका कारण ज्यान गुमाउनुभएका बुबा शेरबहादुर र आमा राम्री तामाङको सम्झनामा स्थापित उक्त प्रतिष्ठानमार्फत शिवपुरी गाउँपालिकामा रहेका तीन वटा विद्यालयका ११० विद्यार्थीलाई उहाँले शनिबार ती सामग्री वितरण गर्नुभएको हो । शिवपुरी गाउँपालिका वडा नं १ तलाखुको खोलेखर्क आधारभूत विद्यायल, वडा नं ३ लिखुको माङ्चेभुमे प्रावि र शिलाका प्राविमा अध्ययनरत सबै विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन जगाउन र नियमित विद्यालय जान प्रेरित गर्न विद्यालय पोशाक, कापी, कलमलगायतका सामग्री वितरण गरिएकोपूरा पढ्नुहोस्


झाडापखाला नियन्त्रण हुँदैः बिरामी आउने क्रम जारी

जेठ १३, तुलसीपुर, दाङ शान्तिनगर गाउँपालिका वडा नं ३ र ४को पातेटाकुरामा शनिबारदेखि महामारीका रुपमा फैलिएको झाडापखाला नियन्त्रण हुँदै गएको छ । गए राति १ बजेसम्म उपचारका लागि आएका ४१९ मध्ये ४१ गम्भीर बिरामीको राप्ती अञ्चल अस्पताल र तुलसीपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको र अहिले उनीहरुको अवस्था सामान्य रहेको राप्ती अञ्चल अस्पतालले जनाएको छ । अन्य बिरामी भने उपचारपछि घर फर्किसकेका छन् । आज बिहान भने महामारी फैलिएको गाउँबाट प थप ४३ महिला र २५ बालबालिकालाई उपचारका लागि ल्याइएको उपचारमा संलग्न डा किशोर खत्रीले जानकारी दिनुभयो । ती बिरामीलाई शान्तिनगरको चिराघाट स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको छ । गए रातिदेखिपूरा पढ्नुहोस्


तिलिचो तालमा प्रदूषण बढदै

जेठ १३, मनाङ विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको हो । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ मा रहेको यस ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ । सिजन होस् या अफ सिजन यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । तर अब पर्यटकको चापसँगै ताल वरिपरि फोहरका डङ्गुरहरु देखिन थालेका छन् । यस ताल जाने बाटोको छेउछाउमा पर्यटकले खाएका खानेकुराका खोलहरु, सिसाका बोतल, बिस्कुट, मिठाईका कागजले भरिन थालेको छ । मनाङको खांसारदेखि तिलिचो बेस क्याम्प आसपासमा पर्यटकले प्रयोग गरेर फालेका सामान जथाभावी छरपस्ट छरिएको देख्न सकिन्छ । त्यस्तै, बेसक्याम्पबाट तालपूरा पढ्नुहोस्


दलितको हातको पानी खाँदा गाउँ निकाला

जेठ १३, बाजुरा बाजुराको दुर्गममा रहेको हिमाली गाउँपालिका–२ मा बसोबास गर्दै आएका जयलाल बुढाका दम्पतीले दलितको हातको पानी खाएको भन्दै गाउँलेले पीडा दिने गरेकाले सो पीडा सहन नसकी गाउँ छाडेका छन् । वर्षोदेखि गाउँमै बसोबास गर्दै आएका भए पनि केहि वर्षदेखि भने ती दम्पतीले नातीखोला गाउँ छोड्न बाध्य भएका छन् । हिमाली गाउँपालिका–२ नातिखोलामा बस्ने ६० वर्षीय जयलाल बुढाको परिवारलाई दलितको हातको पानी खाएको निहुँमा गाउँबाट लखेटिएको बताइएको छ । स्थानीयवासीले बुढाका दम्पतीलाई हरेक सामाजिक क्रियाकलापमा अलग्याएर गाउँमा बस्न नदिएको बुढाले गुनासो गर्नुभयो । सामाजिक परम्पराअनुसार दलितले छोएकाले कुनै चीज वस्तु खानु हुदैन भन्ने मान्यतालाई तोड्नका लागि एक दलितको हातकोपूरा पढ्नुहोस्


