Main Menu

Sunday, May 6th, 2018

 

एशियाली खेलकूदका लागि बन्द प्रशिक्षण

वैशाख २३, भीमदत्तनगर आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा नेपालबाट सहभागी हुने कबड्डी खेलाडीको बन्द प्रशिक्षण कञ्चनपुरको भीमदत्तनगरमा हुँदैछ । राष्ट्रिय टोलीका लागि दुई दिनअघि १६ खेलाडी छनोट गरी प्रशिक्षण शुरु भइसकेको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारी दिए । “बाइस जना पुरुष खेलाडीबाट छनोट गरेर १६ जना प्रशिक्षणमा छन् ।” मुख्य प्रशिक्षक भाटले भने, “अर्को चरणमा छनोटपछि १२ जनाको सेट टिम बन्छ ।” एक डेढ महिना भीमदत्तनगरमा बन्द प्रशिक्षणपछि खेलाडीलाई वैदेशिक प्रशिक्षणका लागि भारत पठाउने गृहकार्यसमेत भइरहेको उनले जानकारी दिए । “एशियालीमा हामीले स्तर सुधार्नाका साथै एकाध टिमलाई हराउन सक्छौँ ।” भाटले भने, “त्यहाँको अनुभवलेपूरा पढ्नुहोस्


निकुञ्जको जंगलमा आगलागी

वैशाख २३, रसुवा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा आज मध्याह्नदेखि आगलागी भएको छ । प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार ब्राबल पाखा क्षेत्रको त्रिशूली नदी किनारबाट केहीबेर अगाडि अचानक जंगलमा लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणका अधिकृत तथा जवान र निकुञ्जका कर्मचारी जुटेका छन् । डढेलो क्षेत्र अधिकांश भीरपहरामा रहेको र बढी हावाहुरी चलेका कारण नियन्त्रणमा ल्याउन कठिनाइ भएको बताइएको छ । डढेलो नियन्त्रणका लागि सम्भावित ठाउँमा फायर फायरिङ पनि अगाडि बढाइएको छ ।


सिरहा अस्पताल मेसुसहित स्थायी चिकित्सकविहीन

वैशाख २३, लहान सिरहा जिल्ला अस्पताल करारमा रहेका चिकित्सकको भरमा सञ्चालन हुँदैछ । कूल ५० श्ययाको अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट र स्थायी विशेषज्ञ चिकित्सक रिक्त हुँदा करारमा रहेका चिकित्सक तथा प्राविधिकले बिरामीको उपचार गर्दैआएका छन् । अस्पतालमा प्रमुख मेसुसहित कन्सल्टेण्ट पेडिया टिसियन स्त्रीरोग विशेषज्ञ, परामर्श शल्यचिकित्सक, परामर्शदाता हाड शल्यचिकित्सक, परामर्शदाता मनोरोगविशेषज्ञ, कन्सल्टेण्ट एनेस्थियोलोजिष्ट, जनरल फिजिसिएन रेडियोजोलिष्ट एक एक गरी नौ विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि अहिले एक जना पनि स्थायी चिकित्सक छैनन् । अस्पतालमा हाल करारमा रहेका स्त्रीरोगविशेषज्ञ विनय महासेठ र फिजिसियन गंगाप्रसाद यादवलगायत छ चिकित्सकले बिरामीको उपचार गर्दैआएका छन् । अस्पतालका मेसु तथा जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा चुमनलालपूरा पढ्नुहोस्


छोरा नपाएको भन्दै पत्नीलाई मरणासन्न हुनेगरी कुटपिट

वैशाख २३, त्रिपुराकोट, डोल्पा यहाँका ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । पतिको कुटपिटबाट बेहोस भएकी विसराको जुफालस्थित मेडिकलमा उपचारपश्चात् होस खुलेको थियो । दायाँ आँखामा लागेको घाउमा तीन टाँका लगाइएको मेडिकल सञ्चालक बुद्धिबहादुर धरलाले बताए । घाइते रोकायले उपचारपछि होस खुलेपछि विमानस्थल सुरक्षार्थ बसेको प्रहरी चौकीमा आफूलाई यातना दिइरहेकाले ज्यान जोगाइदिन आग्रह गर्दै रोकायले प्रहरीलाई उजुरी दिएकी थिइन् । उजुरीपछि प्रहरीले कुमार शाहीलाई पक्राउपूरा पढ्नुहोस्


