Main Menu

Wednesday, May 30th, 2018

 

रुखले किचेर ज्यान गयो

जेठ १६, मंगलबारे, इलाम रुखले किचेर इलाममा मंगलबार एक व्यक्तिको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा माई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो । घर नजिकैको जंगलमा दाउरा काट्ने क्रममा आफैँले ढालेको रुख आफैँतिर ढल्दा देवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । देवानको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । रुखले थिचेर मृत्यु भएको अवस्थामा आफन्तले देवानलाई फेला पारेका थिए ।


बजेटबारे वीरगञ्जको मिश्रित प्रतिक्रिया

जेठ १६, वीरगञ्ज अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷७६ को बजेटलाई औद्योगिक नगरी वीरगञ्जका उद्योगी व्यवसायीले सकारात्मकरुपमा लिएका छन् । उद्योग वाणिज्य संघ, पर्साका अध्यक्ष तथा सांसद ओमप्रकाश शर्माले यो बजेट समग्रमा राम्रो छ भने बजेटमा उद्योगधन्दाका लागि चाहिने ऊर्जालाई प्राथमिकतामा राखेको पक्ष पनि सकारात्मक रहेको बताउनुभयो । उहाँले तर वीरगञ्ज औद्योगिक करिडोरको विकासको बारेमा प्रस्तुत बजेट भने मौन रहेको बताउनुभयो । उद्योग वाणिज्य संघ, पर्साका भूतपूर्व अध्यक्ष तथा उद्योगपति अशोक वैद्यले समग्रमा यो बजेट राम्रो भएपनि यसले व्यापार घाटा घटाउन तथा विदेशी लगानीलाई आकर्षित गर्न नसक्ने बताउनुभयो । उहाँले बजेटमा भारतबाट आयात गरिने गाडीमा भनेपूरा पढ्नुहोस्


गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

जेठ १६, रत्ननगर, चितवन पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको हो । सो ठाउँ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले बेलाबेलामा जंगली जनावर निस्कने र धनजनको क्षति गर्ने गर्छ । राति गैँडाले आक्रमण गरेर गम्भीर घाइते बनाएका उनलाई उपचारका लागि राति १ः१५ बजे कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा ल्याइएको थियो । उनको उपचारकै क्रममा राति नै ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई परीक्षणका लागिपूरा पढ्नुहोस्


महिलाको नेतृत्वमा सामुदायिक भवन

जेठ १६, बाबियाचौर, म्याग्दी बेनी नगरपालिका–६ छापको भगवती टोलका महिलाले सामुदायिक भवन निर्माण गरेका छन् । भगवती टोलमा रहेको डाँडाबारी आमा समूहले निर्माण गरेको सभाहलसहितको सामुदायिक भवनको मंगलबार ११ औँ गणतन्त्र दिवसको अवसरमा उद्घाटन गरिएको छ । वडाध्यक्ष कृष्णबहादुर बानियाँ र सहयोगदाता नारायण महतले भवनको उद्घाटन गर्नुभएको हो । तत्कालीन सांसद विकास कोषको रु एकलाख र बेनी नगरपालिकाको रु दुई लाख अनुदानसहित रु सात लाखको लागतमा भवन निर्माण भएको समूहका अध्यक्ष कमलदेवी खत्रीले बताउनुभयो । भवन निर्माणका लागि महतले रु ८० हजार सहयोगको घोषणा गर्नुभएको छ । जम्मा ३० घरधुरीले एक महिनाका दरले श्रमदान गरेका थिए । स्थानीय चन्द्रबहादुर खत्रीलेपूरा पढ्नुहोस्


फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन पहल

जेठ १६, फलेवास, पर्वत पर्वतको जलजला गाउँपालिका–५, लेखफाँटमा रहेको फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीले पहल थालेका छन् । हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयवासीले पूर्वाधार निर्माण तथा प्रचारप्रसार शुरु गरेका छन् । प्रशस्त पर्यटकीय सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले फलामेडाँडा ओझेलमा परेको छ । समुद्री सतहदेखि दुई हजार ४१५ मिटरको उचाइमा अवस्थित फलामेडाँडाबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि हिमाल, पर्वत, बागलुङ र म्याग्दीका ग्रामीण बस्तीको रमणीय दृष्य अवलोकन गर्न सकिन्छ । फलामेडाँडामा भ्यू टावर निर्माण गर्ने योजना रहेको लोप्रेका युवा पुर्खबहादुर पुर्जा पुनले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको रु ५०पूरा पढ्नुहोस्


टाउकोमाथि पोल खस्दा बालकको मृत्यु

जेठ १६, गौशाला महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा मंगलबार साँझ खेलिरहेको अवस्थामा टाउकामाथि पोल भाँचिएर खस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१, बगडा गाउँ बस्ने मोहनजी यादवका छोरा आठ वर्षीय सिकिन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । बालक यादव मंगलबार साँझतिर घरनजिकै रहेको खेतको छेउमा पहिलेदेखि आधा भाग भाँचिएर होड परी बसेको ढलान पोलमा झुला झुलेर खेलिरहेको बेला पोलको माथिल्लो आधा भाग बालकको टाउकोमा झरी उनी गम्भीर घाइते भएका थिए । टाउको माथि नै आधा पोल झरी गम्भीर घाइते भएका बालक यादवलाई तत्काल परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा लगेकोमा उनकोपूरा पढ्नुहोस्


