Main Menu

Saturday, May 12th, 2018

 

सीमा स्तम्भ भरपर्दो र विश्वसनीय हुनुपर्दछ-पासाङ र प्रचण्ड

वैशाख २९,  काठमाडौं दुई दिने औचापरिक भ्रमण सकाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार अपरान्ह स्वदेश फर्किएका छन् । नेपाल भ्रमण रहँदा मोदीको आलोचना त भइरह्यो नै उनीसँग नाकावन्दी, सीमा समस्या लगायतका विषयमा धारणा नराखेको भन्दै नेपाली नेताहरुको पनि आलोचना भएको छ । सार्वजनिक कार्यक्रम तथा दुई पक्षीय भेटहरुमा अन्य नेताहरुले नाकाबन्दी र सीमा समस्याका बारेमा प्रष्ट धारणा नराखे पनि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट धारणा राखेका छन् । नाकाबन्दीको क्रममा आपूर्तिमा भएको अवरोध स्मरण गराउँदै उनीहरुले सीमा समस्या गम्भीर रुपमा उठाएका छन् । सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अर्नर लिएर उपराष्ट्रपतिलाई भेट्नपूरा पढ्नुहोस्


मलेसियाका पूर्वप्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध

 वैशाख २९, क्वालालम्पुर मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिनु भएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो । हालै सम्पन्न निर्वाचनमा रजाकको पार्टी पराजित भएको थियो भने उहाँले सत्तामा रहदा शक्तिको दुरुपयोग गरेको अरोप लगाइएको छ । विभागले रजाकसँगै उहाँकी श्रीमती रोश्मा मनसुरलाई पनि देशबाट बाहिरिन प्रतिबन्ध लगाएको जनाएको छ । विभागले आफूहरुलाई देशबाट बाहिरिन प्रतिबन्ध लगाएको सार्वजनिक भएपछि ट्वीट गर्दै नाजिबले लेख्नु भएको छ, “म र मेरो परिवारलाई मलेसियाका आप्रवासन विभागले देश छाड्न प्रतिबन्ध लगाएको बारेमा मलाई पहिले नै थाहा थियो ।” उहाँले थपपूरा पढ्नुहोस्


मोदी र देउवाबीच भेटवार्ता

वैशाख २९, काठमाडौँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ । भारतका प्रधानमन्त्री मोदीसँग पूर्व प्रधानमन्त्री देउवाले आज अपराह्न होटल हायातमा भेटवार्ता गर्नुभएको हो । भेटमा वरिष्ठ काँग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत, नेता अर्जुननरसिंह केसीलगायतका नेता सहभागी हुनुहुन्थ्यो । दुई नेताबीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाएको भेटपछि नेका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सञ्चारकर्मीलाई बताउनुभयो । भारतीय प्रधानमन्त्रीको यसपटकको नेपाल भ्रमणमा धार्मिक पर्यटन र धार्मिकपूरा पढ्नुहोस्


३० वडा सचिवविहीन

वैशाख २९, दाङ यहाँका स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ । जिल्लाभरका स्थानीय तहका ३० वटा वडा सचिवविहीन अवस्थामा रहेका छन् । कतिपय स्थानमा एकजना सचिवले दुईवटा वडा हेर्दै आएका छन् । यसले गर्दा स्थानीयवासीले सहजरुपमा वडाबाट सेवा पाउन सकेका छैनन् । वडावासीले सम्बन्धित वडाबाट हुने कामका लागि सचिव पर्खन पटकपटक कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । एकजना सचिव भेटाउन करीब साता दिन धाउनुपर्ने र कामका लागि महिना दिनसम्म पनि लाग्ने गरेको स्थानयिवासीले गुनासो गरेका छन् । यसले उनीहरुलाई परिवर्तनको प्रत्याभूतिको साटो झनै समस्या थापिएको महसुस भएको छ । स्थानीय तहमा कर्मचारीको अभावका कारण काम कार्वाही प्रभावकारी हुन सकेको छैनपूरा पढ्नुहोस्


जलाशययुक्त परियोजना सञ्चालन गर्न माग

वैशाख २९, फलेवास पर्वत कालीगण्डकी नदीमा जलाशययुक्त परियोजना सञ्चालनका लागि यस क्षेत्रका स्थानीय तह सहमत भएका छन् । प्रदेश नं ४ अन्तर्गत पर्वत र बागलुङका साथै प्रदेश नं ५ स्थित गुल्मीका स्थानीय तहले संयुक्त रुपमा यस्तो आयोजना अगाडि बढाउन संघीय सरकारसँग माग गरेका हुन् । कालीगण्डकी नदीमा बाँध निर्माण गरी जलाशययुक्त विद्युत् परियोजना सञ्चालन भएमा यस क्षेत्रको विकास तथा राष्ट्रिय समृद्धि हुने भएकाले राष्ट्रिय गौरवको योजनाका रुपमा अगाडि बढाउन स्थानीय तहले संयुक्त रुपमा माग गरेका छन् । पर्वत जिल्लाका कुश्मा नगरपालिका, फलेवास नगरपालिकाका साथै बिहादी गाउँपालिका, बागलुङका जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाले सरकारसँग सो परियोजना सञ्चालनका लागि माग गरेकापूरा पढ्नुहोस्