लैङ्गिक अल्पसंख्यक–अन्तक्र्रिया

वैशाख २३, इटहरी राइट हेयर राइट नाउको सहयोगमामा ब्लुडाइमण्ड सोसाइटीले आज इटहरीमा आयोजना गरेको ‘समान लिङ्गबीच वैवाहिक सम्बन्ध’ सम्बन्धी अन्तक्र्रियात्मक छलफलमा त्यसको कानूनी हैसियतका लागि आमसञ्चारले वकालत गर्नुपर्नेमा पनि जोड दिएको छ । नेपालको कूल जनसंख्याको कम्तीमा १० प्रतिशत जनसंख्या लैङ्गिक अल्पसंख्यक रहेकामा विद्यमान कानूनले उनीहरुको हक अधिकार निश्नित नगरे पनि यसबारे सकारात्मक सन्देश खबर प्रवाह गरिनुपर्नेमा पनि सोसाइटीका अभियानकर्मीले जोड दिएका छन् । अभियानकर्मी अनुज राई पिटर र सञ्जय शर्माले समान लिङ्गबीचको वैवाहिक सोचाइले मान्यता पाउनु पर्नेमा यौनिक अल्पसंयकहरुले आफ्नो अधिकारको सुनिश्चितता भएको अनुभूति नभएको बताए । सञ्चारमाध्यमकै सहयोगमा पनि धेरै यौनिक अल्पसंख्यक समाजमा खुलेर बाहिर आउन सफल भएकामापूरा पढ्नुहोस्


वीर अस्पतालको सफाइ अभियान

वैशाख २३, काठमाडौँ शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पतालमा आजदेखि सफाइ अभियान चलेको छ । जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको अस्पतालमा करिब सयभन्दा शौचालय भए पनि प्रयोग गर्न सकिने स्थिति छैन । राति फोहोरले भरिएका ती शौचालयबाट बाहिरसम्म फोहोर बगिरहने हुँदा गन्हाएर हिँड्नै नसकिने अवस्था छ । हरेक दिन एक ट्रकभन्दा बढी फोहर अस्पतालबाट निस्कन्छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइयुक्त बनाउन जेठो अस्पतालबाटै एकमहीने अभियान शुरुआत गर्दै भने,‘‘सबै सरकारी अस्पताल आफ्नै सम्पत्ति हो भन्ने सोचेर अभियानमा लागौंँ, शुरु हामीबाटै गर्ने हो, अबको एक महिनामा साँच्चै महसुस गर्नेछौँ ।’’ एकपूरा पढ्नुहोस्


महिला हिंसाविरुद्ध अभियान शुरु

वैशाख २३, रत्ननगर, चितवन मानव बेचबिखन तथा लैंगिक हिंसाका घटना रोक्न चितवनको पदमपुरमा पुरुषलाई नै जिम्मेवार बनाउने गरी अभियान शुरु गरिएको छ । पुरुषलाई बेचबिखन र हिंसाविरुद्ध अभियानमा सहभागी गराउन सके घटना न्यूनीकरण हुने भन्दै चितवनको कालिका नगरपालिकामा मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध ‘म एक जिम्मेवार पुरुष’ अभियान शुरु गरिएको हो । मानव बेचबिखन तथा लैंगिक हिंसा विरुद्धको कार्यक्रमअन्तर्गत पदमपुरको चेतना चेली बहुउद्देश्यीय सहकारी संस्था र कालिका पुरुष रक्षक समूहद्वारा शनिबार पदमपुरमा आयोजित कार्यक्रममा बोल्दै सहभागीले हिंसा र बेचबिखन रोक्न शुरु भएको अभियानमा ऐक्यबद्धता जनाएका छन् । कार्यक्रममा प्रदेश नं ३ का सदस्य घनश्याम दाहालले महिलालाई मनोरञ्जन गर्ने साधनका रुपमापूरा पढ्नुहोस्


खरायो पालेर मासिक २० हजार कमाई

वैशाख २३, सुरुङ्गा, झापा उच्च कुलघरानका मानिसले सोखका लागि पाल्दै आएको खरायो आयआर्जनको गतिलो माध्यम बन्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर झापाको अर्जुनधारा–२ झेलेनीका कवीन्द्र भण्डारीले खरायोलाई आयआर्जनको दरिलो माध्यम बनाएका छन् । भण्डारीले अहिले व्यावसायिक खरायोपालन गरेर आम्दानी गरिरहेका छन् । दश वर्षसम्म वैदेशिक रोजगारीमा दुबईमा रहँदा खासै कमाई गर्न नसकेपछि स्वदेश फर्केका भण्डारीले खरायोपालनका लागि शुरुमा रु ५१ हजार लगानी गरे । चारवटा पोथी र एउटा भाले खरायो किनेर पाल्न शुरु गरेका भण्डारीको घरमा अहिले ७० वटा खरायो छन् । नेपालको अधिकांश पहाडी भू–भागमा पाइने खरायो चारखुट्टे स्तनधारी जनावर हो । जंगलमा घुस्यानहरु जम्मा गरी स–सानापूरा पढ्नुहोस्