Main Menu

Tuesday, May 1st, 2018

 

बिचार/विश्लेषण

पार्टी पुनर्निर्माण र पार्टी एकताको प्रश्न

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास धेरै लामो (६८ वर्ष) भइसक्यो । पछिल्लो समय आन्दोलनप्रति नेपाली जनताको समर्पण, ऐक्यबद्धतामा ठूलै सफलता मिलेको छ । आन्दोलनको वरिपरी व्यापक जनमत तयार भएको छ । नेपाली समाजको बनोट र तात्कालिन अन्तरर्विरोधहरुको आधारमा नेपालको क्रान्तिका कार्यभारहरु– सामन्तवादको अन्त र लोकतन्त्रको प्राप्ति, राष्ट्रिय स्वाधीनताको जगेर्ना र राष्ट्रिय अर्थतन्त्रको निर्माण एवम् समृद्धि हासिल गर्दै समाजवाद र साम्यवादको लक्ष्य हासिल गर्नु रहेको हो । जनयुद्ध र संयुक्त जनआन्दोलनको परिणामस्वरुप सामन्तवादको राजनैतिक प्रतिनिधि संस्था राजतन्त्रको अन्त्य भएको छ । तर, त्यससँग जोडिएका केही आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्धहरु भने अझै कायम छन् । ती सबै समाजवादी क्रान्तिका दौरानमा हल हुँदैपूरा पढ्नुहोस्


लुगा सिउने कलले जीवन घिसार्दै भूकम्पपीडित अवाल

वैशाख १८, भक्तपुर ‘ख्याट ख्याट ख्याट ख्याट………..’ लुगा सिलाउने मेशिन चलाउँदै तीन वर्षअघि भूकम्पले ढालेको जीवन सिलाउने प्रयास गरिरहेकि छिन्, रश्मिला अवाल । भक्तपुर नगरपालिका महाकाली मन्दिरको ठिक पछाडि मच्छेनारायण मन्दिरसँगै रहेको घरको एउटा कोठाको कुनामा लुगा सिउने मेशिन चलाउन व्यस्त छिन् उनी । त्यही कोठाको अर्को कुनामा खाना पकाउने ग्यास र चुलो । दायाँबायाँ दुई वटा साना खाट, सँगै जोडेर राखिएको दराज, नजिकै पानीको ड्रम । एउटै कोठामा चारजनाको सिंगो परिवार अटाएका छन् खाँदिएर । विसं २०७२ वैशाख १२ गतेको ‘गोरखा’ भूकम्पले मूलढोकामा रहेको आफ्नै घर भत्काएर पुरिएको पाँच महिनाको बालक सोनिसलाई २२ घण्टापछि नेपाली सेनाको उद्धार टोलीले जीवितैपूरा पढ्नुहोस्


करोडौँको पुल निर्माण अलपत्र

वैशाख १८, बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका हुँदै छिमेकी जिल्ला बाजुरा र खप्तड राष्ट्रिय निकुञ्ज जोड्ने करोडौँ रुपैयाँ लागतमा निर्माण हुने भनिएको तमैल पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ । ठेकेदार कम्पनीसँग भएको सम्झौताअनुसार आउँदो असार मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने सेती नदीको तमैलमा निर्माण हुने पक्की पुलको काम अहिलेसम्म शुरुआत हुन नसकेपछि निर्माण कार्य अलपत्र परेको हो । तीन वर्ष अगाडि एचके कन्स्ट्रक्सन प्रालिले तमैलमा २०७५ असार मसान्तसम्म सम्पन्न गर्ने गरी रु ११ करोड २५ लाखको लागतमा पुलको सम्झौता गरेको भए पनि अहिलेसम्म पुलको कुनै पनि कामको थालनी नगरेको स्थानीयवासी करन सिंहले बताए । निर्माण कार्यपूरा पढ्नुहोस्