उपत्यकाबाट ३१ मेट्रिक टन फोहर व्यवस्थापन

वैशाख २९, काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २६१ औँ हप्तामा शंखमूल क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन भयो । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको सुरक्षामा सुरक्षाकर्मी खटिएकाले थोरै सुरक्षाकर्मी सफाइमा सहभागी थिए । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाई, ठकुरी समाजलगायत संस्थाका गरी ४५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियन्ता नारायणकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएकोपूरा पढ्नुहोस्


प्रदेश नं ४ का सभामुख मेडिसिटी न्यूरो अस्पतालमा भर्ना

वैशाख २९, पोखरा प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ । निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीको अहिले ललितपुरस्थित मेडिसिटी न्यूरो अस्पताल भैँसेपाटीमा उपचारार्थ भर्ना गरिएको उहाँका स्वकीय सचिव लोकराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सभामुख अधिकारीको टाउँकोमा रगत जमेको देखिएपछि अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेकोछ । अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा बालगोपाल शर्माको नेतृत्वको टोली उहाँको उपचारमा संलग्न रहेको बताउँदै स्वकीय सचिव आचार्यले भन्नुभयो, “उहाँका स्वास्थ्यमा क्रमिक सुधार भइरहेकोछ ।” शुक्रबार दिउँसो ४ बजे लडेर घाइते हुनुभएका सभामुख अधिकारीलाई उपचारका लागि तत्काल पोखरास्थितपूरा पढ्नुहोस्


हुप्सेकोट हुँदै डेढगाउँ बुङ्गदीकालीसम्मको सडकको द्रुतमार्ग खुल्यो

वैशाख २९, नवलपरासी पूर्वी नवलपरासीको पहाडी क्षेत्रअन्तर्गत हुप्सेकोट झ्यालबास बसेनी रुचाङ हुँदै डेढगाउँ बुंगदीकालीसम्मको सडकको द्रुतमार्ग खोलिएको छ । चालु आर्थिक वर्ष २०७४\०७५ मा हुप्सेकोट र बुंदाकाली गाउँपालिकाको क्रमशः रु ६०\ ६० लाख खर्च गरेर सडकको द्रुतमार्ग खोलिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले जानकारी दिनुभयो । सो दु्रतमार्ग खोलेपछि पहाडी क्षेत्रको तीन वटा स्थानीय तह हुप्सेकोट बुंगदीकाली र बुलिङ्टार गाउँपालिका (साविक १३ गाविस) का जनतालाई राजमार्ग आउन र उत्पादित वस्तुलाई बजारसम्म ल्याउन निकै सजिलो हुने अपेक्षा गरिएको छ । पहाडी क्षेत्रमा सबैभन्दा बढी सडक पूर्वाधारको समस्या रहेकाले सो समस्या केही भए पनि समाधान गर्न र पहाडी क्षेत्रका जनतालाईपूरा पढ्नुहोस्


गुर्जाको तातोपानी कुण्डमा पूर्वाधार निर्माण

वैशाख २९, बाबियाचौर, म्याग्दी धौलागिरि गाउँपालिका एक गुर्जा र ४ नम्बर वडा मुदीको सीमा क्षेत्रमा पर्ने खरिबासमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ । तातोपानीको संरक्षण र पर्यटन विकासका लागि गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयबासीले श्रमदान गरेर पूर्वाधार निर्माण गरेका हुन् । गुर्जा खोलाको किनार र पहाडको फेदीमा रहेको मुहानबाट प्राकृतिकरुपमा निस्कने तातोपानीलाई संकलन गरी स्नानका लागि पोखरी बनाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । करीब १० मिटर लम्बाइ, पाँच मिटर चौडाइ र एक मिटर गहिराइको पक्की पोखरी बनाइएको हो । पोखरीमा एक पटकमा कम्तीमा ३५ जनासम्मले स्नान गर्न सक्ने क्षमता रहेको छ ।पूरा पढ्नुहोस्


बेलौरी–खजुरीया छोटी भन्सारलाई स्तरोन्नति गर्न माग

वैशाख २९, कञ्चनपुर भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा कञ्चनपुरको बेलौरी–खजुरीया छोटी भन्सार नाकालाई स्तरोन्नति गरिनुपर्ने माग गरिएको छ । ७ नं प्रदेशकै प्रमुख नाकाका रुपमा बेलौरी खजुरीयालाई स्थापित गर्न नागरिकस्तरबाट आवाज उठन थालेको हो । विसं २०१९ सम्म कैलाली र कञ्चनपुरको सदरमुकाम समेत रहेको बेलौरीमा भन्सार कार्यालय स्थापना भएको १५५ वर्ष पुगेको छ । ७ नं प्रदेशको राजधानी धनगढीबाट २२ किलोमिटर पश्चिम र कञ्चनपुरको हालको सदरमुकाम महेन्द्रनगरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा रहेको बेलौरीमा भारतसँगको खुला सीमा नाका रहेको छ । बेलौरी भन्सारसँग जोडिएको खजुरियासम्म भारतको नेशनल हाइवे रोड बनिसकेको छ । यता नेपाल तर्फ धनगढीबाट बेलौरी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी राजमार्गपूरा पढ्नुहोस्