Main Menu

Saturday, May 5th, 2018

 

गुलरियामा पर्यटकीय आरामगृह खुल्दै

वैशाख २२, गुलरिया, बर्दिया सदरमुकाम गुलरियामा पर्यटकलाई लक्ष्य गर्दै धमाधम पर्यटक आश्रयस्थल खुल्दैछन् । जिल्लाकै पर्यटकीय क्षेत्र ठाकुरद्वारालगायत गन्तव्यलाई लक्ष्य गर्दै नयाँ आश्रयस्थल खुल्ने क्रम बढेको हो । गुलरिया नगरपालिका–७, हस्नापुुर कटीरोडमा करोडौँको लागतमा कृष्णसार पर्यटकीय आश्रयस्थल निर्माण भइरहेको छ भने गुलरिया–५, सन्तोषी टोलमा लाखौँको लागतमा बबई प्यालेस सञ्चालनमा आउने तयारी छ । सदरमुकाम गुलरिया आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै पर्यटक आरामगृह सञ्चालन गरिएको लोटस गार्डेन रिसोर्ट गुलरियाका प्रबन्धक सुधांशुप्रकाश शर्माले बताए । उनले भने “पर्यटक सदरमुकाम आइपुग्दा कमसेकम थकान बिसाउने गरी रिसोर्ट सञ्चालन गरेका हौँ ।” एकल लगानीमा गुलरियाकै मुटुमा खोलिएको आरामगृहले पर्यटकलाई सन्तुष्ट पार्नेमा आफू आशावादीपूरा पढ्नुहोस्


सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव

वैशाख २२, धनगढी प्रदेश नं ७ को संसद् सचिवालय सञ्चालनका लागि भौतिक संरचना अभाव भएको छ । भौतिक संरचना नहुँदा कार्यालय व्यवस्थापनमा समस्या भएको सचिवालयका उपसचिव छविलाल पाण्डेले जानकारी दिए । उनका अनुुसार भौतिक संरचना नहुँदा संसदीय दलको कार्यालय, समतिको कार्यकक्ष र दलका प्रमुख सचेतकको कार्यकक्ष अझै स्थापना गर्न सकिएको छैन । संसद् सञ्चालनका लागि ५२ कोठा आवश्यक भए पनि अहिले ९ कोठामा सचिवालयको काम हुँदै आएको छ । उनले कोठा उपलब्ध गराउनेबारे पटकपटक मुख्यमन्त्रीसहित मन्त्रीसँग माग गरिए पनि अझै उपलब्ध नगराइएको बताए । कोठा अभावले अहिले दुई उपसचिव एउटै कोठामा बसेको उनले जानकारी दिए । यसैगरी केन्द्रबाट पठाइएका २८ कर्मचारीमध्येपूरा पढ्नुहोस्


सम्पादकीय

कार्ल मार्क्सको दुई सय वर्ष

कार्ल मार्क्स जन्मेको २ सय वर्ष भयो आजबाट । सन् १८१८ मे ५ मा जर्मनीको ट्रायर भन्ने स्थानमा जन्मेका उनी बिसौं शताब्दीका मात्र होइनन् मानव ज्ञानको ३ हजार वर्षको इतिहासमै सर्वाधिक चर्चाका व्यक्तित्व हुन् । हजारौं वर्षपहिले कविला समूहहरुको समाजबाट सुरु भएको मानव सभ्यता दास युगमा प्रवेश गर्नासाथ मानवले मानवलाई शोषण गर्ने प्रथा चल्न थाल्यो, जुन आजको अत्याधुनिक विज्ञान प्रविधि सहितको विकसित सभ्यता र समाजसम्म पनि चलिरहेको छ । मानव समाजभित्र दुःख, अन्याय, अत्याचार, हिंसा, युद्ध, पर्यावरणको विनाश आदि सबै खराब कुराहरुको स्रोत नै वर्ग समाज, वर्ग विभेद र वर्गीय शोषण हो । यो तथ्यलाई द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको दर्शन रपूरा पढ्नुहोस्


गहुँ उत्पादनमा वृद्धि

बैशाख २२, लहान सिरहामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । जिल्लाको कुल खेतीयोग्य जग्गामध्ये यस वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर २ दशमलब ५ मेट्रिक टनका दरले ४५ हजार मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिए । गत वर्ष भने प्रतिहेक्टर २ मेट्रिक टनका दरले ३६ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस वर्ष उन्नत जातको बीउ वितरण गरिएको, समयमै वर्षा भएको र रोगकीराको प्रकोप कम भएकाले गहुँ उत्पादनमा वृद्धि भएको जनाइएको छ ।