समयमै तलब नदिने सञ्चार संस्था बन्द गरिन्छ : महासंघ

वैशाख १८,  काठमाडौँ कर्मचारी तथा पत्रकारलाई समयमै तलब नदिएको भन्दै नेपाल पत्रकार महासंघले ‘नेपाल एफएम’मा मागपत्रसहित कालो तुल टाँगेको छ । विश्वभर १२९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै गर्दा पत्रकार महासंघका महासचिव रमेश विष्ट नेतृत्वको टोलीले कालो तुल टाँगेको हो । नियमित तलब र लामो समयसम्मको बक्यौताको भुक्तानीका लागि व्यवस्थापनलाई दवाव दिन आन्दोलनमा उत्रनाको विकल्प नरहेको महासचिव विष्टले बताए । उनले भने, “श्रमजीवीको हकहितका लागि महासंघले कसैसँग सम्झौता गर्दैन, परी आए सञ्चार संस्थामा तालाबन्दी गरिन्छ ।” विगतमा सञ्चार संस्था बन्द हुँदा जनताको सूचनाको हक कुण्ठित हुने बहानामा बन्द गर्न पाइन्न भन्ने रहे पनि अहिले सूचना पाउने अन्य धेरै माध्यम भएकालेपूरा पढ्नुहोस्


मजदुर दिवस बारे केही तथ्यहरु

वैशाख १८, काठमाडौं आज अन्तर्राष्ट्रिय मजदुर दिवस हो । विश्वभरका मजदुरहरुले आज आफ्नो महत्वपूर्ण दिवस बिभिन्न कार्यक्रमका साथ मनाइरहेका छन् । नेपालमा पनि बिभिन्न श्रमिक सङ्गठन तथा कम्युनिष्ट पार्टीहरुले यो दिवस मनाइरहेका छन् । कम्युनिष्ट आन्दोलन रक्षात्मक बनिरहेको अहिलेको समयमा श्रमिक दिवसको महत्व थप बढ्दै गइरहेको छ । किनकि, कम्युनिष्ट आन्दोलनले क्रान्तिको चालक शक्तिको रुपमा श्रमिक वर्गलाई मान्दछ र समाजमा विद्यमान शोषणको जरालाई समूल नष्ट गरी शोषण रहित समाज निर्माण गर्नका लागि श्रमिक वर्गको एकता र बलमा आन्दोलन गरी समाजवादी क्रान्ति गर्ने र उनीहरुकै अधिनायकत्वमा वैज्ञानिक समाजवादी शासन व्यवस्था र समाज स्थापना गर्नुको विकल्प नभएको मार्क्सवादले सिकाएको छ । तर,पूरा पढ्नुहोस्


दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु

दक्षिण कोरियाले उत्तर कोरियाविरुद्धको प्रचार कार्यालय हटायो

वैशाख १८, सोल दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ । उक्त प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले सोमबार नै गराएको थियो । दक्षिण कोरियाको सैनिक स्रोतलाई उद्धृतगर्दै दिइएको समाचारमा सीमा क्षेत्रबाट उक्त कार्यालय मङ्गलबार हटाइएको बताइएको छ । उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा दक्षिण कोरियाले विगत लामो समयदेखि यस्तो प्रचार कार्यालय राखेर उत्तर कोरियाका बिरुद्धमा प्रचार गर्दै आएको थियो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले एक सैनिक समूह राखेर उत्तर कोरियाका विरुद्धमा प्रचार गर्ने गरेको थियो । उक्त क्षेत्रमा ठूलो आवाजका साथ माइक लगाएर उत्तरका विरुद्धमा दक्षिणपूरा पढ्नुहोस्


ज्यालामा विभेद भोग्दै रोल्पाका महिला मजदूर

वैशाख १८,रोल्पा श्रीमानले रेखदेख नगरेपछि नौवर्ष अघि दुई शिशु च्यापेर सदरमुकाम लिवाङ आएकी रोल्पा गुम्चालकी ५० वर्षीया रुपसरी विष्ट ज्याला मजदूरी गरेर दैनिकी चलाइरहेकी छिन् । बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म काम गरेबापत उनले दैनिक रु ४५० ज्याला पाउँछिन् । जोखिमपूर्ण शारीरिक श्रम गरेपनि उनलाई दैनिक ज्यालाबाहेक अन्य सुविधा केही छैन । ज्यालाको रकम दुई छोराछोरी पढाउने, डेरा भाडा तिर्ने तथा साँझ बिहानको जोहो गर्नमा खर्च गर्छिन् । श्रीमानले अर्को विवाह गरेर हिँडेपछि दुईवर्ष अघि सदरमुकाम लिवाङ आई ज्याला मजदूरी गरिरहेकी रोल्पा माडीचौरकी जुनकुमारी बुढाको दैनिक ज्याला रु ५०० छ । छोराछोरी पढाउने, डेरा भाडा तिर्ने तथा साँझ बिहानको छाकपूरा पढ्नुहोस्