छोराछोरी निजी विद्यालयमा पढाए तलबभत्ता काटिने

जेठ १३, मंगलबारे, इलाम इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ । गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब–भत्ताबाट तीन प्रतिशत रकम कटौती गर्ने भएको हो । कटौती गरिएको रकम गाउँपालिकाको सञ्चित कोषमा जम्मा गरिने बताइएको छ । अध्यक्ष जीतबहादुर राईका अनुसार शिक्षामा भएको असमानतालाई न्यूनीकरण गर्न यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिनेछ । शिक्षकले सरकारी विद्यालयमा पढाउने तर सरकारीबाट कमाएको रकमबाट आफ्ना छोराछोरी निजीमा पढाउने कार्यले सरकारी विद्यालयप्रति विश्वास घटेकाले पनि यस्तो निर्णय गर्नु परेको बताइएको छपूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय चिल्ड्रेन्स थिएटर फेस्टिभल शुरु

जेठ १३, भक्तपुर चारदिने ‘दोस्रो काठमाडौँ अक्षरा इन्टरनेशनल चिल्ड्रेन्स थिएटर फेस्टिभल–२०१८’ शनिबारदेखि शुरु भएको छ । काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कूलको आयोजनामा शुरु भएको सो फेस्टिभलमा नेपालका तर्फबाट आयोजक अक्षरा स्कूलसहित बंगलादेश, डेनमार्क, जर्मनी, भारत, इन्डोनेसिया, पाकिस्तान, रसिया, स्लोभाकिया, श्रीलंका र स्विट्जरल्याण्डका विद्यालयहरुको सहभागिता रहेको छ । फेस्टिभलमा प्रत्येक दिन बिहान ११ र दिउँसो १ बजे विद्यार्थीलाई तथा साँझ ५ बजे वयष्कलाई लक्षित गरेर नाटक प्रदर्शन गरिने बताइएको छ । स्कूलका प्रिन्सिपल अञ्जु भट्टराईले बालबालिकाको नेतृत्व विकासका साथै क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नाटक फेस्टिभल गरिएको बताउनुभयो । अक्षरा स्कूलले ‘संस्कारयुक्त शिक्षा’ भन्ने मूल नारा दिएर विद्यार्थीलाई पठनपाठन गराउँदै आइरहेको छ ।पूरा पढ्नुहोस्


जैविक तटबन्ध निर्माणले तीन सय बढी परिवारको सुरक्षा

जेठ १३, कञ्चनपुर कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का बासिन्दालाई वर्षा शुरु हुनुअगावै सुरक्षित ठाउँमा बस्नका लागि जाने क्रम शुरु भइसक्यो । दोदा नदीमा पानीको बहाव बढेपछि स्थानीय बासिन्दा, बालबालिका, अन्न र लत्ताकपडा बोकेर सुरक्षित क्षेत्रमा जानुपर्ने बाध्यता थियो । “नदीमा आउने बाढीले जग्गा भूक्षय गरी बगाउने र डुबानमा पार्ने भएकाले यहाँका बासिन्दाले बस्ती छाड्नुपर्ने हुन्थ्यो”, स्थानीयवासी पृथु रानाले भन्नुभयो, “विगतको जस्तो नदीले जग्गा बगाउने चिन्ता छैन ।” नदीमा जैविक तटबन्ध निर्माण गरिएपछि जग्गा बगाउने समस्याबाट छुट्कारा पाइएको उहाँले बताउनुभयो । यहाँका स्थानीय बासिन्दाले रु २२ लाख चन्दा संकलन गरी स्वस्फूर्त रुपमा डेढ किलोमिटर लामो जैविक तटबन्ध निर्माण गरेका छन् । “नदीलेपूरा पढ्नुहोस्