बालकको उपचार गर्न आर्थिक सहयोग

जेठ १६, दाङ गैरे सेवा समाज नेपाल, दाङ शाखाले आर्थिक अभावका कारण उपचार नपाएका त्रिवेणी गाउँपालिका–३ सल्यानकी मुना बोहराका तीन वर्षीय छोरा सुशील बोहराको उपचारका लागि मंगलबार रु ६१ हजार पाँच सहयोग गरेको छ । आर्थिक अभावका कारण बालक उपचार नपाई घर फर्कन लागेको जानकारी पाएपछि बालकलाई उपचारका लागि गैरे सेवा समाज, जापानले पठाएको सो रकम तुलसीपुरस्थित तुलसी हस्पिटलमा एक कार्यक्रमको आयोजना गरी बालकका अभिभावकलाई हस्तान्तरण गरिएको हो । बालकको टाउकोमा पानी जमेको र उपचारपछि बालक स्वस्थ हुने तुलसी बाल अस्पतालका बालरोग विशेषज्ञ डा किशोर खत्रीले बताउनुभयो । उहाँले गैरे सेवा समाजलाई धन्यवाद दिनुभयो । समाजले हाल स्थानीय तथा राष्ट्रियपूरा पढ्नुहोस्


हाइड्रोपावरको ताला ११ दिनपछि खुल्यो

जेठ १६, सल्लेरी, सोलुखुम्बु माथिल्लो सोलु हाइड्रोपावरको फिल्ड कार्यालयमा लागेको ताला ११ दिनपछि मंगलबार खुलेको छ । आयोजनाले पार्टीको नाममा शेयर जारी गरेको भन्दै स्थानीय प्रभावितले गत जेठ ६ गते फिल्ड कार्यालयमा ताला लगाएका थिए । आयोजना र स्थानीय प्रभावितबीच विभिन्न विषयमा सहमति भएसँगै ताला खोलिएको सोलुदूधकुण्ड नगरपालिका–२ का वडाध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो । जिल्लाका तीन ठूला पार्टीको नाममा रु छ करोडको शेयर जारी गरेको भन्दै जनप्रतिनिधिसहितको टोलीले विरोधसहित स्थानीयको नाममा शेयर जारी गर्नुपर्ने एकसुत्रीय माग राख्दै ताला लगाएको थियो । आयोजनाले कुनै पनि पार्टीको नाममा शेयर जारी नगरेको भन्दै मंगलबार भएको सहमतिअनुसार अब जारी हुने शेयर जनताको नाममापूरा पढ्नुहोस्


भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु

जेठ १६, पाँचथर पिकअपबाट खसेर पाँचथरको हिलिहाङ–७ भारपाको टारीमा एकजनाको ज्यान गएको छ । मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर घर जाँदै गर्दा बा १७ च ८४५१ नम्बरको पिकअपबाट खसेर घाइते भएका ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२, खेजेनीमका ४३ वर्षीय भक्तबहादुर सबेन्हाङको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । मंगलबार मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–७, टारीमा पुग्दा पिकअपबाट खसेर घाइते भएका उनको उपचारका लागि पाँचथर अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । उकालो बाटोमा पिकअपको पछाडि भागमा भाइको शवसँगै बसेका उनको गाडीको गियर परिवर्तन गर्दा खसेको प्रहरीले जनाएको छ । दुई वर्षअघि काम गर्न मलेसिया पुगेका भाइ देवीप्रसादको मलेसियामा एक हप्ताअघि गाडीपूरा पढ्नुहोस्


स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि कटिबद्ध

जेठ १६, उर्लाबारी, मोरङ प्रदेश नंं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ । सर्वसाधारणको खानपिन र जीवनशैलीमा परिवर्तन ल्याउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । मोरङको उर्लाबारी–५ स्थित अरनिको अस्पतालको पाँचाैँ वार्षिकोत्सवलाई मंगलबार सम्बोधन गर्दै मन्त्री घिमिरेले जनताको स्वास्थ्यमा सुधार ल्याउन खानपिनमा नियमन गर्न प्रदेश सरकारले तयारी थालेको बताउनुभयो । खैनी, चुरोट र रक्सी सेवन घातक रोगको कारक रहेको बताउँदै घिमिरेले त्यसमा कसरी खाने, कहाँ खाने र कहिले खाने भनेर नियमन गरिने बताउनुभयो । शारीरिक व्यायाम स्वास्थ्यको एउटा अंगका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै घिमिरेले शारीरिक व्यायाम अपरिहार्य रहेकोपूरा पढ्नुहोस्