२ नं.प्रदेशमा बागी उम्मेदवार उठे प्रेस सेन्टरले कार्वाही गर्ने

वैशाख १८, काठमाडौं आगामी २०७५ वैशाख २२ सम्पन्न हुन गइरहेको पत्रकार महासंघको २ नं. प्रदेशको अधिवेशनमा प्रदेश समितिका लागि हुने निर्वाचनमा प्रेस सेन्टर नेपालको तर्फबाट उम्मेदवारहरु घोषणा गरिएको छ । समितिले हिजोको मितिमा जारी गरेको प्रेस विज्ञप्तिमा महासचिव पदमा मणिलाल विश्वकर्मा, खुल्ला सदस्य पदमा शैलेन्द्र झा र जनजाति सदस्य पदमा जगत राईलाई उम्मेदवार चयन गरिएको जनाइएको छ । यसअघि २०७५ वैशाख ४ गते तीन ठूला पत्रकार संघहरु प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबिच औपचारिक रुपमा निर्वाचनमा संयुक्त प्यानल बनाई जाने सम्झौता भएको थियो । यस अनुसार प्रदेश महासंघबाट समितिमा कोको कुनकुन पदमा निर्वाचित हुँदैछन् भन्ने कुरापूरा पढ्नुहोस्


एउटा कुवाको भरमा दुईसय परिवार

वैशाख १८, रामपुर, पाल्पा पाल्पाको रामपुर नगरपालिका दर्छाका वडा नं ३ र ४ का माथिल्लो भेगका स्थानीयवासी वर्षौंदेखि चरम खानेपानीको समस्यामा छन् तर अहिलेसम्म उनीहरुको गुनासो सुनिदिने कुनै निकाय छैन । गाउँमा रहेको एक मात्र धबादी कुवाबाट मौलाथर, बाँझोबारी, टुभाक, पुरनथरलगायतका २०० एक घरपरिवारका स्थानीयवासीले निकै कष्टसँग खानेपानी उपभोग गर्दै आइरहेको वडा नं ४ का वडासदस्य तीर्थबहादुर रानाले बताए । उनी आफैँ पनि खानेपानीको लागि गाउँगाउँमा पुगेर कुवामा पानी खोजेर जीविका चलाउँदै आएका छन् । नगरपालिकामा खानेपानी समस्याका विषयमा कुरा उठाए पनि अहिलेसम्म यस सम्बन्धमा सुनुवाइ हुन नसकेको उनको गुनासो छ । “नगरपालिकामा खानेपानीको समस्या समाधानबारे जानकारी गराउँदा सानो रकमलेपूरा पढ्नुहोस्


मनहर्वाका मुसहर पुरुषको औषत आयु मात्र ४० वर्ष

१८ वैशाख, गौशाला महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर (दलित) हरु ४० वर्षभन्दा बढी बाँच्दैनन् । जम्मा १२५ घरधुरी रहेको त्यहाँका मुसहर समुदायका पुरुषको औषत आयु मात्र ४० वर्ष रहेको मनहर्वा बस्तीका महिला मुसहरले बताएका छन् । उनीहरुले मनहर्वाका मुसहर दैनिक अत्यधिक रक्सी खाने गरेका कारण उनीहरु ४० वर्षभन्दा बढी बाँच्ने नगरेको स्थानीय मुसहर महिला निर्मला सदाले बताइन् । त्यहाँका मुसहर बिहान उठ्ने बित्तिकै रक्सी खाने, दिनभरि काम गर्ने, काम गर्दागर्दै दिउँसै रक्सी खाने र फेरि बेलुका कमाएर ल्याएको पैसाको रक्सी खाएर सुत्ने गरेका कारण उनीहरु ४० वर्षमै मर्ने गरेको स्थानीय तुलसी सदाले बताइन् । दुई वर्ष पहिले मात्रपूरा पढ्नुहोस्