Main Menu

Friday, May 4th, 2018

 

अमेरिका उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा

वैशाख २१, सोल दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुगेका  छन् । उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच आगामी केही सातामै उच्चस्तरीय वार्ता हुन लागेको समयमा त्यसको अगाडि दक्षिण कोरियाका राष्ट्रपतिका सल्लाहकारले अमेरिकाको भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उनले शुक्रबार अमेरिकी राष्ट्रिय सल्लाहकारलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएका छन् । उनले शुक्रबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका सुरक्षा सल्लाहकारसँग भेटवार्ता गर्ने समाचारमा जनाइएको छ । तर सो भ्रमणका बारेमा सार्वजनिक भने गरिएको छैन । यस भ्रमणका क्रममा उनले हालैमात्र भएको उत्तर कोरियाली नेता किम जोङ उनको दक्षिण कोरिया भ्रमणका समयमापूरा पढ्नुहोस्


एकतामा ढिलाइ गर्नै हुन्न -अध्यक्ष दाहाल

वैशाख २१, काठमाडौँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताएका छन् । ‘कार्ल माक्र्स जन्म द्विशतवार्षिको समारोह समिति’ ले आज यहाँ आयोजना गरेको ‘आजको माक्र्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले नेकपा (एमाले) सँगको एकता केही दिनभित्रमा नै हुने बताए । अध्यक्ष दाहालले यसमा ढिलाइ भए मुलुक पुनः अराजकता र असफलताको भूमरीमा फस्ने बताउँदै कतिपय विदेशी वुद्धिजीवीले नेपाल राष्ट्र नै असफल हुनसक्छ भनी गर्ने गरेका विश्लेषणलाई गलत सावित गर्न एकता गरेर आफूहरुले विश्वलाई नयाँ सन्देश दिन खोजेको छ भने । उनले भने, “पार्टी एकतापछि नेपाल राष्ट्र झन्पूरा पढ्नुहोस्


डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी

वैशाख २१, काठमाडौँ पित्त थैलीको क्यान्सरबाट पीडित भएका वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले जानकारी लिएकि छिन् । डा देवकोटा उपचाररत बाँसबारीस्थित न्यूरो अस्पताल पुगेर आज राज्यमन्त्री अर्यालले जानकारी लिएकि हुन् । राज्यमन्त्री अर्यालले डा देवकोटाको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएकि थिइन् । यसअघि डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलगायतले जानकारी लिएका थिए । बेलायतको एक अस्पतालमा उपचारका लागि पुगेका डा देवकोटा केही दिन अघि मात्रै स्वदेश फर्केका हुन् ।


सेनाले एक हजार ४८ किलोमिटर सडक निर्माण गर्यो

वैशाख २१, काठमाडौँ नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अनुसार ती आयोजना सम्पन्न गर्ने क्रममा हालसम्म एक हजार ४८ किलोमिटर सडक निर्माण भएको छ । नेपाली सेनाले सडक निर्माणको जिम्मेवारी पाएका अधिकांश आयोजना दुर्गम एवं पहाडी जिल्ला रहेका छन् । नेपाली सेनाले सुर्खेत–जुम्ला, नाग्मा–गमगढी, बेँशीशहर–चामे, मुसीकोट–बुर्तिवाङ, बाग्लुङ–बेनी–जोमसोम, जोमसोम–कोरला, छिन्चु–जाजरकोट, सल्यान– मुसीकोट, अबुवा–भच्चेक, गोरखा–आरुघाट सडक निर्माण गरेको हो । काठमाडौँ–तराई मधेश द्रुतमार्ग, गोरखा–मनकामना, हिले–लेगुवा, कटारी ओखलढुंगा, त्रिशूली–सोमदाङ, सातदोबाटो–निवेलबालुवा, देवस्थल कैनाकाडा– चौरजहारी, वाग्मती क्षेत्र ढल निर्माण, चम्पापुर–बराहक्षेत्र वैकल्पिक मार्ग, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना प्रवेश मार्गको ट्रयाक पनि नेपालीपूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय कराँतेमा नेपाली सेनाको अग्रता

वैशाख २१, खोटाङ खोटाङको दिक्तेलमा शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको टोलीले अग्रता लिएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगिताको पहिलो दिनमै सेनाका खेलाडीले तीन स्वर्ण पदक जित्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा बिहीबार दिउँसो शुरु भएकोे प्रतियोगितामा महिला तथा पुरुष समूह काँता र पुरुष एकल काँतामा सेनाका खेलाडीले स्वर्ण पदक हात पारेको निर्णायक टोलीका संयोजक राजेन्द्र कपालीले बताए । संयोजक कपालीका अनुसार बिहीबारै भएको महिला एकल काँता प्रतियोगितामा भारतले स्वर्ण पदक जितेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः रु एकपूरा पढ्नुहोस्


रामपुरमा अनौठो गुफा फेला

वैशाख २१, रामपुर, पाल्पा रामपुर नगरपालिकामा अनौठो प्रकृतिको गुफा फेला परेको छ । रामपुुर नगरपालिका–५ को रामघाटस्थित भुलादीखोलाको भुद्रुङ्गघाटमा अनौठो गुफा फेला परेको हो । स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । करीब १५० मिटर लम्बाइ रहेको गुफा फेला परेको स्थानीयवासी दिनेश कुमालले जानकारी दिएका छन् । गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शंख, विभिन्न भगवानका आकृति, पानीका धारा, पानी पोखरी रहेका छन् । गुफाको भित्री भाग निकै फैलिएकाले गुफाभित्र एक हजार मानिस अट्ने क्षमता रहेको शंकर कुमालले जानकारी दिए । यहाँका १३ जना स्थानीय युवाले आज गुफाको खोजी अनुसन्धानपूरा पढ्नुहोस्


नेकपा (माओवादी) का सिरहा इञ्चार्ज पक्राउ

२१ वैशाख, गाईघाट, उदयपुर उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ । विप्लव माओवादीको नाममा उदयपुर तथा सिरहाका विभिन्न स्थानमा पटक–पटक बम विष्फोट गराउने घटनामा संलग्न र योजनाकारका रुपमा रहेको आरोपमा प्रहरीले राउतलाई खोजी र निगरानीमा राख्दै आएको थियो । बिहीबार विशेष गोप्य सूचनाको आधारमा राउत घरको एक छिमेकीकोमा आएर लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट गएको विशेष सुरक्षाबलले सिरहा इञ्चार्ज राउतलाई पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय, उदयपुरले बताएको छ । पक्राउ परेकापूरा पढ्नुहोस्


रेडक्रस नेतृत्वको पुनःनिर्माण प्रभावकारी

२१ वैशाख, नुवाकोट भूकम्पपछिको अवस्था सामान्य बनाउन तथा क्षति पुगेका संरचनाको पुनःनिर्माण गर्न नुवाकोटमा नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा भइरहेको भूकम्प प्रतिकार्य कार्यक्रम प्रभावकारी बनेको छ । पुनःनिर्माणअन्तर्गत रेडक्रस जिल्ला शाखाले साविकका आठ गाविस काहुले, भाल्चे, मनकामना, हल्देकालिका, लच्याङ, उर्लेनी, सूर्यमती र चतुरालेमा जीविकोपार्जन, खानेपानी तथा सरसफाइ एवं स्वच्छता प्रवर्धन, स्वास्थ्य क्षेत्रमा क्षमता अभिवृद्धिलगायतका सहयोग कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला सभापति सुरतबहादुर चित्रकारले जानकारी दिए । “भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत काहुले र भाल्चेका पीडितलाई आवास निर्माणमा सहयोग पुर्याइरहेका छौँ ।” चित्रकारले भने “विपदबाट संकटापन्न अवस्थामा रहेका बासिन्दाको जीवन सामान्य बनाउन सीप प्रवर्धन तालीमदेखि नगद अनुदानसमेत प्रदान गर्दै आएका छौँ ।” रेडक्रस नुवाकोटले पुनःनिर्माणको जिम्मेवारीपूरा पढ्नुहोस्


तीसजना किसानलाई बाख्रा वितरण

वैशाख २१, सल्यान विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रा वितरण गरेको छ । कपुरकोट–३ मा रहेको जागृती मिश्रित बाख्रापालन समूहका किसानलाई विहीबार उन्नत जातको बाख्रा (पाठी) वितरण गरिएको हो । ३० जना किसानलाई जमुनापारिको क्रस जातको बाख्रा वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । यसका लागि गाउँपालिकाले रु तीन लाख खर्च गरेको छ । अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे । बाख्रा हस्तान्तरण गर्दै सेनले भने, “अनुदानमा पाएको बाख्राको स्याहारसुसारपूरा पढ्नुहोस्


यातायात सञ्चालनमा रोक, जनजीवन प्रभावित

२१ वैशाख, काठमाडौँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ । महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै आज देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ । महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले यातायात राम्रो बनाउनका लागि सरकार, व्यवसायी र उपभोक्ता रहने गरी अधिकार सम्पन्न प्राधिकरणको माग गरिरहेका बेला सरकारले अकस्मात् ढंगले निर्देशिका जारी गरेको भन्दै आफूहरुले सवारी संचालन बन्द गर्नुपरेको बताए । “यातायात क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्ने हाम्रो पनि उद्देश्य हो, तर सरकार बिना छलफल चल्नपूरा पढ्नुहोस्